२१ आश्विन २०८१ सोमबार
image/svg+xml
कला

‘झझल्काहरू’ पुस्तकको चर्चा

पुस्तक चर्चाका सहभागी

रुपन्देही - लुम्बिनी क्षेत्रलाई कर्मथलो बनाएर पत्रकारिता गरेका लेखक डिल्लीप्रसाद आचार्यको स्मृतिसंग्रह ‘झझल्काहरु’ नामक पुस्तकको शनिबार बुटवलमा परिचर्चा गरिएको छ।

नेपाल पत्रकार महासंघ रुपन्देहीको आयोजनामा भएको पुस्तक चर्चामा लेखक आचार्यले बुटवल भैरहवाको पञ्चायतकालीन पत्रकारिताको अवस्था, यहाँको भूगोल र समग्रमा देश बुझाउने सामग्री समावेश गरेको भन्दै प्रशंसा गरियो। १९९४ सालमा बाग्लुङमा जन्मिएका आचार्य बुटवलमै कर्मथलो बनाएर काम गरे।

पञ्चायतकालमै खोज पत्रकारिताको अभ्यास थालेका उनले लेखकै कारण सरकारी सेवाबाट निष्काशित हुनुपरेको थियो। पुस्तकमा आचार्यले आफ्नो जीवनको अनुभूति बुटवल भैरहवाको पत्रकारिता जीवनका आरोह र अवरोहलाई समेटेका छन्।

कार्यक्रममा संविधानसभा सदस्य विनोद पहाडीले आचार्यले सधैं आफूहलाई हौसला दिँदै खोज पत्रकारितामा प्रोत्साहन गरेको स्मरण गरे। उनले समाजलाई परिवर्तन गर्ने, जनताका विषयमा कलम चलाउन प्रोत्साहन गर्ने व्यक्तिको संस्मरण समेटिएको पुस्तक सबैले पढ्नुपर्ने बताए। नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्वअध्यक्ष बालकृष्ण चापागाईले आचार्यले यायावर पत्रकार भएको उल्लेख गर्दै ८४ वर्षको उमेरमा कृति प्रकाशन गरेर नमूना काम गरेको बताए।

अर्का पूर्वअध्यक्ष मोहन चापागाईले झझल्काहरु पुस्तक समाजको मार्गदर्शन बन्ने बताउँदै यसको अध्ययन गर्न सबैमा आग्रह गरे। उनले देवदहको विकास र खोज पत्रकारितालाई अघि बढाउने पहिलो पुस्ताका रुपमा आचार्यलाई चिनाउनुपर्ने बताए। कार्यक्रममा पुस्तकमाथि चर्चा गर्दै साहित्यकार दलबहादुर गुरुङले यो ज्युँदो इतिहासको प्रमाण भएको बताए।

उनले पुस्तकले बुटवल भैरहवाका पत्रकारिता क्षेत्रको अवस्था, देशको चित्रण र जीवनमार्फत ज्ञान दिने काम गरेको बताए। पञ्चायतकालमै खोज पत्रकारिता गरेर समाज रुपान्तरण गर्ने अभियानमा सामेल भएको व्यक्तिलाई साक्षात भेट पाउदा निकै गर्व लागेको उनले सुनाए।

बुलबुल पब्लिकेसनले बजारमा ल्याएको यो पुस्तक ३९ औं संस्कर रहेको प्रकाशक तथा सञ्चारकर्मी अच्युत घिमिरेले बताए।
 

 

प्रकाशित: १४ वैशाख २०७६ १२:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App