१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

कांग्रेसको अवरोध पछि राष्ट्रिय सभा बैठक स्थगित

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण आजको राष्ट्रिय सभा बैठक स्थगित भएको छ।  डा. गोविन्द केसीको विषयलाई लिएर कांग्रेसले बैठक अवरोध गरेको हो।

बैठक सुरु हुनासाथ कांग्रेसका सांसदहरुले उभिएर विरोध जनाएको थिए। कांग्रेसको अवरोधकाबीच राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले सत्तारुढ सांसदलाई बोल्न दिएपनि त्यो सम्भव हुन सकेन।

सभाध्यक्षले बारम्बार अग्रह गर्दा पनि कांग्रेसले अवरोध जारी राखेकाले बैठक स्थिगित भएको बताइएको छ। राष्ट्रिय सभाको अर्को बैठक भोली ११ बजेका लागि बोलाइएको छ।

आजको बैठमा राष्ट्रिय सभाका विषगत समितिहरुमा सदस्य मनोनयन गर्ने कार्यसूची थियो।

प्रकाशित: ८ श्रावण २०७५ ०६:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App