३ मंसिर २०८३ बिहीबार
image/svg+xml
बजार

तीन हजार तीन सयले घट्यो सुन, कतिमा हुँदैछ कारोबार ?

नेपाली सुनचाँदी बजारमा बिहीबार पनि सुन र चाँदी दुबैको मूल्य घटेको छ।

शुक्रबारदेखि घट्ने क्रममा रहेको सुन आज प्रतितोला तीन हजार तीन सय रूपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यससँगै बिहीबार सुन प्रतितोला दुई लाख ५७ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ। बुधबार सुन प्रतितोला दुई लाख ६० हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, बिहीबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला ४५ रूपैयाँले घटेर तीन हजार तीन सय ३५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रकाशित: ३ मंसिर २०८३ ११:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App