१५ मंसिर २०८१ शनिबार
image/svg+xml
कला

यथार्थता

कविता

रूपा अधिकारी ‘आप्रशा’

             

निसंकोच नमानी लडाइँ गर्दै–गर्दै आफ्नैको बीच।              

तेरो र मेरोको अंशवण्डा गर्दै थियो मानव समाज।।

चलिरहेको विकृतिको इतिहास बिर्सिएर नै आज ।

महामारीले दियो विश्वमाझ सचेतताको सुझाव।।

 

धनसम्पतिको जोह मोह पुस्तौं पुस्ताका लागि गर्न ।

लागी पर्यो रे सभ्यता मानव शक्तिको रूप देखाउन ।।

सत्य र असत्यको रहेन मानब बीच थोरै पनि चेस्टा ।

सायद अति भयो प्रकृति लागि पर्यो कर्तुत मेटाउन ।।

 

भोको पेट सबको थियो बाँडेर खान नजानेरै होकि ।

गरिबीको धज्जी उडाई सेवाको नाम बन्यो विकृति ।।

एकपछि अर्को असभ्यताको पहिचान बढेरै जाँदा ।

कुकार्यका रीतले अति नै भयो र रुष्ट भइन् प्रकृति ।

 

घर,समाज,देश हुँदै ठुलो रूपमा नै संसार झाँगियो ।

बुद्धि – विवेकले कार्य गर्न नसक्ने लालच छ पछाडि ।।

विपत्तिको पाठ समय समयमा पढाइ चेतना जगाई ।

सम्पति मात्रले केही गर्ने भएन रे कोरोनाको अगाडि।।  

 

जुन पदमा रहोस् उसँग हुने मोहका घरहरू अनगिन्ति ।

तर पनि स्वच्छ पर्खालरहित उकुसमुकुस छन् मन्दी ।।

जातिय विभेद र अहम्ताको कालो बादलहरू वरिपरी ।

त्यसैले त मानव जाति हामी सदैव हुने समयको बन्दी ।।

प्रकाशित: ३० असार २०७८ ०६:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App