१९ भाद्र २०८३ शुक्रबार
image/svg+xml

भुइँमा खसेका चाउचाउ पुनः प्रयोग गरेको भेटिएपछि भारतमा वाईवाईको उत्पादनमा रोक

यसअघि भारतीय अधिकारीहरूले मुम्बईमा पेप्सीको, नेस्ले लगायत कम्पनीका उत्पादनमा नक्कली म्याद र पोषणसम्बन्धी विवरण राख्ने गैरकानुनी गतिविधिमाथि पनि छापा मारेका थिए।

भोटेकोसी बाढीको वितण्डाबाट सिक्नुपर्ने पाठ

२०८३ भदौ १० गते रसुवाको भोटेकोसीमा आएको अचानकको भीषण बाढीले टिमुरेबाट स्याफ्रुबेँसी, मैलुङ हुँदै नुवाकोटको बेत्रावती र त्रिशूलीसम्मका बस्ती र संरचनामा ठुलो विनाश मच्चायो।

श्रीकृष्ण जन्माष्टमीमा शुभकामना दिँदै प्रधानमन्त्रीले भने : सबैलाई कर्तव्यपथमा टिकिरहने धैर्य र शक्ति प्राप्त होस्

प्रधानमन्त्री बालेन्द्र शाहले विपत्ति र चुनौतीका बेला धैर्य र निष्ठाका साथ आफ्नो कर्तव्य पूरा गर्नु नै वास्तविक कर्मयोग भएको बताएका छन्।

अर्घाखाँचीका कैदीबन्दीले गरे बाढी पीडितलाई सहयोग

गत भदौ १० गते रसुवा आएको विनाशकारी बाढीले नवलपरासीसम्म आउँदा जुन जनधनको क्षती भयो त्यसले देशनै छेदविच्छेद बनायो। यो महाप्रलयले देशविदेशमा रहेका नेपालीहरुको मनमा ठुलै कम्पन पैदा गर्यो।

तापक्रम १.५ डिग्रीको सीमा नाघ्ने दिशामा

विश्वको औसत तापक्रम वृद्धि पूर्वऔद्योगिक समयको तुलनामा १.५ डिग्री सेल्सियसको सीमाभन्दा माथि पुग्ने निश्चितप्रायः देखिएको भन्दै संयुक्त राष्ट्रसंघले जलवायु संकटबाट उत्पन्न जोखिम अझै तीव्र र गम्भीर बन्ने चेतावनी दिएको छ।

अध्यक्ष ओलीले आज रसुवाका बाढीपीडितलाई राहत सामग्री हस्तान्तरण गर्ने

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज रसुवाका बाढीपीडितका लागि राहत सामग्री हस्तान्तरण गर्ने भएका छन्।

डुम्रे–बेँसीसहर सडक दुई लेनमा विस्तार हुँदै

डुम्रे-बेँसीसहर-चामे सडकअन्तर्गत तनहुँको भानु नगरपालिका-३ चाम्बासदेखि बाइसजाँघरसम्म सडक विस्तारको काम भइरहेको छ।

वैकल्पिक मार्गबाट ग्यास ल्याउँदा लाग्ने अतिरिक्त ढुवानी खर्च उपभोक्ताबाट लिन आग्रह

नेपाल एलपी ग्यास उद्योग संघले बाढीका कारण सडक अवरुद्ध भएपछि काठमाडौं उपत्यकामा एलपी ग्यासको आपूर्ति सहज बनाउन वैकल्पिक मार्गबाट ग्यास ल्याउँदा लाग्ने अतिरिक्त ढुवानी खर्च उपभोक्ताबाट लिन आग्रह गरेको छ।

विवाह समारोहमा अमेरिकी हमला भएको हो कि होइन भनेर अनुसन्धान गर्दै अमेरिका

उपराष्ट्रपति भान्सले ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै घटनाको अनुसन्धान भइरहेको बताए। ‘हामी यसको अनुसन्धान गरिरहेका छौं, किनकि हामीलाई यसमा चासो छ। हामी के भएको हो भन्ने जान्न चाहन्छौं,’ उनले भने।

त्रिशूली-३ ‘ए’ सुरुङभित्र एकभन्दा बढी व्यक्तिको आवाज सुनिएको पुष्टि : सांसद न्यौपाने

सुरुङभित्रबाट एकभन्दा बढी व्यक्तिको आवाज सुनिएको पुष्टि भएको सांसद श्रीराम न्यौपानेले बताएका छन्।

सुदूरपश्चिमका नागरिकको खोजीमा प्रदेश सरकार क्रियाशील छः मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले भोटेकोशी बाढीमा परेर हराइरहेका नागरिकको खोजी तथा उद्धारका लागि प्रदेश सरकार तदारुकताका साथ लागिपरेको बताएका छन्।

बाढीकाे कहर: उद्योगी व्यवसायीलाई प्याकेज, सर्वसाधारणलाई गाँसबासकै चिन्ता

भोटेकोसी र त्रिशूली नदीमा भदौ १० गते आएको बाढीबाट प्रभावित व्यवसायीका लागि सरकारले राहत प्याकेज ल्याएको छ।

भोटेकोशी बाढीपीडितका नाममा रकम उठाउने पक्राउ

भोटेकोशी बाढीपीडितका लागि भन्दै आफ्नै बैंक खाताको क्युआरमार्फत रकम सङ्कलन गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पर्वले सांस्कृतिक ऐक्यबद्धता र सहिष्णुता अभिवृद्धि गर्दै आएका छन्ः राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली मौलिक पर्वहरूले आपसी सद्भाव बढाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्