८ वैशाख २०८१ शनिबार

दोलखाको ११ किलो सुन प्रकरण : काठमाडौँबाट थप तीन जना पक्राउ

दोलखामा बरामद भएको ११ किलो सुन प्रकरणमा एक जना चिनियाँ नागरिकसहित थप तीन जनालाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ।

अवैध रुपमा लुकाई छिपाई ल्याएको सुनसहित तीन जना पक्राउ

भन्सार छलि लुकाइछिपाइ ल्याएको नौ सय ६० ग्राम तौलको अवैध सुन बरामद भएको घटनाको अनुसन्धानको क्रममा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

चितवनमा 'कालो मोसो नेपाल' गठन, अध्यक्ष थापासहित तीन जना पक्राउ

शम्भु थापाको नेतृत्वमा संगठन बनाइएको हो। कार्यालय नै स्थापना गर्न लागेका अध्यक्ष थापा सहित कालो मोसो नेपालका कार्यकर्ता पक्राउ समेत परेका छन्।

सशस्त्र प्रहरीद्वारा हतियारसहित तीन पक्राउ

लङरेन्ज दुईनाले बन्दुक एक थान र सोको एक थान कार्टिजसहित उनीहरुलाई पक्राउ गरिएको पर्सा सशस्त्र प्रहरी प्रमुख एवं सशस्त्र प्रहरी उपरीक्षक तेजप्रसाद पोखरेलले जानकारी दिए।

चितुवाको छाला र हड्डीसहित तीन जना पक्राउ

उनीहरुको साथबाट एक थान चितुवाको छाला र एक किलो ४० ग्राम हड्डी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता (डिएसपी) मधुसुदन न्यौपानेले जानकारी दिएका छन्।

ब्राउनसुगरसहित तीन जना पक्राउ

प्रहरीले गए राति अर्जुनधाराबाट दुई र दिउँसो मेचीनगरबाट एक भारतीय नागरिकलाई ब्राउनसुगरसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए।

बाघको छाला र हड्डीसहित तनहुँबाट तीन जना पक्राउ

तनहुँबाट बाघको छालासहित तीन जनालाई पक्राउ गरिएको छ। नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो र जिल्ला प्रहरी कार्यालय तनहुँको टोलीले शनिबार साँझ ६ बजे व्यास नगरपालिका–५ पतेनीबाट पक्राउ गरेको हो।

लागुऔषधसहित तीन जना पक्राउ

पक्राउ पर्नेमा लहान नगरपालिका–२४ का १८ वर्षीय मनदीप विश्वकर्मा, सोही नगरपालिका–५ का ५२ वर्षीय रामदेव यादव र २५ वर्षीय दीपेन्द्र यादव छन्।

करिब दश लाख नक्कली नोटसहित तीन जना पक्राउ

पक्राउ पर्नेमा धनुषाको बटेश्वर गाउँपालिका ४ का ३८ वर्षीय शत्रुधन बरइ ठाकुर, महोत्तरी बर्दीबास नगरपालिका ९ का ३० वर्षीय रन्जित महतो र महोत्तरीकै भंगाहा नगरपालिका ४ का २५ वर्षीय दीपेन्द्रकुमार महतो रहेको रौतहट प्रहरीले जनाएको छ।

गोङ्गबुबाट पेस्तोलसहित तीन जना पक्राउ

महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका–२६ गोङ्गबुस्थित वीरेन्द्र ऐश्वर्य मार्गको आरके रेष्टुराँबाट पेस्तोलसहित धादिङका २४ वर्षीय विकेश मगर भन्ने विपिन मगर, २५ वर्षीय मन्दिप थापा र १९ वर्षीय सुजन मगरलाई बुधबार साँझ पक्राउ गरेको हो।

लागूऔषधसहित ५ जना पक्राउ

बेलुका ७ बजेतिर दक्षिणतर्फबाट आउँदै गरेका ३ जना सवार प्रदेश १–०२–०४५ प ३९७३ नम्बरको मोटरसाइकल चेक गर्दा ब्राउन सगुर भेटिएको प्रहरीले जनाएको छ।

राउटे युवतीलाई यौन दुर्व्यवहार गर्ने तीन जना पक्राउ

हाल गुर्भाकोट नगरपालिकाको आँपसोतीमा बस्दै आएका राउटे समुदायका दुई युवतीलाई होटलमा मदिरा खुवाएर यौन दुर्व्यवहार गर्नुका साथै भिडियो बनाएर फेसबुकमार्फत सार्वजनिक गर्ने गुर्भाकोट नगरपालिका–९ भुल्केका चमन घर्ती (जोगी)सहित तीन जनालाई पक्राउ गरिएको सुर्खेत प्रहरीले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्