१३ आश्विन २०८१ आइतबार
image/svg+xml

कांग्रेसको अवरोध पछि राष्ट्रियसभा बैठक १५ मिनेट स्थगित

राष्ट्रियसभाको आजको बैठक प्रतिपक्षीदल नेपाली काँग्रेसको अवरोधका कारण १५ मिनेटका लागि स्थगित भएको छ।

कर्मशील कांग्रेसको प्रश्न

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कर्मशील कांग्रेसको अवधारणा सार्वजनिक गरेका छन् । नेपाली राजनीतिमा यो नयाँ विषय नभए पनि नेपाली कांग्रेसकालागि नित्तान्त नयाँ हुनपुगेको छ ।

कांग्रेसको समर्थनमा संसदबाट पास भयो नियम निलम्बन प्रस्ताव

प्रतिनिधिसभाको आजको बैठकले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम २५० बमोजिम नियम निलम्बनसम्बन्धी प्रस्ताव बहुमतले स्वीकृत गरेको छ।

कांग्रेसको आगामी गन्तव्य

नेपाली कांग्रेसका जिल्ला सभापतिहरूको गत साता हेटौँडामा सम्पन्न राष्ट्रिय भेलामा पार्टी सभापति शेरबहादुर देउवाले गत तीनै तहका चुनावमा पार्टीले बेहोरेको ठूलो पराजयका निमित्त अप्रत्यक्षरूपमै र पहिलोपल्टै भए पनि आफ्नो केही जिम्मेवारी स्वीकारे।

कांग्रेसको चेतावनी– ‘निषेधाज्ञा’ उचित समयमा तोडिनेछ

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले माइतीघर मण्डलालाई निषेधित क्षेत्र घोषणा गरिएकोमा आपत्ति जनाएको छ। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विहीबार ट्वीटरमार्फत माइतीघरको ‘निषेधाज्ञा’ उचित समयमा तोडिने चेतावनी दिएका छन्।

चीन भ्रमणमा लिपुलेकबारे कुरा उठाउन कांग्रेसको माग

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमणको क्रममा नेपालको लिपुलेकको बारेमा कुरा उठाउन सक्नुपर्ने धारणा राखेका छन्।

कांग्रेसको प्रश्न : सभामुख र उपसभामुख एउटै पार्टीको हुन मिल्छ ?

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका मुख्य सचेतक बालकृष्ण खाणले सभामुख र उपसभामुख एउटै दलको हुन नहुने सवैधानिक व्यवस्था पालना गर्न माग गरेका छन्।

खोटाङमा बन्यो कांग्रेसको छायाँ सरकार

स्थानीय तहमा हुने गलत कामको खवरदारी गर्न भन्दै नेपाली कांग्रेस खोटाङले छायाँ सरकार र अनुगमन समिति बनाएको छ। सदरमुकाम दिक्तेलस्थित वीपी स्मृति भवनमा बसेको कांग्रेस जिल्ला कार्य समितिको बैठकले स्थानीय तहमा हुने गलत कामको रेखदेख गर्न भन्दै १० स्थानीय तहमध्ये ६ स्थानीय तहमा छायाँ सरकार र ४ स्थानीय तहमा अनुगमन समिति गठन गरेको हो।

ट्रेड युनियन कांग्रेसको महाधिवेशन भोलिदेखि

नेपाल ट्रेड युनियन कांग्रेसको छैटौँ महाधिवेशन भोलिदेखि काठमाडौंमा हुने भएको छ। चार वर्ष नौ महिनापछि हुन लागेको महाधिवेशनमा १७ पदाधिकारीसहित ४४ पदमा निर्वाचन हुँदैछ। जसमा नेपाल ट्रेड युनियनका वर्तमान अध्यक्ष खिलानाथ दाहाल र पूर्ववरिष्ठ उपाध्यक्ष पुस्कर आचार्यबीच प्रतिस्पर्धा हुने भएको छ।

कांग्रेसको नाराबाजी, सत्ता पक्षको जित

आइतबार तीन पटकसम्म बैठक बसेपछि प्रदेशसभाले प्रदेश कर तथा गैरकर राजस्व संकलन सम्बन्धि व्यवस्था गर्न बनेको विधेयक र प्रदेश वित्त व्यवस्थापन विधेयक छलफलको लागि पारित गरेको छ। प्रदेशभामा दोश्रो पटक सदन अवरुद्ध भएतापनि सत्तापक्षले पेलेरै विधेयकहरु छलफलको लागि पारित गरेको यो पहिलो घटना हो।

चुनौती सामना गर्न नसके कांग्रेसको इतिहास समाप्त हुन्छ : सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान राजनीतिक चुनौतीलाई सामना गर्न नसके कांग्रेसको गौरवपूर्ण इतिहास समाप्त हुने चेतावनी दिएका छन्। कांग्रेसलाई जोगाइराख्न नेता, कार्यकर्ता सबैले मेहनत गर्नुपर्नेमा उनले जोड दिएका छन्।

कम्युनिष्ट उग्रता र कांग्रेसको निराशा समृद्धिको बाधक : विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएर  बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा उग्रता कायम रहेको बताएका छन्। नेपाली कांग्रेस दार्चुलाले आयोजित कार्यक्रममा बोल्दै प्रवक्ता शर्माले प्रधानमन्त्री ओलीका पछिल्ला अभिव्यक्तिहरुमा उग्रता र सत्ताको दम्भ प्रष्टै देखिएको र नेपाली कांग्रेसका कार्यकर्तामा निराशा छाएको बताए।

‘कमजोर संगठन र जनतासँगको सम्बन्ध टुट्दा कांग्रेसको हार’

नेपाली कांग्रेसको कमजोर संगठन र जनतासँगको सम्वाद टुट्दा प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पराजीत हुनपुगेको राजनीतिक विश्लेषकहरूले बताएका छन्। प्रजातान्त्रिक विचार समाजले बिहीबार राजधानीमा आयोजना गरेको साधरणसभामा प्राध्यापक कृष्ण खनाल, विश्लेषक निलाम्बर आचार्य, डा. देवेन्द्रराजा पाण्डेले जनतासँगको सम्वादलाई बढाउन सुझाव दिएका हुन्।

कांग्रेसको आपत्ति

नेपाली कांग्रेसले भारतीय सांसद कीर्ति आजादले सामाजिक सञ्जालमार्फत दिएको अभिव्यक्तिले नेपालको सार्वभौमसत्ता, स्वाधीनता, अखण्डता र नेपालीको स्वाभिमानमाथि ठाडो प्रहार भएको जनाएको छ।

काँग्रेसको महिला भेला सम्पन्न

नेपाली काँग्रेस क्षेत्र नं १ को महिला विभागले धरानमा बृहत् भेला सम्पन्न गर्दै विभागलाई पूर्णता प्रदान गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्