१३ माघ २०७८ बिहीबार

व्यापार घाटा उच्च जोखिम कति

अर्थतन्त्र लयमा फर्किएकाले आयात वृद्धिलाई स्वाभाविक रुपमा लिनुपर्छ। अर्थतन्त्र चलायमान भएकाले वस्तुको आयात बढेको हो। कोभिडपछि बजारमा उत्पादन र उपभोग बढेको छ। कोभिड संक्रमण घटेर अहिले दोकान खुलेर आर्थिक गतिविधि बढेकाले व्यवसाय चल्न थालेपछि आयात बढ्नु स्वाभाविक हो । आर्थिक क्रियाकलाप वृद्धि हुँदा मुलुकको अर्थतन्त्रलाई हित हुन्छ।

साढे छ खर्बको आयात हुँदा ८२ अर्बको निर्यात, व्यापार घाटा पाँच खर्ब ६८ अर्ब

गत आर्थिक वर्ष २०७७/०७८ को पहिलो चार महिनामा रु ४० अर्ब २० करोड बराबरको निर्यात भएको थियो भने सोही अवधिमा रु चार खर्ब दुई अर्ब ४९ करोड बराबरको आयात भएको थियो।

तीन महिनामै व्यापार घाटा चार खर्ब नाघ्यो

मुलुकमा रेमिटेन्सको आप्रवाहमा कमी र डलरको सञ्चिति घटिरहेको बेला आयात ह्वात्तै बढेको छ। पोहोरको तुलनामा चालु आर्थिक वर्षको पहिलो तीन महिनामा आयात ६३.७३ प्रतिशतले वृद्धि भएको छ। व्यापार घाटा ५८ प्रतिशतले बढेर चार खर्ब १३ अर्ब रूपैयाँ पुगेको छ।

नेपालको निर्यात खर्ब नाघ्दा व्यापार घाटा १२ खर्ब ६२ अर्ब

नेपालको मालवस्तुको निर्यात एक खर्ब २१ अर्ब २५ करोड पुगेको छ। चालु आर्थिक वर्षको एघार महिनामा कूल वस्तु निर्यात ३७.८ प्रतिशतले वृद्धि भई खर्बमाथि पुगेको हो।

व्यापार घाटा साढे दुई खर्ब बढ्यो

भन्सार विभागले बुधबार सार्वजनिक गरेको तथ्यांक अनुसार पोहोरको तुलनामा चालु आर्थिक वर्षको जेठसम्म व्यापार घाटा दुई खर्ब ४९ अर्ब ३० करोड रूपैयाँले बढेको हो। कोभिड १९ को कारण वस्तुको खपत कम भए पनि व्यापार घाटा २४.६१ प्रतिशतले बढेको हो।

चीन र रूसबीच व्यापार घाटा ६ प्रतिशतले वृद्धि

सन् २०२० को पहिलो त्रैमासिकमा चीन र रूसबीचको व्यापारिक कारोबार २० अर्ब ९४ करोड अमेरिकी डलर रहेको चिनियाँ भन्सार प्रशासनद्वारा सार्वजनिक तथ्याङ्कमा उल्लेख गरिएको छ ।

निर्यातमा कमी आएसँगै अप्रिलमा अमेरिकाको व्यापार घाटा ४९.५ अर्ब डलर

कोभिड–१९ को विश्वव्यापी महामारीका कारण व्यापारिक गतिविधिमा आएको कमीसँगै अप्रिलमा अमेरिकाको व्यापार घाटा सात अर्ब अमेरिकी डलर बढी ४९.५ अर्ब अमेरिकी डलर पुगेको छ।

व्यापार घाटाको चक्र

मुलुकको व्यापार घाटा भयावह हुँदै गएको छ। आम्दानीभन्दा खर्च ठूलो गर्नुलाई हाम्रो समाजमा बुद्धिमत्तापूर्ण व्यवहारका रूपमा लिइँदैन। तर, राजकीय व्यवहार भने सामाजिक मान्यताभन्दा नितान्त भिन्न छ।

भारतलार्इ शून्य भन्सार नदिन नेपालकाे प्रस्ताव

वाणिज्य सन्धिले द्विदेशीय व्यापारमा नेपाल र भारतलाई समान हैसियतमा राखेको छ। तर बलियो अर्थतन्त्र भएको भारतसँग आयातमूखी अवस्थामा रहेको नेपालले समानस्तर कायम गर्न सकिरहेको छैन। यसलाई पुनरावलोकन गर्नुपर्ने र आफूले केही संरक्षण पाउने गरी नयाँ सैद्धान्तिक आधार तय गर्नुपर्ने माग नेपालको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्