१६ वैशाख २०८१ आइतबार
image/svg+xml

रसुवामा थप ७ दिन निषेधाज्ञा

रसुवामा थप ७ निषेधाज्ञा जारी हुने भएको छ। जिल्लामा कोभिड–१९ को बिरामी दैनिक रूपमा बढ्दै गएकाले निषेधाज्ञालाई आगामी ७ दिनसम्मका लागि निरन्तरता दिने निर्णय गरिएको हो।

रसुवामा फुटसल सुरु

नेपालमा सन् २०११ देखि भित्रिएको फुटसल युवामाझ बढी लोकप्रिय छ। शारीरिक व्यायामका लागि पनि फुटसल उपयुक्त मानिन्छ। यो खेलको सुरुआत सन् १९३० मा ब्राजिलबाट सुरु भएको बताइन्छ।

रसुवामा आगामी असोजदेखि सुख्खा बन्दरगाह निर्माण गरिने

रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ टिमुरेमा आगामी असोजदेखि सुख्खा बन्दरगाह निर्माण कार्य सुरु गरिने भएको छ। चीन सरकारले निर्माण गर्न लागेको बन्दरगाहको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ।

रसुवामा पहिरोले एक घर पुरियो, ११० घर उच्च जोखिममा

रसुवाको नौकुण्ड गाउँपालिका–४ भञ्ज्याङडाँडामा पहिरो जाँदा एक घर पुरिएको छ। शुक्रबार राति वर्षाका कारण आएको पहिरोले वीरबहादुर बिकको घर पुरिएको हो।

रसुवामा जीप दुर्घटना हुँदा दुईको मृत्यु, दुई घाइते

रसुवाको आमाछोदिङमो गाउँपालिका–५ सिम्बुमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोरङ जिल्लाका ४५ वर्षीय शिवगन्ज राजवंशी र दाङ जिल्लाका २४ वर्षीय विकास घर्तीमगर रहेका छन्।

रसुवामा १८ प्रतिशत रोपाइ सम्पन्न

रसुवामा १८ प्रतिशत रोपाइ सकिएको छ। समयमा मनसुन सक्रिय भएका कारण असार लागेसँगै जिल्लामा रोपाइँ सुरु भएको हो।

रसुवामा नमुना विद्यालय छनोट हुन सकेनन्

नेपाल सरकारको विद्यालय क्षेत्र विकास कार्यक्रम अन्तरर्गत प्रत्येक निर्वाचन क्षेत्रमा एउटा एउटा विद्यालय छनौट गरी नमुना विद्यालयको रुपमा विकास गर्ने कार्य सुरु भएको छ।शैक्षिक गुणस्तर सुधार गर्नका लागि ल्याइएको कार्यक्रममा निर्देशिका अनुसार मापदण्ड पूरा गर्न नसक्दा रसुवाका सामुदायिक विद्यालय ‘नमुना विद्यालय’ बन्नबाट वञ्चित भएका छन्।

रसुवामा हटलाइन सेवा सञ्चालन

नागरिकको समस्या तथा गुनासो सुन्नका लागि जिल्ला प्रशासन कार्यालय रसुवाले बुधबारदेखि हटलाइन सेवा सुरु गरेको छ।

रसुवामा ९ सय भन्दा बढी फलफूल र रैथाने जातका विरुवा रोपियो

विश्व वातावरण दिवसको अवसरमा रसुवामा ९ सय भन्दा बढी फलफूल र रैथाने जातका विरुवा रोपिएको छ।

काठ प्रशोधनको लागि रसुवामा ६ वटा स्थायी पोखरी निर्माण

काठ प्रशोधनको लागि रसुवामा ६ वटा पोखरी निर्माण गरिएको छ। भूकम्पपछिको पुनर्निर्माणमा काठको प्रयोग बढ्दै जाँदा काठलाई किरा तथा धमिराबाट जोगाउनका लागि पोखरी निर्माण गरिएको हो।

रसुवामा आधुनिक किसिमको हेलिप्याड निर्माण

रसुवामा रातिको समयमा पनि हेलिकप्टर अवतरण गर्नका लागि आधुनिक किसिमको हेलिप्याड निर्माण सुरु भएको छ।

रसुवामा आधुनिक हेलिप्याड निर्माण

सुवामा रातिको समयमा पनि हेलिकप्टर अवतरण गर्नका लागि आधुनिक किसिमको हेलिप्याड निर्माण सुरु भएको छ। लाङटाङ राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको कालिजंग गणले सदरमुकाम धुन्चेस्थित गणभित्र करिब १५ लाखको लागतमा हेलिप्याड निर्माण सुरु गरेको हो । गणमा रहेको हेलिप्याडमा यसअघि दिउँसोको समयमा मात्र हेलिकप्टर अवतरण गर्न सकिन्थ्यो।

जिप्रका रसुवामा फ्रि वाइफाइदेखि स्यानेटरी प्याडको व्यवस्था

जिल्ला प्रशासन कार्यालय रसुवामा आउने सेवाग्राहीलाई नियमित सेवाको अतिरिक्त कार्यालयले विशेष सेवाहरु सुरु गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्