२० आश्विन २०८१ आइतबार
image/svg+xml

प्रदेश तहमा पुस्तक प्रदर्शनीको तयारी

हरेक पाठकलाई पठनीय संस्कारको विकास गर्न पुस्तक प्रदशनीले टेवा पुग्नेछ। प्रदर्शनीमा दिइएको छुटका कारण पनि धेरै पुस्तक प्रेमीहरूको सहभागिता हुने विश्वासमा हामीमा छ।

पत्रकारिता सिकाउने पुस्तक

पत्रकारिताको पाठ्यसामग्रीका रूपमा एकराज पाठकको ‘आमसञ्चार र पत्रकारिता’ पुस्तक प्रकाशित भएको छ। पैरबी प्रकाशनले छापेको पुस्तकले सैद्धान्तिक ज्ञान फराकिलो बनाउन सहयोग पु-याउँछ।

‘झझल्काहरू’ पुस्तकको चर्चा

नेपाल पत्रकार महासंघ रुपन्देहीको आयोजनामा भएको पुस्तक चर्चामा लेखक आचार्यले बुटवल भैरहवाको पञ्चायतकालीन पत्रकारिताको अवस्था, यहाँको भूगोल र समग्रमा देश बुझाउने सामग्री समावेश गरेको भन्दै प्रशंसा गरियो। १९९४ सालमा बाग्लुङमा जन्मिएका आचार्य बुटवलमै कर्मथलो बनाएर काम गरे।

निजी विद्यालयको नियमन

नयाँ शैक्षिक सत्र सुुरु भइसकेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थी भर्ना तथा विद्यालय स्वागत कार्यक्रम सञ्चालन गर्ने र यसबीच निःशुल्क पाठ्यपुस्तक वितरण गर्नेगरी सबै शिक्षा विकास तथा समन्वय एकाइ र पालिकाहरूमा परिपत्र गरेको छ। विद्यालय जाने उमेरका करिब ३ प्रतिशत बालबालिका अझै शिक्षाको पहुँचभित्र नपुगेको सरकारी आँकडा छ। यी बालबालिकालाई विद्यालय भित्र्याउन गत वर्ष राजनीतिक तहबाट समेत भर्ना महाअभियान नै गरिएको थियो।

क्याम्पसलाई १६ लाख मूल्यको पुस्तक हस्तान्तरण

चापाकोट नगरपालिका–२ स्थित चापाकोट क्याम्पसलाई गण्डकी सामाजिक गुठी काठमाडौँले करीब रु १६ लाख मूल्य बराबरका पुस्तक हस्तान्तरण गरेको छ।

लेखक, पुस्तक र पाठक

लेखक, पुस्तक र पाठकलाई एउटा त्रिभुजमा राखेर विश्लेषण गर्न सकिन्छ। यी तीनै पक्षबीच त्रिकोणीय तादात्म्य सम्बन्ध रहेको हुन्छ। त्रिभुजको माथिल्लो चुच्चोमा लेखकलाई र तलका समानान्तर कोणहरूमा पुस्तक र पाठकलाई राखेर हेर्दा पुस्तक र पाठक एउटै सरल रेखामा भेटिन्छन् भने लेखक दुवैको माथि एक्लै देखिन्छ।

दुर्गम गाउँमा पुस्तकालय

काठमाडौंका युवाहरुले दुई वर्ष लगाएर विभिन्न माध्यमबाट संकलन गरेका पुस्तकमार्फत कर्णालीको दुर्गम जिल्ला कालिकोटमा पुस्तकालय स्थापना गरेका छन्। लियो क्लब अफ काठमाडौं युरेकामा आबद्ध युवाहरुले सात लाख रुपियाँ बराबरका तीन हजार बढी पुस्तकहरु पुस्तकालयमा राखेका छन्। नरहरिनाथ गाउँपालिका–९ श्रीकोटस्थित जनप्रभात माध्यामिक विद्यालयमा स्थापना गरिएको पुस्तकालयको शनिबार उद्घाटन गरिएको छ।

कर्णालीका सबै कारागारमा पुस्तकालय स्थापना

कर्णालीका १० वटै जिल्ला कारागारमा शनिबार एकसाथ पुस्तकालय स्थापना गरिएका छन्। मदन पुरस्कार विजेता प्रदेश प्रहरी कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) महेशविक्रम शाहले सुरु गरेको अभियानअन्तर्गत ती पुस्तकालय स्थापना गरिएका हुन्।

डोल्पाका ११ सय बालबालिका पाठयपुस्तकबाट बञ्चित

नयाँ शैक्षिक सत्र सूरु भएको दुई महिना बितिसक्दा पनि डोल्पाका बालवालिकाले पाठ्यपुस्तक पाएका छैनन्। तल्लो डोल्पामापर्ने जगदुल्ला गाँउपालिकाका ९ बिद्यालयका करिब ११ सय बालवालिकाहरु शैक्षिक सत्र सूरु भएको दुई महिनासम्म पनि पाठ्यपुस्तक विनै अध्ययन गर्न बाध्य भएका हुन्।

पुस्तकमा ‘क्रियाशिल पत्रकार महिला’

पत्रकारिता क्षेत्रमा क्रियाशिल १५ महिला पत्रकारको विषयमा लेखिएको पुस्तक ‘क्रियाशिल पत्रकार महिला’ सार्वजनिक भएको छ।

खप्तड घुमाउने पुस्तक

पर्यटनकर्मी युवाहरूको संस्था कन्सेप्ट नेपालले कवि/लेखक तथा साइक्लिष्टका अनुभव समेटेर ‘खप्तड काव्य–यात्रा’ नामक पुस्तक प्रकाशन गरेको छ। उसले गएको जेठमा आयोजना गरेको खप्तड काव्य–यात्रामा सहभागी भएकाहरुले विभिन्न सञ्चार माध्यममा प्रकाशन गरेका यात्रा निवन्धहरूको संग्रह गरिएको हो।

पाठक बढाउन मेला

पठन संस्कृति विकास समाजको आयोजनामा भएको मेलामा रहेका १२ स्टलमा झण्डै सय बढी प्रकाशन गृहका नयाँ र पुराना पुस्तक छन्। समाजका सदस्य कृष्ण अविरलले ठुला घर भएर पनि घर भित्र एउटा पुस्तकालय नहुने परिवारका लागि मेला लक्षित रहेको बताए।

शताब्दीपुरुषको घुमफिर

‘फेरि, ड्राइभरले स्पिड बढाउँदै मलाई कुरा सुनाउन लागे– बुझ्नुभो, हिलारी त मेरो एक जमानाका साथी। हाम्रा घरआँगन पनि सँगसँगै नै छन्। तर, के गर्नु, हिलारीको सोख केटाकेटीदेखि नै डाँडाकाँडा चढ्ने, मेरो पांग्रा गुडाउने। उसले विश्वविद्यालयमा राम्रो पढाइ गर्न सकेनन्, पर्वतारोही भएर निस्क्यो र म पनि विश्वविद्यालयको जीवनमा असफल मात्र भएँ र आज मोटर हाँक्दै छु।’

नाकाबन्दी लगाउने मोदीको शासन परीक्षण

पुस्तकको नाम ‘द प्यारोडक्सिकल प्राइममिनिस्टर नरेन्द्र मोदी एन्ड हिज इन्डिया’ राखिए पनि किताबको मूल कथ्य भने ‘अ फेलियर प्राइममिनिस्टर’हो।

देशका बाधकतत्व

लेखक प्रकाश विकल्पले देश नबन्नुको कारण समेटेर पुस्तक लेखेका छन्– देश किन बनेन।  सांग्रिला बुक्सले छापेको पुस्तक एघार अध्यायमा विभाजित छ। पहिलो अध्याय ‘म र मेरो देश’मा काठमाडौं आएर संघर्ष गर्न थालेपछि उनले विकसित देशसँग आफ्नो देशको तुलना गरेका छन्। त्यसपछि ‘आफ्नो देश कहाँ चुक्यो ?’ भनेर अध्ययन थालेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्