९ आश्विन २०८१ बुधबार
image/svg+xml

खोटाङका एघार ठाउँमा बृहत् स्वास्थ्य शिविर

बेलायतस्थित खोटाङ सेवा समाजले स्वास्थ्य सेवामा पहुँच नभएका जिल्ला वासीलाई लक्ष्यित गरेर बृहत् स्वास्थ्य शिविर सञ्चालन गरेको छ।

चतुरभक्तलाई ‘खोटाङ नागरिक सम्मान’ र रानोहँछालाई ‘खोटाङ प्रतिभा पुरस्कार’

खोटाङ सेवा समाज युके (बेलायत) ले ‘खोटाङ नागरिक सम्मान र खोटाङ प्रतिभा पुरस्कार– २०८०’ घोषणा गरेको छ।

खोटाङ सेवा समाज यूकेले उपलव्ध गरायो थप १३ लाखको स्वास्थ्य सामग्री

खोटाङ सेवा समाज यूकेले यूकेमा गाँस काटेर जुटाएको रकमबाट कोभिड–१९ को महामारीका विरुद्ध प्रयोग हुने आवश्यक स्वास्थ्य सामग्री खरिद गरेर पठाएको हो। कोभिड-१९ को संक्रमणबाट बाँच्न र बचाउनका लागि पहिलो र दोश्रो चरणमा गरी जिल्लालाई २४ लाख ६० हजारको स्वास्थ्य सामग्री उपलव्ध गराइएको खोटाङ सेवा समाज यूकेका महासचिव भोलाबिक्रम राईले बताए।

खोटाङलाई साढे ११ लाखको स्वास्थ्य सामग्री

कोभिड–१९ को संक्रमणबाट बाँच्न र बचाउनका लागि खोटाङ सेवा समाज यूकेले जिल्लालाई अक्सिजन कन्सन्ट्रेटर, पल्स अक्सिमिटर, बिआइपिएपी, मास्क लगायतका ११ लाख ४६ हजार २०० रुपैयाँ बराबरको स्वास्थ्य सामग्री उपलव्ध गराएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्