१२ मंसिर २०८१ बुधबार
image/svg+xml

हत्या र अपहरणमा संलग्न ९ जना पक्राउ

रुपन्देहीमा एकसाताको अवधीमा व्यक्ति हत्या र अपहरणमा संलग्न नाैं जना पक्राउ परेका छन् । रुपन्देही प्रहरीले एक साताको अवधीमा २० वर्ष अघि हत्या गरेर फरार अभियुक्त सहित नाैं जनालाइ पक्राउ गरेको हो ।

निर्माण व्यवसायी महासंघ अध्यक्षको हत्या, छानबिन समिति गठन

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन ओमशान्ति चोकमा रहेको घरबाट अनामनगरमा रहेको महासंघको कार्यालयमा जान घरबाट निस्किए । गल्ली पार गरेर मध्यबानेश्वरको खरीबोटमा निस्कन केही उकालो बाटो पार गर्नुपर्छ । पौने तीन बजेतिर उनी चढेको बा१३च ४९४८ नम्बरको ल्यान्डक्रुजर गाडी उकालोमा पुगेलगत्तै चालक राजकुमार खत्री बसेतिर अगाडिको सिसामा कसैले इँटाले हान्यो । सिसा चर्किंदा केही देखिएन ।

गौचन हत्याको अाधा घन्टापछि रिभल्वरसहित तीन पक्राउ

निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न भएको शंकामा प्रहरीले तीन जनालाई रिभल्वरसहित पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले मनमैजू क्षेत्रबाट तीन जनालाई पक्राउ गरेको र उनीहरुसँगबाट हतियारसमेत बरामद भएको एआइजी जयबहादुर चन्दले नागरिकन्युजलाई बताए।

निर्माण व्यवसायी महासंघ अध्यक्षको नयाँ वानेश्वरमा गोली हानी हत्या

देशभरिका निर्माण व्यवसायीहरुको छाता संगठन नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको दिन दहाडै काठमाडौंमा हत्या भएको छ। सोमबार दिउँसो नयाँ वानेश्वरको खरीबोटमा अज्ञात समूहले गोली हानी उनको हत्या गरेको हो। तीन राउन्ड गोली लागेका उनलाई तत्काल सिभिल अस्पताल पुर्‍याइएको थियो। अस्पतालका चिकित्सकले उनलाई मृत घोषित गरेका छन्।

घाँटी थिचेर बालकको हत्या

क्षिणी धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नं १ ब्रुन्दीमा गएराति एक बालकको हत्या भएको छ । बेनीघाट रोराङ गाउँपालिका–१ ब्रुम्दीका २५ वर्षीय आसमान तामाङले पाँच वर्षीय विवेक तामाङको हत्या गरेको गजुरी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक वरुण सिंहले जानकारी दिए।

मृत भेटिएका शिशिरको हत्या गरिएको आशंका, एक पक्राउ

भरतपुर महानगरपालिका–१४ सुन्दरबस्तीस्थित सडक छेउमा मृत भेटिएका शिशिर नेपालीको हत्या भएको प्रहरी अनुसन्धानले देखाएको छ।

हत्या र डकैती अभियोगमा फरार मोस्ट वान्टेड पूर्व सैनिक १० वर्षपछि पक्राउ

तीन जनाको हत्या, दर्जनौ डकैती र उपत्यकामा बम पड्काएको अभियोगमा १० वर्षदेखि फरार रहेका सशस्त्र भूमिगत समूहका सदस्य प्रकाश सिंह ठकुन्ना पक्राउ परेका छन् ।

किम जोङ नाम हत्यामा संम्लग्न दुई महिला अदालत पुर्याइयो

उत्तर कोरियाली प्रमुख नेता किम जोङ उनका भाई किम जोङ नामको हत्याकाण्डका अभियुक्तहरुलाई मलेसियाले न्यायिक अनुसन्धानको दायरामा ल्याउने भएको छ । हत्याकाण्डको अनुसन्धान र हत्याराहरुको खोजी गर्ने क्रममा मलेसियाली प्रहरीले पक्राउ गरेका दुईजना महिला इन्डोनेसियाकी सिति आइस्याह र भियतनामकी दोन थि ह्वोङलाई सोमबार क्वालम्पुरस्थित मलेसियाली उच्च अदालतमा पेश गरिएको समाचार आएको छ ।

आइएसद्धारा ७३ सिरियाली सैनिकको हत्या

सिरियामा गएको २४ घन्टायता एक बजार इलाकामा भएका झडपहरुमा परी कम्तीमा ७३ जना सिरियाली सैनिक र सरकार समर्थक लडाकूको ज्यान गएको समाचार छ । आइएसले उनीहरुको हत्या गरेका हुन् । सिरियाली सेना र सरकार समर्थक लडाकूहरुले आइएसका विरुद्ध कारबाही गरेका थिए । होम्स प्रान्त र मरुभूमि क्षेत्र मानिने दार ए जोरमा आइएसमाथि सो कारबाही गरिएको थियो । तर पनि कारबाहीका क्रममा आइएसले नै सरकारी सेनाको हत्या गरेका थिए ।

रौतहटमा अपराध बढ्यो, दश दिनमा ३ को हत्या

तेस्रो चरणको स्थानीय तहको निर्वाचन कडा सुरक्षाघेरा बीच शान्तिपूर्वक सम्पन्न भएपश्चात पछिल्लो दश दिनदेखि रौतहट जिल्लामा अपराधिक घटनामा त्यतिकै वृद्धि भएको पाइएको छ। जिल्लामा पछिल्लो दश दिन यता ३ जनाको हत्या, दर्जन ठाउमा झडप, मारपिट, जिल्लाका मुख्य बजारहरुमा चोरी लयायतका समाजिक घटनामा वृद्धि हुँदै गएपनि स्थानीय प्रशासनले नियन्त्रणको साटो प्रहरी सुरक्षा ब्यारेक भित्रै सिमित भएर गस्ती पेट्रोलिङ्ग नगरेको कारण अपराधिक घटनामा वृद्धि भएको देखिएको हो।

निर्वाचनपछि आपराधिक घटनामा वृद्धि, फेरि एकको हत्या

रौतहट- दुईदशक पश्चात् भएको स्थानीय निर्वाचनसँगै रौतहटमा आपराधिक घटनामा वृद्धि भएको छ। बिहीबार राति फेरि एकजनाको हत्या भएको छ। यो घटनासँगै निर्वाचनयता जिल्लामा हत्या हुनेको संख्या तीन पुगेको छ। मौलापुर नगरपालिकास्थित एकजना चिरान मिल धनीको गएराति हत्या भएको छ।

बिन लादेन हत्या गर्ने अमेरिकी सैन्य कमान्डो किम जोन उनविरुद्ध परिचालन!

अमेरिकी सेनाभित्र एउटा यस्तो विशेष कमान्डो छ जसप्रति अमेरिकी प्रशासन धेरै भरोसा गर्दछ। त्यसको नाम हो सिल कमान्डो। पाकिस्तानको एबट्टाबादमा ओसामा बिन लादेनलाई हत्या गर्न पनि अमेरिकी सेनाले त्यही कमाउन्डोको प्रयोग गरेको थियो। अहिले आएर उत्तर कोरियालाका सर्वोच्च नेता किम जोन उनको हत्या पनि त्यही कमाउन्डोले गर्न लागेको हो भन्ने किसिमका चर्चाहरु सुरु भएका छन्।

प्यालेस्टिनी बन्दुकधारीद्वारा तीन इजरायलीको हत्या

इजरायलले अधिग्रहण गरिएको वेस्ट बैंकस्थित यहुदी बस्तीको प्रवेशद्वारमा प्यालेस्टिनी बन्दुकधारीले गोली हानी तीन जना इजरायली नागरिकको हत्या गरेको प्रहरीले जनाएको छ ।

सिरहामा पतीद्वारा पत्नीको हत्या

सिरहाको धनगडीमाई नगरपालिका भवानीपुरमा पतीद्वरा पत्नीको हत्या भएको छ। स्थानीय ज्ञानेन्द्र चौधरीले पत्नी मञ्जु कुमारी चौधरीलाई हत्या गरेको ईलाका प्रहरी कार्यालय लहानका डिएसपी नरेश सुवेदीले जानकारी दिए। हत्यामा संलग्न चौधरीलाई पक्राउ गरी अवश्यक अनुसन्धान भैरहेको सुवेदीले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्