५ वैशाख २०८१ बुधबार
समाज

छोरीलाई जबरजस्तीकरणी गर्ने बाबुलाई जन्मकैद, हजुरबालाई २० वर्ष जेल

अर्घाखाँची - आफ्नै ९ वर्षिया छोरीलाई जबरजस्ती करणी गर्ने बाबुलाई जिल्ला अदालत अर्घाखाँचीले जन्म कैदको फैसला सुनाएको छ। जिल्लाको शितगंगा नगरपालिका वडा नम्बर–४ का एक ब्यक्तिले आफ्नै ९ वर्षकी छोरीलाई जबरजस्ती करणी तथा हाडनाता करणी गरेको अभियोगमा बाबुलाई जिल्ला न्यायाधीश वासुदेव न्यौपानेको इजलासबाट जन्म कैदको फैसला सुनाइएको निमित्त श्रेस्तेदार नारायण बहादुर भट्टराईले जानकारी दिए।

निजले गएको साउन २ गते आफुनै ९ वर्षिया छोरीलाई जबरजस्ती करणी गरेपछि उनी विरुद्ध मुद्धा दर्ता भएको थियो। १० वर्षभन्दा कम उमेरका बालबालिकालाई जबरजस्ती करणी गरेमा कानूनमा व्यबस्था भए बमोजिम जन्म कैदको फैसला सुनाइएको जिल्ला अदालतका श्रेस्तेदार टेकराज गैरेले बताए।

त्यस्तै सन्धिखर्कको डिभर्नामा ५ वर्षिया नातिनीलाई बलात्कार गर्ने हजुरबुबालाई २० वर्ष कैद र ४० हजार जरिवानाको  फैसला गरेको जिल्ला अदालतका सूचना अधिकारी गैरेले बताए।

प्रकाशित: १८ माघ २०७६ ०५:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App