२३ पकेट क्षेत्र र आठवटा ब्लक विस्तार गरिँदै
कार्यक्रममा प्रदेशसभा सांसद रामकुमार राई उषाकला राईले कृषि प्रवद्र्धनका लागि राज्यले विनियोजन गरेको बजेट वास्तविक किसानको हातमा पु-याउन ज्ञान केन्द्रको ध्यानाकर्षण गराएका छन्।
कार्यक्रममा प्रदेशसभा सांसद रामकुमार राई उषाकला राईले कृषि प्रवद्र्धनका लागि राज्यले विनियोजन गरेको बजेट वास्तविक किसानको हातमा पु-याउन ज्ञान केन्द्रको ध्यानाकर्षण गराएका छन्।
उर्जामन्त्री वर्षमान पुन, खोटाङ, ओखलढुंगा र सोलुखुम्बुका सांसदसहितको टोलीमा घिसिङ दूधकोसी जलाशययुक्त जलविद्युत् आयोजना निरिक्षण गर्न रभुँवा पुगेका हुन्।
मानेभञ्ज्याङ्ग गाउँपालिकामा एक वर्षभित्र विधुत बल्ले भएको छ। गाउँपालिकाको नौ वटै वडाहरुमा विधुत लाईन विस्तार गरि एक वर्षभित्र विधुत बल्ने भएको हो।
जिल्लाको घिरिङ गाउँपालिका नौ करोड ११ लाख रुपैयाँको लागतमा पाँच ब्लक रहने गरी तीन तलाको भवन बनाउन सुरु गरेको छ।
मुलुक संघीयतामा गएपछि सबैले यसलाई सरकार सिंहदरबारबाट गाउँघरमै आइपुगेको रूपमा व्याख्या गर्ने गरेका छन्। आफूले चुनेको सरकार आफ्नै आँगनमा आउँदा आफ्ना समस्या सुनाउन पाउने र समाधान पनि हुने आशा यही कारण सर्वसाधारणमा चुलिँदै आएको छ। तर पनि पछिल्लो समय जनताका यी आशा पनि निराशामा परिणत हुँदै गएका छन्।
विद्यालय अनुगमनमा पुगेका रोल्पा सुनिलस्मृती गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीले कक्षा १० का २८ विद्यार्थीको जाच लिए। तिन अंकको गुणान गर्न दिएको करिब आधा घण्टापछि उनीहरुले उत्तर लेखे तर सबैको गलत आयो। ९ सय ७८ लाई ७ सय ८९ ले गुणान गर्नुपर्ने थियो तर कसैले उत्तर मिलाउन सकेनन्।
निस्दी गाउँपालिकाको मित्यालमा हावाबाट बिजुली बत्ती बालिएको छ। वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र नेपालको एक करोड ८० लाख रुपैयाँ र गाउँपालिकाको ४२ लाख १३ हजार रुपैयाँको लागतमा हावाबाट बिजुली निकालिएको हो।
खोटाङको बराहपोखरी गाउँपालिका पर्यटकीयस्थल बराहपोखरीको जग्गा अतिक्रमण गरेर निर्माण गरिएको घर तथा टहरा हटाउन आक्रामक बनेको छ। बराहपोखरी गाउँपालिका–१ बराहपोखरीमा रहेको पर्यटकीयस्थल बराहपोखरीको जग्गा अतिक्रमण गरेर निर्माण गरिएको घर तथा टहरा हटाउनका लागि दुई पल्ट दिएको समयसीमाको बेवास्ता गरिएपछि गाउँपालिकाले तेश्रोपल्ट १५ दिने समयसीमा जारी गरेको छ।
शिक्षणलाई नियमित गर्नका लागि खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले पालिकाभरीका सबै माविमा ई–हाजिरी जडान गरेको छ। शिक्षकको उपस्थितिमा कडाइ गर्दै पठन–पाठनलाई नियमित गर्नका लागि गाउँपालिकाले ७ वडाका १४ माविमा ई–हाजिरी जडान गरेको हो।
खोटाङको ऐसेलुखर्क गाउँपालिकाले आवधिक योजना निर्माणको काम थालेको छ। गाउँपालिकाको समग्र वस्तुस्थिति, सवल पक्ष, दुर्वल पक्ष, अवसर र चुनौतीको पहिचान गर्दै योजनाबद्ध विकास र समृद्धिका लागि पाँच वर्षे आवधिक विकास योजना निर्माणको काम थालिएको हो।
ऐतिहासिक पुसे मेलाको अवसर पारेर ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाले दिएको ३ दिनको स्थानीय बिदाप्रति गाउँपालिकाकै प्रवक्ताले आपत्ति जनाएका छन्।
खोटाङको ऐसेलुखर्क गाउँपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्र ऐसेलुखर्कमा २४ घण्टे स्वास्थ्य सेवा सुरु गरिएको छ। गाउँपालिकाका नागरिकको स्वास्थ्यलाई ध्यानमा राखेर ऐसेलुखर्क गाउँपालिकाले प्राथमिक स्वास्थ्य केन्द्रमा २४ घण्टे स्वास्थ्य सेवा सुरु गरेको हो।
अग्निसाइर कृष्णासवरन गाउँपालिकामा हात्ती र बाँदरले दुःख दिन थालेपछि मङ्गलबार अग्निसाइर मन्दिरमा स्थानीयवासीले सामूहिक पूजापाठ गरेका छन्। स्थानीयवासीले हात्ती र बाँदरको मूर्ति बनाएर पुरोहित बोलाइ सामूहिक पूजा गरेका हुन्।
नवलपरासीपूर्व नवलपुरको बौदीकाली गाउँपालिका–५ मा मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि तयारी तीव्र पारिएको छ। निर्वाचनका लागि आवश्यक मतपेटिका, मतपत्रलगायत सामग्री आइपुगेको छ। निर्वाचन सामग्री सुरक्षित राखिएको मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले जानकारी दिए।
खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकामा साँढे सात करोडभन्दा बढीको सिँचाइ योजना सुरु गरिएको छ। दिप्रुङ चुईचुम्मा गाउँपालिका–६ छितापोखरी, दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ सछितापोखरी र दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासेमा सिँचाइ सुविधा विस्तार गर्ने लक्ष्यकासाथ लोकतान्त्रिक सिँचाइ योजना शिलान्यास गरिएको हो।