१२ मंसिर २०८१ बुधबार
image/svg+xml

पराजित उम्मेदवारका छोराको गोली हानी हत्या

रौतहटको परोहा नगरपालिका २ मा वडा अध्यक्षका पराजित उम्मेदवार मौलना सेराजुदिनका छोराको गोली हानी हत्या भएको छ। पोरोहा २, जिंगडवा, बेलविक्षवास्थित आफ्नै घरमा सुतिरहेको अवस्थामा सोमबार बिहान ३:३० बजे अबु स्वयब अकवरको गोली हानी हत्या भएको हो।

काँग्रेसका पराजित उम्मेदवार छोराको गोली हानी हत्या

रौतहटको परोहा नगरपालिका २ का वडा अध्यक्षका पराजित उम्मेदवार मौलना सेराजुदिनका छोराको गोली हानी हत्या भएको छ। पोरोहा २, जिंगडवा, बेलविक्षवास्थित आफ्नै घरमा सुतिरहेको अवस्थामा सोमबार बिहान ३ः३० बजे अबु स्वयब अकवरको गोली हानी हत्या भएको हो। गर्मीका कारण बरन्डामा चार पाँच जना साथीसँग सुतिरहेको अवस्थामा अज्ञात समूहले गोली हानेको हो। किन गोली चलाएको खुल्न सकेको छैन। पेस्तोलबाट गोली हानेर आक्रमणकारी समूह भागेको थियो।

विष खुवाई एक वर्षीय छोरोको हत्या

सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङ्पाल गाउँपालिकामा आफ्नै एक वर्षीय छोरोको हत्या गरेको आरोपमा आमालाई प्रहरीले बुधबार पक्राउ गरेको छ।

भारतमा पत्रकारको कुटपिट गरी हत्या

भारतमा राजनीति विषयमा समाचार लेख्ने एकजना समाचारदाताको बुधबार हत्या भएको छ।  उनको कुटेर हत्या गरिएको अधिकारीले बिहीबार जानकारी दिएका छन्। करिब दुई हप्ता अघिमात्र भारत कै अर्का एकजना उच्च दर्जाका पत्रकारको पनि गोली हानी हत्या गरिएको बताइएको थियो।

‘तीन महिला हत्यामा संलग्न दोषी कहाँ छन्?’

खोटाङका तीन महिलाको हत्या भएको महिनौं बित्दा पनि दोषी पत्ता नलागेको भन्दै सांसद पिके राईले आक्रोश पोखेका छन्। दशैँको अवसरमा नेकपा एमालेले बिहिबार पुष्पलाल स्मृति भवनमा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा सांसद राईले खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेकी १७ वर्षीय रिता तामाङ, हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानकी ५७ वर्षीय ज्ञानीमायाँ बिश्वकर्मा र जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङकी ३७ वर्षीय देवी बिकको हत्या भएको लामो समयसम्म दोषी पत्ता नलागेको भन्दै प्रशासन र प्रहरीप्रति असन्तुष्टि जनाएका हुन्।

विद्यार्थी हत्याको विरोधमा प्रदर्शन

विद्यार्थी हत्याको विरोधमा कञ्चनपुरको भीमदत्तनगरपालिका–७ हल्दुखालका स्थानीयवासीले विरोध प्रदर्शन गरेका छन्।प्रहरी र स्थानीयवासीबीच झडप हुँदा केही प्रदर्शनकारी घाइते भएका छन्। यस क्रममा प्रहरीले नौ राउण्ड अश्रुग्याससमेत प्रहार गरेको प्रहरी उपरीक्षक प्रकाशबहादुर चन्दले जानकारी दिए।

अठार फेसबुक अकाउन्ट भएका व्यक्ति युवती हत्या अभियोगमा पक्राउ

भरतपुर महानगरपालिका–२१ की २० वर्षीया सुजाता बराल घिमिरेको हत्यामा संलग्न भएको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ।  पक्राउ पर्नेमा भरतपुर २३ का १७ वर्षीय तिलक नेपाली रहेका छन्। जिल्ला प्रहरी कार्यालय चितवनले पत्रकारसम्मेलनको आयोजना गरी भदौ १८ गते घरबाट बेपत्ता भएकी घिमिरेको २२ गते दिउँसो नजिकै कुलोमा सडेको अवस्थामा शव फेला परेको जानकारी दिएको छ।

खाँड हत्याका तीन आरोपी पक्राउ

रामपुर नगरपालिका–१, का ओमबहादुर खाँणको हत्या आरोपी तीन जनालाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ ।

कोरियामा आत्महत्या रोक्न अभिमुखीकरण पाठ्यक्रम परिमार्जन हुँदै

रोजगारीका लागि कोरिया पुगेका कामदारले आत्महत्या गर्ने क्रम बढेपछि त्यहाँ जानुअघि प्रदान गरिने अभिमुखीकरण तालिमको पाठ्यक्रम परिमार्जन गरिने भएको छ ।

किशोरी हत्याकाण्ड बारे सरकारलाई खबदारी

दैलेखको आठबिस नगरपालिका—८ खिड्कीज्युलामा बलात्कारपछि किशोरीलाई हत्या गरिएको विषयलाई लिएर प्रशासनलाई सत्य तथ्य छानविन गर्न माग गरेका छन् । कालिकोटका प्रमुख जिल्ला अधिकारी र दैलेख जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई हत्या गरिएका किशोरीका आफन्त र जनप्रतिनिधिले ज्ञापनपत्र बुझाउदै खवदारी दिएका हुन्।

पत्रकार लंकेशको हत्या विरोधमा काठमाडौंमा प्रदर्शन

भारतीय पत्रकार गौरी लंकेशको हत्याको विरोधमा काठमाडौंमा प्रदर्शन भएको छ। पत्रकार, लेखक तथा अधिकारकर्मीहरुले माइतिघर मण्डलामा भेला भएर हत्याको विरोध गर्दै दोषीमाथि कडा कारबाही गर्न माग गरे।

सामूहिक बलात्कारबाट युवतीको हत्या, अभियुक्तहरु पक्राउ

सामूहिक बलात्कारका कारण एक साता अघि एक महिलाको मृत्युसम्बन्धी घटनाका अभियुक्तलाई सार्वजनिक गरिएको छ।  फरक फरक स्थानबाट पक्राउ परेका अभियुक्तलाई सार्वजनिक गर्न आज जिल्ला प्रहरी कार्यालयले आयोजना गरेको पत्रकारसम्मेलनमा प्रहरी उपरीक्षक सहदेव थापाले बलात्कारका क्रममा अचेत भएकी ती महिलाको अचेत अवस्थामै मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए।

भारतीय पत्रकार लंकेशको गोली हानी हत्या

भारतकी वरिष्ठ महिला पत्रकार गौरी लंकेशको गोली हानी हत्या गरिएको छ ।  ५५ वर्षीया उनको मंगलबार साँझ आफ्नै घरबाहिर टाउको र छातीमा गोली हानी  हत्या गरिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  ३ जनाको समूहमा मोटरसाइकलमा आएका हत्याराहरू उनलाई गोली हानी फरार भएका थिए ।

भुदेउ हत्या प्रकरणमा अदालतको परमादेश

प्रहरी हिरासतमा थुनुवाको मृत्यु भएको घटनामा उच्च अदालत विराटनगरका अस्थायी इजलास ओखलढुंगाले विपक्षीहरुको नाममा परमादेश जारी गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्