१३ आश्विन २०८१ आइतबार
image/svg+xml

काठमाडौंमा कांग्रेसको विरोध जुलुस (फोटो फिचर)

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले काठमाडौंमा सरकारविरुद्ध विरोध जुलुस निकालेको छ। सरकारविरुद्ध आन्दोलित कांग्रेसले आज देशभरी विरोधका कार्यक्रम गरिरहेको छ। काठमाडौंमा विरोधका कार्यक्रमअन्तर्गत भोटाहिटीबाट दिउँसो विरोध जुलुस निकालिएको थियो।

धादिङमा सरकारविरुद्ध काँग्रेसको प्रदर्शन

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस धादिङले सरकार विरुद्ध प्रदर्शन गरेको छ। काँग्रेसले सरकारको अधिनायकवादी एवं जनविरोधी क्रियाकलापका विरुद्ध शान्तिपूर्ण आन्दोलन गरेको बताएको छ।

संखुवासभामा कांग्रेसको विरोधसभा शान्तिपूर्ण

नेपाली कांग्रेस संखुवासभाले गरेको सरकार विरुद्धको विरोध र्‍याली प्रदर्शन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ। कांग्रेसले गरेको देशव्यापी विरोध अन्तर्गत संखुवासभा कांग्रेसले मंगलबार विरोध र्‍यालीमा प्रदर्शन गरेको हो।

पर्सामा पनि कांग्रेसको प्रदर्शन

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पर्सामा सरकारविरुद्ध प्रदर्शन गरेको छ।  पार्टीका जिल्ला अध्यक्ष अजयकुमार द्विवेदीको नेतृत्वमा भएको विरोध कार्यक्रममा कांग्र्रेस केन्द्रीय सदस्य रमेश रिजाल, अजय चौरसिया, पूर्वमन्त्री सुरेन्द्रप्रसाद चौधरी, नेता जनार्दन सिंह क्षेत्री लगायतले केपी ओली नेतृत्वको सरकारलाई निरंकुश र जनविरोधीको आरोप लगाए।

कांग्रेसको विरोध र्‍याली सुरु

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको विरोध र्‍याली सुरु भएको छ। सरकारविरुद्ध आन्दोलित कांग्रेसले आज देशभरी विरोधका कार्यक्रम गरिरहेको छ। काठमाडौंमा विरोधका कार्यक्रमअन्तर्गत भोटाहिटीबाट विरोध र्‍याली सुरु भएको छ।

काँग्रेसको अवरोधका कारण ५ नम्बर प्रदेशको प्रदेशसभा बैठक स्थगित

प्रदेश नं ५ मा आइतबार विपक्षी दल नेपाली काँग्रेसको अवरोेधका कारण प्रदेशसभाको बैठक स्थगन भएको छ।

सरकारका विरुद्ध नेपाली कांग्रेसको प्रदर्शन (फोटो फिचर)

नेपाली कांग्रेसले सरकारका विरुद्ध प्रदर्शन गरेको छ। कांग्रेसका काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला समितिले सरकारका विरुद्ध बानेश्वरमा प्रदर्शन गरेका हुन्। उनीहरुले सरकार अधिनायवाद तर्फ उन्मुख भएको भन्दै विरोध गरे। यस्तै अत्यावस्यक क्षेत्रमा कर बढाएको भन्दै फिर्ता गर्न आग्रह गरेका थिए। चिकत्सा शिक्षा विधेयलाई माथेमा कार्यदलको मर्म अनुसार पास गर्न समेत उनीहले भनेका छन्।

कांग्रेसको अवरोध पछि राष्ट्रिय सभा बैठक स्थगित

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण आजको राष्ट्रिय सभा बैठक स्थगित भएको छ।

काँग्रेसको अवरोधपछि प्रदेश संसद स्थगित

तीन नम्बर प्रदेश सभामा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको अवरोधपछि प्रदेशसभा बैठक स्थगित गरिएको छ। बिहीबार बसेको बैठकको शुरुमै काँग्रेस सांसदहरुले उठेर संसद चल्न नदिने बताएपछि बैठक स्थगित गरिएको हो।

गण्डकी प्रदेशमा प्रधानमन्त्रीले सम्बोधन गर्ने, अवरोध गर्ने कांग्रेसको तयारी

गण्डकी प्रदेशको संसदलाई प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलोपटक सम्बोधन गर्ने भएका छन्। गण्डकी प्रदेशसभाको बिहिबारको बैठकलाई ओलीले सम्बोधन गर्ने कार्यक्रम छ। तर प्रतिक्षी नेपाली कांग्रेस भने सम्वोधन गर्ने कार्यक्रममा अवरोध गर्ने मनसायमा देखिएको छ।

कार्यदलको प्रतिवेदन कार्यान्वयन गर्न कांग्रेसको माग

राष्ट्रियसभाको बैठकमा अनशनमा रहेका बरिष्ठ चिकित्सक डा.गोविन्द केसीका माग सम्बोधनका विषयमा कांग्रेसले दर्ता गरेको जरुरी सार्वजनिक महŒवको प्रस्तावमा बुधबार छलफल भएको छ ।

सत्ता उन्मादको बाटोमा नहिँड्न प्रधानमन्त्रीलाई कांग्रेसको चेतावनी

चिकित्सा शिक्षा अध्यादेश तुहाइएको भन्दै कांग्रेस सांसद मिनेन्द्र रिजालले आपत्ति जनाएका छन्। संसदमा सार्वजनिक महत्वको विषयमा बोल्दै रिजालले यो कांग्रेसलाई अस्विकार्य भएको बताए। उनले विद्येय फिर्ता लिन आग्रह गरे।

कांग्रेसको चेतावनी, मुडभेडको राजनीति अन्त्य गर्नुस्

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा रहेको सरकारले गरेको नियुक्तिसम्बन्धी निर्णय उल्ट्याउने मन्त्रिपरिषद्को पछिल्लो निर्णय फिर्ता लिन सुझाव दिएको छ।

डा. गोविन्द केसी भेट्न कांग्रेसको केन्द्रीय टोली जुम्ला जाने

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले जुम्लामा अनशनरत डा गोविन्द केसीको स्वास्थ्य अवस्थाबारे बुझ्न एक प्रतिनिधिमण्डल पठाउने निर्णय गरेको छ।

कांग्रेसको अवरोध पछि राष्ट्रियसभा बैठक १५ मिनेट स्थगित

राष्ट्रियसभाको आजको बैठक प्रतिपक्षीदल नेपाली काँग्रेसको अवरोधका कारण १५ मिनेटका लागि स्थगित भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्