२ असार २०८१ आइतबार
image/svg+xml

अंगिरा पासी घटनाको प्रहरी प्रतिवेदन : जातीय विभेदबाटै सृजित अपराध

रुपन्देही देवदहकी १३ वर्षीया बालिका अंगिरा पासीको कथित तल्लो जात भएकै कारण जबरजस्तीकरणी गरि घटना घटाइएको प्रहरी अनुसन्धानले देखाएको छ । प्रहरी अनुसन्धानमा देवदह ११ का २५ वर्षीय कोइला भन्ने विरेन्द्र भरले जेठ ९ गते जबरजस्तीकरणी गरेको, त्यसपछि विरेन्द्र सहित उनका आमा र सानीआमाले जातीय विभेद गरि अंगिरालाई मृत्युको मुखसम्म पुर्याएको अनुसन्धानमा फेला पारेको छ ।

छोरीलाई जबरजस्तीकरणी गर्ने बाबुलाई जन्मकैद, हजुरबालाई २० वर्ष जेल

आफ्नै ९ वर्षिया छोरीलाई जबरजस्ती करणी गर्ने बाबुलाई जिल्ला अदालत अर्घाखाँचीले जन्म कैदको फैसला सुनाएको छ।

बिराेध र समर्थनमा प्रदर्शन

जबरजस्ती करणीको आरोप लागेका सुनसरी चतराका सिद्धबाबा भनिने कृष्णदास गिरीको शुक्रबार जिल्ला अदालतमा बयान लिने क्रममा अदालत परिसरबाहिर उनको पक्ष र विपक्षमा प्रदर्शन गरिएको छ।

जबरजस्ती करणी गर्नेविरुद्ध मुद्दा दायर

चारकासे जंगलमा लगेर जबरजस्ती करणी गरेको आरोपमा इटहरीका एक युवालाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको छ। भोजपुरका युवासँग विवाहबन्धनमा बाँधिएकी २० वर्षीय युवतीलाई इटहरीस्थित तरहरा क्षेत्रको चारकोसे जंगलमा लगेर जबरजस्ती करणी गर्ने इटहरीकै २१ वर्षीय विजय राईलाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको हो।

महराविरुद्ध जबरजस्ती करणी मुद्दा दर्ता, ५ वर्ष कैद सजाय माग

निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्ध जबरजस्ती करणी अभियोगमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरिएको छ।

दुई बालिकामाथि करणी प्रयास गरेको आरोपमा एक जना पक्राउ

रसुवामा दुई बालिकामाथि जबरजस्ती करणीको प्रयास गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

फेसबुकमार्फत चिनजान गरेर बलात्कार, अभियोगमा एक जना पक्राउ

किशोरीलाई विवाह गर्छुभनेर प्रलोभन देखाइ खलंगामा रहेको आफ्नो कोठामा बोलाएर जबरजस्ती करणी गरेको भन्दै उजुरी आएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम)का प्रमुख प्रहरी नायव उपरिक्षक सुमित खड्काले जानकारी दिए।

बलात्कारका घटना ६३ प्रतिशतले वृद्धि

प्रदेश ३ मा तीन वर्षको अवधिमा जबरजस्ती करणी (बलात्कार) ६३ प्रतिशतले वृद्धि भएको छ। आर्थिक वर्ष २०७३/०७४ मा बलात्कारका एक सय ४३ उजुरी दर्ता भएकोमा २०७४/०७५ मा वृद्धि भई एक सय ९२ र २०७५/०७६ मा दुई सय २८ उजुरी दर्ता भएको प्रदेश प्रहरी कार्यालय, हेटौंडा प्रमुख एवं प्रहरी नायव महानिरीक्षक शेरबहादुर बस्नेतले बताए।

बढ्यो जबरजस्तीकरणी

मुलुकभर जबर्जस्तीकरणीका घटना बढेका छन्। प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७४÷७५ को तुलनामा आव २०७५÷७६ मा जबर्जस्ती करणीका मुद्दामा वृद्धि भएको हो।

जबरजस्ती करणीमा फरार अभियुक्त १० वर्षपछि जेल चलान

खोटाङमा जबरजस्ती करणी मुद्धाका फरार अभियुक्त १० वर्षपछि पक्राउ परेर जेल चलान भएका छन्।

दोब्बरले बढ्यो जबर्जस्ती करणी

सोलुखुम्बुमा जबरजस्ती करणीको घटना दोब्बरले वृद्धि भएको तथ्यांकले देखाएको छ। जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष (आव) २०७५/७६ मा १६ वटा घटना जबर्जस्ती करणीको भएका छन्।

जबरजस्ती लिङ्ग परिवर्तन गरेर युवती बनाइएका सुरेन्द्र न्याय माग्दै काठमाडौंमा

कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर १ दोमिल्लाका सुरेन्द्र सिंह मालले भारतमा कार्यरत रहँदा जबरजस्ती आफ्नो लिङ्ग परिवर्तन गराउनेमाथि कारवाहीको माग गर्दै राजधानी काठमाडौं आएका छन्।

जबरजस्ती करणी आरोपमा फरार पक्राउ

जबरजस्ती करणी गरेको आरोपमा दोषी सावित भई झण्डै ३ वर्ष कैद सजाय सुनाइए पनि फरार रहेका उदयपुरका एक अभियुक्त पक्राउ परेका छन्।

६ वर्षीया बालिकालाई जबरजस्ती गर्ने पक्राउ

इटहरी ९ मा ससुराली घरमा आएका बेला बालिकालाईं जबरजस्ती गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। प्रहरीले सुनसरी बराहक्षेत्र वडा नं. ६ घर भएका देवेन्द्र गौतमलाई पक्राउ गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्