१६ वैशाख २०८१ आइतबार
image/svg+xml

वीपीका उपकुलपतिले गरे फेरि वार्ताको आह्वान, आन्दोलनकारीद्वारा पुनः अस्वीकार

उपकुलपति गिरीले बिहिबार राती एक अपिलमार्फत आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान गरेका हुन्। गएको असार १५ गते बीचैमा वार्ता भाँडिएपछि उनले पुनः वार्ताको लागि गरेको यो दोस्रो आह्वान हो। तर, आन्दोलनकारीले भने दुवै पटक वार्ता गर्न अस्वीकार गरेका छन्।

‘तपाईँलाई कुन मितिमा कुन विश्वविद्यालयले प्राध्यापककाे उपाधि दिएको हो ?’

आज बिहानै चिकित्सक तथा विद्यार्थीहरुले यही प्रश्न उल्लेख गरिएको ब्यानरसहित र्याली निकालेका थिए। ‘यहाँलाई कुन मितिमा कुन विश्वविद्यालयले प्राध्यापक उपाधि प्रदान गरेको हो ? सो पत्रको फोटोकपि पनि उपलब्ध गराइदिनु होला,’ संयुक्त संघर्ष समितिको ब्यानरमा लेखिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्