coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

दिप्रुङ चुईचुम्मा गाउँपालिकाका सबै माविमा ई-हाजिरी

दिप्रुङ चुईचुम्मा गाउँपालिकाको महेन्द्रोद्धय मावि डाँडागाउँमा ई-हाजिरी गर्दै शिक्षक/कर्मचारी। तस्बिर:नागरिक

खोटाङ– शिक्षणलाई नियमित गर्नका लागि खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले पालिकाभरीका सबै माविमा ई–हाजिरी जडान गरेको छ। शिक्षकको उपस्थितिमा कडाइ गर्दै पठन–पाठनलाई नियमित गर्नका लागि गाउँपालिकाले ७ वडाका १४ माविमा ई–हाजिरी जडान गरेको हो।

याङसोला मावि याङसोला छोरम्बु, शान्ती मावि छोरम्बु, शान्ती निकेतन मिनाकर्ण मावि छोरम्बु, पञ्चकौशीका मावि भँडारेघाट बतासे, राम्चे निकेतन मावि बतासे, सरस्वती मावि डाँडाखर्क सछितापोखरी, कृष्ण मावि टेम्मा, शान्ती मावि टेम्मा, जनसेवा मावि छितापोखरी, सरस्वती माबि कुलागाउँ सछितापोखरी, महेन्द्रोदय मावि याम्खा लगायतका माबिमा ई–हाजिरी जडान गरिएको गाउँपालिकाले जनाएको छ।

सामुदायीक बिद्यालयका शिक्षकको उपस्थितिलाई नियमित गर्दै शैक्षिक गुणस्तर उकास्नका लागि आर्थिक वर्ष २०७६/०७७ विनियोजित १० लाखमा विधुतीय हाजिरी उपकरण, सोलार, ब्याट्री र इन्भर्टर व्यवस्था गरेर विद्यालयमा ई–हाजिरी सुरु गरिएको गाउँपालिका अध्यक्ष भूपेन्द्र राईले बताए।

विद्यालयमा हुने शिक्षकको ढिलो उपस्थितीका कारण पठन–पाठनमा पर्ने असर कम गर्नका लागि गाउँपालिकामा माविमा मंसिर २९ गतेदेखि ई–हाजिरी सञ्चालनमा ल्याइएको हो। गाउँपालिकाको सूचना तथा प्रविधि शाखाबाट हरेक महिना ई–हाजिरीको रेकर्ड प्रमाणित गरेर मात्र तलव निकासाको व्यवस्था मिलाइने जनाइएको छ। यस बाहेक सूचना तथा प्रविधि शाखाबाट जुनसुकै समयमा ई–हाजिरीको रेकर्ड अनुगमन हुने गाउँपालिका अध्यक्ष राईले बताए।

‘विद्यालयमा शिक्षक÷शिक्षिकाको उपस्थितिलाई अझ नियमित गराएर पठन–पाठन प्रभावकारी बनाउन ई–हाजिरीको व्यवस्था गरिएको हो,’ गाउँपालिका अध्यक्ष राईले भने, ‘ई–हाजिरीबाट कुन विद्यालयका शिक्षक कुन बेला उपस्थित भए, कुनबेला विद्यालयबाट निस्किए भन्ने थाहा हुने भएकाले ढाँट्न पाउँदैनन्।’

ई–हाजिरी सुरु भएपछि शिक्षकको उपस्थितीमा सुधार आएको र पठन–पाठन नियमित गर्न सघाउ पुगेको अध्यक्ष राईले बताए। बेलामा उपस्थित नहुने र चाँडै विद्यालय बाहिरिने शिक्षकलाई नियमित गराउनका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, साकेला गाउँपालिका, खोटेहाङ गाउँपालिका, रावाबेँसी गाउँपालिका लगायतका स्थानीय तहले पनि ई–हाजिरी कार्यान्वयनमा ल्याइसकेको छ।


 

प्रकाशित: ३ पुस २०७६ ०८:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App