२२ वैशाख २०८१ शनिबार
image/svg+xml

नाबालिका हत्या आरोपमा छिमेकी आमाछोरी पक्राउ

नाबालिका हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले सिराहा नगरपालिका–१९ जरुवा लक्ष्मीनियाँ टोलका आमाछोरीलाई पक्राउ गरी कर्तव्य ज्यानसम्बन्धी मुद्दा चलाएको छ।

ट्रयाक्टरले किचेर एक जनाको मृत्यु

मकवानपुरकाे कैलाश गाउँपालिका–१० सादिखोरियास्थित भित्री सडकखण्डमा गए राति ट्रयाक्टरले किचेर एक जनाको मृत्यु भएको छ।

गत वर्ष सडकमार्गबाट चार लाख पर्यटक मुस्ताङ पुगे

अघिल्लो वर्षको वैशाख १ देखि चैत ३० गतेसम्म सडकमार्ग हुँदै हिमालपारिको जिल्ला मुस्ताङमा चार लाख पर्यटक पुगेका छन्।

बोधिचित्तको रुख काटेको आरोपमा चारजना पक्राउ

काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका– ५ नागबेलीस्थित बहुमूल्य बोधिचित्त (बुद्धचित्त) को रुख काटेको आरोपमा प्रहरीले चार युवालाई पक्राउ गरेको छ।

अमेरिकाबाट पार्सल गरि मगाइएको गाँजा सहित ३ जना पक्राउ

अमेरिकाबाट पार्सल गरि मगाइएको गाँजा सहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय बारा र लागूऔषध ब्युरो वीरगन्जको टोलीले मंगलबार दिउँसो विदेशबाट आएको लागूऔषध डेलिभरी हुँदैछ भन्ने विशेष सूचनाको आधारमा जिल्ला हुलाक कार्यालय बारा नजिकैबाट अमेरिकाबाट आएको गाजाको कार्टुन सहित ३ जनालाई पक्राउ गरेको हो।

गीतेन्द्रबाबु राई समूहको सहकारीबाट ठगिएका ३२ जनाले दिए जाहेरी

गीतेन्द्रबाबु राईको समूहले नेपालगन्जमा सञ्चालन गरेको समानता बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट ठगिएका ३२ जना पीडितले बाँके प्रहरीसमक्ष जाहेरी दिएका छन्।

मृत फेला परे बेपत्ता स्वास्थ्यकर्मी

घरबाट बेपत्ता भएको चार दिनपछि सामुदायिक स्वास्थ्य एकाइ उनापानीका अहेव अङ्ग फडेरा मृत फेला परेका छन्।

पौडेल हत्यामा संलग्न पक्राउ

गत साउन ८ गते इलाका प्रहरी कार्यालय भिमगिठेका इञ्चार्ज प्रहरी वरिष्ठ नायब निरीक्षक उज्जल पौडेलको हत्यामा संलग्न रहेको आरोपमा थप एकजनालाई प्रहरीले पक्राउ गरेको छ।

भीरबाट लडेर युवकको मृत्यु

हुम्लाको दक्षिणी भेगको ताँजकोट गाउँपालिकामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ। ताँजकोट–४ का २० वर्षीय कर्ण ढकालको भीरबाट लडेर मृत्यु भएको हो।

अझै खुलेन कालीगण्डकी करिडोर

भारी वर्षासँगै झरेको पहिरोका कारण राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर पुनःअवरुद्ध भएको छ। आयोजानको बागलुङ–कुश्मीसेरा खण्डअन्तर्गत बागलुङ नगरपालिका–१० दब्ल्याङमा सडकमाथिबाट झरेको पहिरोले करिडोर अवरुद्ध बनाएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्