१४ आश्विन २०८१ सोमबार
image/svg+xml

‘एडिबीले ठूला पूर्वाधारमा लगानी बढाउनु पर्छ’

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रद्वारा प्रवद्र्धित ठूला पूर्वाधार परियोजनामा लगानी बढाउन एशियाली विकास बैंकलाई आग्रह गरेका छन्।

प्रचण्डसँग पूर्वमन्त्री पाण्डे भिड्ने

संविधानसभा सदस्य हुँदा माडीमा पक्की मोटरेबल पुलको योजना स्वीकृत गरेर ठेक्का लागेका थिए। २०७३ मा भूमिसुधार मन्त्रीहुँदा माडी, चनौली र खैरहनीमा नापी तथा मालपोत कार्यालय र माडीमा इलाका प्रशासन कार्यालय स्थापना भएका थिए। २०७४ मा चितवन राष्ट्रिय निकुञ्ज हुँदै माडी जाने–आउने सुविधाप्राप्त बाटोमा उनकै पहलमा प्रवेश शुल्क निःशुल्क भएको थियो।

निर्वाचन आचारसंहिता कडाइका साथ लागू गर्नुपर्छः सुवाष नेम्वाङ

'अहिलेको संसदीय चुनावमा, मंसीर ४ गतेको चुनावमा प्रधानमन्त्रीले त सरकार खर्च नगर्नुस्, त्यो राम्रो हुन्छ। तर, प्रधानमन्त्रीले त डिफन्स गरेर हिँडनु पर्छ आफ्नो सरकारको। अनि, त्यो प्रधानमन्त्रीले प्रचारप्रचार गर्न नपाउने? भनेको त यो संसदीय मूल्य र मान्यता अनुरुप भएन भन्ने हाम्रो ठम्याइ हो। सरकारको चाँही अब के हुन्छ? भनेर हामी हेरेर बसीराखेका छौं।’

मन्त्रीलाई चुनाव प्रचारप्रसार गर्न रोक लगाउने गरी जारी गरिएको निर्वाचन आचारसंहिता हटाउनुपर्छः नारायणकाजी श्रेष्ठ

‘मैले बुझेसम्म यो आचारसंहिताको सवालमा मन्त्रीहरुले चुनाव प्रचार–प्रसार गर्न राष्ट्रव्यापी नपाउने छ भन्ने सुनियो। यो कुरा मिल्दैन। राजनीतिक प्रणाली चाँही बहुदलीय हुने। अनि, राजनीतिक त्यो प्रणालीले नेताहरु मन्त्री पनि हुने। तर, मन्त्रीहरुले चाँही चुनाव प्रचारप्रसार गर्न आफैं उम्मेदवार छ भने बाहेक अन्त नपाउने भन्ने कुरा त कमन सेन्सले मात्रै पनि मिल्दैन।'

अर्थमन्त्री शर्मा र एसियाली बिकास बैंकका उपाध्यक्षबीच छलफल

अर्थमन्त्री जनार्दन शर्मा र एसियाली बिकास बैंकका उपाध्यक्ष अशोक लाभाषाबीच छलफल भएको छ।

भलिबल संघको निर्वाचनः उपाध्यक्ष र महासचिव चुनावी प्रतिस्पर्धामा

यस्तै मनवीर छन्त्यालले महासचिव पदमा उम्मेदवारी घोषणा गर्दा रोशन श्रेष्ठले पनि महासचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। वर्तमान कार्यसमितिमा सचिव रहेका छन्त्याल नेपाली भलिबलको लोकप्रिय क्लव ढोरपाटन क्लवका संस्थापक हुन भने कार्यसमिति सदस्य श्रेष्ठले भोजपुरबाट भलिबलमा प्रतिनिधित्व गरेका हुन्।

एमालेभित्र उम्मेदवार सिफारिसमा कुनै विवाद छैनः सुरेन्द्र पाण्डे

देशभर शीर्ष नेताहरुको मात्रै एकल नाम सिफारिस नभएको दाबी गरे। उनले जिल्लाबाट सिफारिस हुँदैमा उम्मेदवार फाइनल भए भनेर सिफारिस भएका उम्मेदवारहरुले सोच्नुनहुने बताए। पाण्डेले पार्टीको सचिवालयले फाइलन गरेपछि मात्रै उम्मेदवार टुंगो लाग्ने बताए।

एमालेले सत्ता गठबन्धनका कुनैपनि दलसँग गठबन्धन गर्दैनः ईश्वर पोखरेल

उनले एमालेले स्थानीय आवश्यकताको आधारमा तालमेल गरेपनि अहिलेको गठबन्धनको जस्तो केन्द्रिय तहको गठबन्धन एमालेले नगर्ने स्पष्ट पारे। वरिष्ठ उपाध्यक्ष पोखरेलले एमालेले स्थानीय आवश्यकता अनुसार गठबन्धन नभएर प्रगतिशिल विचार र राष्ट्रवादी विचार मिल्ने पार्टीहरुसँग राजनीतिक सहकार्य हुनसक्ने बताए।

सुवास नेम्बाङ इलाम क्षेत्र २ बाट उम्मेदवार सिफारिस

पार्टीको २ नम्बर क्षेत्रीय कमिटीले नेम्बाङको एकल नाम जिल्लालाई सिफारिस गर्ने निर्णय गरेको पार्टीका जिल्ला कमिटी उपसचिव रवीन्द्र सुवेदीले जानकारी दिए। उनका अनुसार मातहत कमिटीबाट आएको सिफारिस जिल्लाले प्रदेशमा पठाउने छ।

विदेशी मुद्रा संचितिका लागि कृषि उत्पादनको निर्यात बढाउनुपर्छ: वरिष्ठ उपाध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले विदेशी मुद्रा संचितिमा देखिएको समस्या समाधान गर्न कृषि उत्पादनको निर्यात बढाउनुपर्ने बताएका छन्।

माओवादीद्वारा नारायणकाजीको नेतृत्वमा १७ सदस्यीय चुनावी घोषणा पत्र समिति गठन

जसको सदस्यमा नेताहरु देव गुरुङ, गिरिराजमणि पोखरेल, वर्षमान पुन, जनार्दन शर्मा, शक्ति बस्नेत, लिलामणि पोखरेल, गणेश साह, परशुराम तम्तेल, अमृता थापामगर, हरि रोका, जाकिर हुसेन, परशुराम तामाङ, कृष्ण चौंधरी, भिमा ढुंगाना र जगत सिंखडा रहेका छन्।

विकास निर्माणमा अबको भविष्य नगरपालिकाहरुकोः डा.विश्वनाथ पौडेल

उनले सांसदहरुले सानासाना भित्री सडक बनाउन माग गर्ने प्रावधान हट्ने बताए। उनले स्थानीय जनप्रतिनिधिहरुले विपन्नलाई सहयोग गर्नुपर्ने सुझाव दिए। उनले नगरपालिका वा गाउँपालिका क्षेत्रभित्रका विपन्न समुदायहरुलाई सहयोग गरे अर्को पटक चुनाव लड्न सजिलो हुने बताए।

एमाले फेरी लोकप्रिय भएर सरकारमा आउँछ: उपाध्यक्ष नेम्वाङ्ग

नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ्गले आगामी संघ र प्रदेशको निर्वाचनबाट एमाले फेरी सरकारमा आउने बताएका छन्।

नेपाली केटासँग विवाह गरेर आएकी विदेशी महिलालाई तुरुन्तै नागरिकता दिनुहुँदैनः दुर्गा पौडेल

सांसद पौडेलले नेपालीसँग विवाह गर्ने विदेशी महिलाको हकमा सात वर्षको प्रावधान राखिनुपर्ने बताइन्। उनले विदेशी महिला नेपाली केटासँग विवाह गरेर आउने बित्तिकै नागरिकता दिने प्रावाधान हटाइ सात वर्षको प्रावधान नराखिए अन्यथा राष्ट्रियतामा दूरगामी रुपमा धेरै ठूलो क्षति हुने दाबी गरिन्।

कम्युनिष्ट पार्टी जुटे समाजवाद आउँछ: सुरेन्द्र पाण्डे

'अन्य पार्टीसँग एकता वा गठबन्धन गरेर मुलुकमा समाजवाद ल्याउँछु भन्ने कुरा सपनामात्रै हो,' उनले भने, ' लक्ष्य प्राप्त गर्न पहिला राज्यसत्ताको नेतृत्व आफ्नो हातमा आउनुपर्छ, अनिमात्रै एजेण्डा पूरा गर्न सकिन्छ।'

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्