१५ मंसिर २०८१ शनिबार
image/svg+xml

भोर्लेटारको सप्ताहमण्डपमा भानुभक्त आचार्यको अस्तित्व

विश्वविख्यात नाटककार विलियम शेक्सपियरको सम्झनामा जसरी बेलायतको ट्नििटी गिर्जाघरले महत्व पाएको छ। ठीक त्यसैगरी लमजुङको भोर्लेटारमा अवस्थित भानुपार्कले पनि त्यस्तै महत्व पाउने कुरामा दुई मत छैन।

ऐना

ऐना हेर्दा सानो भाइ आँखा झिम्क्याउँछ आफू जस्तो अर्को देख्दा ताजुब भई हेर्छ जिब्रो देखाई हात हल्लाई जिस्क्याउँदै खेल्छ कहिले फेरि मुख बङ्ग्याई गिज्याउन थाल्छ ऐनाभित्र अरू हैन आफ्नै छायाँ भन्ने थाहा छैन ऐना हेर्दा आफै देख्छ भन्ने।

घर

दिनभरि काम काजले जहाँ पुगे पनि,फर्की आउँछौ साँझ हामी आफ्नो यही हो भनी। घामपानी, अन्य सबै जोखिमहरूबाट, जोगाँउछ मेरो घरले धेरै किसिमबाट। सानो –ठुलो जस्तो नै होस् मिलिजुली बस्छौं,सदस्यको उमेर अनुसार माया, सद्भाव बाँड्छौँ।

आदिकवि भानुभक्त आचार्य

आदिकवि भानुभक्तलाई भारतको दार्जिलिङ, सिक्किम , ग्यान्टोकतिर झन् मान्छन् र असार २९ मा धुमधामका साथ भानुजयन्ती पनि मनाउँछन् । हुन त भानुजयन्ती नेपालमा पनि धुमधामका साथ नै मनाउने गरेको छ। ठाउँठाउँमा कवि गोष्ठी गरेर पनि भानुलाई सम्झना गरेको पाइन्छ र कतैकतै त सम्मानको कार्यक्रम पनि गर्ने गरेको छ। देशको चोकचोकमा पनि भानुको मूर्ति बनाएर भानुको अस्तित्व बढाएको पनि छ तर भारतको दार्जिलिङ , सिक्किममा पनि भानुको मूर्ति बनाएर चोकको महिमा बढाएको छ। राष्ट्रकै विभूतिको रूपमा परिचित भानुभक्त आचार्य। उहाँको कविताले , महाकाव्यले रामायणले उहाँलाई सुन्दर रूपले विभूषित गरेको छ।

जवाफ

ऊ हजुरबानेर गयो अनि सोध्यो, ‘हजुरबा, हजुरले पनि टिकटक बनाउनुभएको रैछ त ?’ बुढाले भने, ‘स्कुल पढ्न पठाएका केटाकेटीहरू पढ्न छाडेर टिकटकमा रमाउन थालेपछि म रिटायर्ड भएर बसेको फुर्सदिलो बूढो दिनभर के गरेर बसूँ त नि ?’

दुरुस्त

नमीठो भयो । घर शून्य लाग्यो । बुबालाई सम्झेँ र करुण स्वरमा मनमनै भनेँ, ‘बुबा! म हजुरजस्तो कहिल्यै हुन सकिँन । न त अनुहारमा न त व्यवहारमा ! हजुरले त आमाबुबाको सेवामा कमी नहोस् भनेर जागिर छोडेर घर बस्नुभएको थियो तर आज मैले मेरी आमालाई आश्रममा छोडेर आएँ।

खेलाँची

पसलमा त बेच्नु परिहाल्यो नि। यतिका लगानी गरिएको छ। भाडा तिर्नुपर्‍यो। कसले थाहा पाउँछ र औषधि हालेको तरकारी बेच्यो भनेर?

जागीरे डायरी–सिकाउने शैली

आफ्नो जागीरे जीवन भोगाइका क्रममा घटेका अधिकांश घटनाक्रमहरूलाई समेटेर तयार पारिएको पुस्तकको नाम हो– सिकाउने शैली । खगराज बरालद्वारा लिखित यो पुस्तक पढ्दा वारम्बार म वरिष्ठ आख्यानकार परशु प्रधानलाई सम्झिरहेछु।

लाज

एक्कासि मेरो नजर भवनको गेटबाहिर एक अधबैंसे महिलामा पुग्यो। मेरा नजर झुके। उनी पूरै नाङ्गै थिइन्। केको खुसीमा होला? अनुहारमा हांँसोको फोहोरा छुटिरहेको थियो उनको। मन खिन्न भयो। आफैं नाङ्गो भएको आभास भयो।

अन्तिम शिक्षा

'जीवनलाई फर्केर हेर्दा अहिले मलाई पश्चाताप लाग्छ। किन म आफूलाई परिवर्तन गर्नमा किन लागिनँ? अहिले मलाई लाग्छ-यदि युवाकालमा म आफूलाई परिवर्तन गर्नमा लागेको भए त्यो सम्भव हुन्थ्यो। अनि मेरो परिवार आफैं परिवर्तन हुन्थ्यो। त्यसपछि म समाज परिवर्तन गर्न सक्षम हुन्थें। शायद म संसार परिवर्तन भएको हेरेर मर्न पाउँथें कि ?'

महापात्र

खुइय्या .. साँझ परिसकेको थियो। थकान मेट्न छहारीको खोजी गर्दै जाँदा जूनको उज्यालोले परैबाट देखें, चापाबोटमुनि सानो मन्दिर रहेछ । थाकेको शरीर थियो । राति मस्त निद्रामा सपना देखें “वैकुण्ठमा भगवान् पितृहरूको पालनपोषन गरेर बसेका । आजसम्म हजारौं –लाखौं पितृहरू भगवान वैकुण्ठनाथकै शरणागत भएर पार तरे। विष्णुलोक वैकुण्ठ गमन गरे। वैकुण्ठनाथको जय जयकारसँगै आफ्ना कुरा राखेँ । मैले भनेका सबै कुरा ध्यानपूर्वक सुनिरहेका रहेछन् एक वृद्ध। उनी वैकुण्ठनाथ भगवानका पुजारी रहेछन् । वैकुण्ठनाथका पुजारी ती वृद्ध रहेछन निमुखर । उनैलाई म खोज्दै आएको रहेछु । निमुखर मेरा कुरा सुनेर एक्कासि आवेगमा आए । उनको मुखबाट एउटा शब्द फुत्केर आयो । त्यो शब्द थियो, ‘सन्तान !’

धर्म

लामो सूची देखेर उनले सोधे, ‘हैन साँच्चिकै यति धेरै नराम्रो काम गरिएछ त ? विरोध गर्नु त विरोधीको धर्मै हो नि।’सहभागीहरूले यहाँनेर यो, यहाँनेर यो गल्ती भयो भनेर आआफ्ना प्रतिक्रिया दिए। यसमा उनी धेरै हदसम्म सहमत भए।छलफलकै क्रममा धेरै आश्वासन बाँडिए पनि पूरा गर्न नसकिएकाले असन्तुष्टि बढेको जानकारी गराइयो।

छायादत्त न्यौपानेका दुई बालकविता

घरीघरी रोइदिन्छौं स्नेहले फुल्याउनू दुःख हुन्छ बेस्सरी मनमा पिर नलिनू ! हामी खेल्ने बेला यो साथ तपाईंहरूको सम्झना आउला है भोलि ठुला हुँदा पो मायाभरि मनको साथ सेवा दिनु है हजुरबाबा आमाले बाआमालाई भन्नू है !

बादल

वार्तालाप हुँदाहुँदै ऊ मलाई छोडेर जान लाग्यो। त्यही समयमा उस्का पिठ्यूँ एकजना कन्यामाथि नजर ठोकियो मेरो। अति सुन्दरी ! अद्भुत सुन्दरी ! मेरो मनले प्रश्न नगरी चित्त बुझाउन सम्भव भएन–कसको सवारीमा हिँडेका छौ बादल भाइ ? – सुन्दरीको नाम वर्षा हो।

जे हुन्छ त्यो राम्रै हुन्छ सोच्नुपर्ने रैछ सधैं

काल्पनिक जिन्दगीमा कति ठुलो आशा हुन्छ, भोगाइ त्यो नभै दिँदा ज्वालामुखिकै आभाष हुन्छ।जे हुन्छ त्यो राम्रै हुन्छ सोच्नुपर्ने रैछ सधैं,नत्र संघर्षका असफलताले मानिस धेरै निराश हुन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्