६ आश्विन २०८१ आइतबार
image/svg+xml

मोटरसाइकल र जीप जुध्दा एकको मृत्यु

तानसेन नगरपालिका ८ डुम्रेचोकमा मोटरसाइकल र जीप जुध्दा मोटरसाइकलमा सवार एकको मृत्यु भएको छ। साँझ ७ बजेतिर भएको दुर्घटनामा परी तानसेन नगरपालिका १४ रिडीका २२ वर्षीय कृष्ण पुनको मृत्यु भएको हो।

वडाध्यक्षलाई मोटरसाइकल र कर्मचारीलाई दिवा खाजा

पाल्पाको रम्भा गाउँपालिकाले चालू आर्थिक वर्ष २०७५–०७६ मा सबै वडा अध्यक्षलाई मोटरसाइकल र कर्मचारीलाई दिवा खाजा उपलब्ध गराउने निर्णय गरेको छ।

स्वयम्भूमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते

स्वयम्भूमा बुधबार साँझ मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। कंलकीबाट बालाजुतर्फ आइरहेको बा९६प ५९३७ नंको मोटरसाइकललाई सोही दिशाबाट आइरहेको ना६ख ५६४८ नंको डिब्बाले ठक्कर दिँदा मोटरसाइकल पछाडि बसेका गोरखा सुलिकोटका ६६ वर्षीय मोहन पनेरु क्षेत्रीको मृत्यु भएको हो।

सडकमा मोटरसाइकलको राज (भिडियो रिपोर्ट)

मध्यम वर्गीय नेपाली र मोटरसाइकल एकअर्काका पर्यायजस्तै बनेका छन्। मध्यम र न्यून–मध्यम वर्गमा मोटरसाइकल लोकप्रिय सवारी साधन हो।  मोटरसाइकलको बढ्दो प्रयोगसँगै काठमाडौंका सडकमा नयाँ चुनौती थपिएका छन्। एकातिर सार्वजनिक सवारीसाधनको प्रयोग घट्दो छ भने अर्कोतिर काठमाडौंका सडक असुरक्षित हुँदै गएका छन्।

मोटरसाइकल चोर्ने दुई गिरोह पक्राउ

कपिलवस्तुको तौलिहवामा मोटरसाइकल चोरी गर्ने छुट्टाछुट्टै २ गिरोह पक्राउ परेका छन्। मोटरसाइकल चोर्ने गिराहलाई प्रहरीले निगरानी बढाएपछि पक्राउ गरेको जनाएको छ।

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको कुशाहामा ट्रकको ठक्करबाट एकजना मोटरसाइकल चालकको सोमबार साँझ मृत्यु भएको छ ।

ट्रकमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

पूर्व—पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिका–९, रुपनगरमा गएराती ट्रकमा मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन्।

स्थानीय तहका जनप्रतिनिधिको स्कारपियो र मोटरसाइकल मोह

स्थानीय तहको निर्वाचनको बेलामा जनतासँग भेट माग्दा आफु निर्वाचित भएपछि निजी स्वार्थमा नलागेर विकास, सुशासन र जनताको सेवामा केन्द्रीत हुने वाचा गरेका स्थानीय तहका जनप्रतिनिधि सुविधा भोगी मात्रै भएको पाइएको छ।

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

पूर्व–पश्चिम राजमार्गअन्तर्गत कमल गाउँपालिका– ४ मा आज भएको दुर्घटनामा एक जनाको मृत्यु भएको र अन्य दुईजना गम्भीर घाइते भएका छन्।

मोटरसाइकल अनियन्त्रित हुँदा चालकको मृत्यु

झापाको शिवसताक्षी नगरपालिका–१ स्थित पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको सुरुंगामा आइतबार साँझ मिनी ट्रकको ठक्करबाट एकजना मोटरसाइकल चालकको मृत्यु भएको छ।

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

चितवनको नारायणगढ-मुग्लिन सडकखण्डअन्तरर्गत इच्छाकामना गाउँपालिका–५ स्थित २ नं पुलमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्