१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

दाङमा महिलाको हत्या

दाङमा एक बृद्ध महिलाको हत्या भएको छ । बिहीबार राति त्रिपुर नगरपालिका १० की ५० वर्षीया बिष्णु ओलीको हत्या भएको ईलाका प्रहरी कार्यालय नारायणपुरले जनाएको छ । प्रहरीका अनुसार ओलीलाई धारिलो हतियार प्रयोग गरी हत्या गरिएको छ ।

अन्तरजातीय विवाहमा दलित युवाको हत्याका विषयमा प्रधानमन्त्रीको चासो

प्रधानमन्त्री पुष्पकमल दाहालले अन्तरजातीय बिवाहमा दलित युवाको हत्या भएको भन्ने घटनाबारे गृहमन्त्री, गृहसचिव र प्रहरी प्रमुखसँग जानकारी लिने बताएका छन्।

मदिरा पिउने क्रममा विवाद भएपछि गाेली हानी दुई जनाको हत्या

देउखुरीको गढवामा एक व्यक्तिले गोली प्रहार गरी दुईजनाको हत्या गरेका छन्। नेपाल भारत सीमा क्षेत्र देउखुरीको गढवा ५ खवरी नाकामा स्थानीय कर्णवहादुर पुनले गोली प्रहार गरी दुईजना स्थानीयको हत्या गरेका हुन्। मृत्यु हुनेमा स्थानीय ३५ वर्षीय राजु रोका र २५ वर्षीय कालुराम रोका रहेको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ।

आईएसद्वारा मोसुलमा ४० जनाको टाउको छिनाएर हत्या

आतङ्ककारी समूह इस्लामिक स्टेट्स (आईएस) ले इराकको मोसुलमा ४० जना सर्वसाधारणको टाउको छिनाएर हत्या गरेको समाचार छ ।

विराटनगरका साह हत्या गर्ने भारतीय पक्राउ

सप्तरी प्रहरीले मोरङको विराटनगर उपमहानगरपालिका वडा नं १९ का राजेश साहको हत्या गरेर फरार रहेका एक भारतीय नागरिकलाई शनिबार साँझ पक्राउ गरेको छ।

आफ्नै छोराले गरे आमाको हत्या

जाजरकोट—जाजरकोटमा छोराले आमाको हत्या गरेका छन्। सक्ला गाविस–१ लैखमका ३८ वर्षीय वृद्धिबहादुर खत्रीले ६५ वर्षीया आमा देउती खत्रीको हत्या गरेको प्रहरीले जनाएको छ।

पशुको आत्महत्या

लन्डनको ‘इलस्ट्रेटेड लन्डन न्युज’ पत्रिकाले सन् १८४५ मा एउटा समाचार छाप्यो। समाचार थियो, कालो रङको एउटा सुन्दर कुकुरले कुवामा हाम्फालेर आत्महत्या गर्‍यो। त्यसअघि पनि आत्महत्याका लागि मरिहत्ते गरेको सो कुकुरलाई सर्वसाधारणले एक पटक बचाइसकेका थिए तर यस पटक कसैले पनि बचाउन सकेन र आफ्नो इहलीला समाप्त पार्‍यो।

आमाको हत्या गरेको अभियोगमा छोराबुहारी पक्राउ

जाजरकोट-आफ्नै आमालाई बन्चरो प्रहार गरी हत्या गरेको अभियोगमा सक्ला–१ लैकम बस्ने ३८ वर्षिय बुद्धिबहादुर खत्री र उनकी श्रीमती ३५ वर्षीया शर्मीला वली खत्रीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ।

हत्या गरेर पलङ भित्र शव !

परिवारसहित कालिकानगरमा भाडामा बस्दै आएकी कमलाको आफ्नै कोठामा विद्युतीय मल्टिप्लगको तारले घाँटी कसेर हत्या गरी उनी सुत्ने पलङभित्र शव राखेर हत्यारा फरार भएका थिए ।

सरकारी अनुदान लिएपछि हत्या

दक्षिणी धादिङको किरान्चोक–४ ऐँसेलुखर्कका एक वृद्धको अनुदानको रकम लिएपछि बिहिबार हत्या भएको छ । नेपाल सरकारले भूकम्पप्रतिरोधी घर बनाउन दिएको अनुदानको रकम रु ५० हजार लिएर घर गएका ७५ वर्षीय हर्कबहादुर तामाङको हत्या भएको हो ।

अजित हत्याले र धार्मिक संकट

काभ्रेपलान्चोकस्थित पाँचखाल नपा–६ का हरिभक्त ढकाल (मिजार)को छोरा १७ वर्षीय अजित मिजारको काभ्रेकै ज्याम्दी–८ का ध्रुव पराजुली (ब्राह्मण) की १८ वर्षीया छोरी कल्पनासँग दुई वर्षदेखि प्रेम थियो।

छोरी हत्याको आरोपमा बाबु पक्राउ

पर्सा-नाबालिका छोरीलाई हत्या गरेको आरोपमा पर्सा प्रहरीले बाबुलाई पक्राउ गरेको छ । पर्साको महादेवपट्टी –३ निवासी शिव मुखिया बिनलाई आफ्नै १४ वर्षीया छोरी प्रभाकुमारी मुखिया बिनलाई हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

राणाको हत्या प्रयासमा 'चरीको रिसइबी'

प्रहरी मुठभेडमा मारिएको दाबी गरिएका गुन्डा नाइके दिनेश अधिकारी चरीको घटनाको रिसइबी साँध्न चलचित्र निर्माता रोज राणा भनिने सरोज थापाउपर आक्रमण भएको खुलेको छ।

दोरम्बा हत्याकाण्डमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जलि

काठमाडौँ-चौध वर्षअघि दोरम्बा हत्याकाण्डमा ज्यान गुमाएकाप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्