१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

जबरजस्ती करणी गर्नेविरुद्ध मुद्दा दायर

इटहरी – चारकासे जंगलमा लगेर जबरजस्ती करणी गरेको आरोपमा इटहरीका एक युवालाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको छ। भोजपुरका युवासँग विवाहबन्धनमा बाँधिएकी २० वर्षीय युवतीलाई इटहरीस्थित तरहरा क्षेत्रको चारकोसे जंगलमा लगेर जबरजस्ती करणी गर्ने इटहरीकै २१ वर्षीय विजय राईलाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको हो।

राईले युवतीका श्रीमान मार्ने धम्की दिएर दुई पटक जबरजस्ती करणी गरेको खुलेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय इटहरीका अनुसार, राईले युवतीलार्ई कात्तिक ७ र १० गते दुई दिन आफ्नै मोटरसाइकलमा लगेर जंगलमा जबरजस्ती करणी गरेको अनुुन्धानबाट खुलेको छ।

जबरजस्ती करणी गरेपछि राईले युवतीको लगाएका सुनका सामग्रीसमेत लगेको प्रहरी निरीक्षक मानबहादुर श्रेष्ठले बताए  अहिले पीडित युवती आफ्नै श्रीमानसँग बस्दै आएकी छन्।

प्रकाशित: १५ कार्तिक २०७६ ०२:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App