८ आश्विन २०८१ मंगलबार
image/svg+xml

मोबाइल एप्सबाटै राहदानी फाराम भर्न सकिने

नयाँ राहदानी बनाउने सोचमा हुनुहुन्छ ? चिन्ता नगर्नु होस् । आवेदन फाराम अब आफ्नै मोबाइल फोनबाट भर्न सकिने भएको छ । फोरजी सेवा प्रारम्भ भएको दुई दिनपछि एप्पलको आइओएस र एन्ड्रोइड मोबाइलबाट राहदानी फाराम भर्ने र निवेदन दर्ता गराउने सुविधा उपलब्ध भएको छ ।

तीन दिनमै छ करोडका मोबाइल बिक्री

काठमाडौंको पाकोस्थित न्युरोडमा बुधबारदेखि सुरु भएको ‘मोबाइल महोत्सव २०७३’मा तीन दिनको अवधिमै करिब साढे ६ करोड रुपैयाँका मोबाइल बिक्री भएका छन्। बुधबारदेखि सुरु भएको महोत्सबमा करिब दुई दर्जन ब्राण्डेड मोबाइल कम्पनीले भाग लिएका छन्।

मोबाइलका आधुनिक पुस्ता

नेपाल टेलिकमले पुस १७ गतेदेखि फोर–जी सञ्चालनमा आउने तयारी गरिरहेको छ र यस्तै अर्को दूरसञ्चार सेवा प्रदायक एनसेलले पनि आफूले स्वीकृति पाएको महिना दिनभित्रै फोर–जी सेवा सञ्चालनमा ल्याउन तयार रहेको बताएको छ।

‘न्युरोड मोबाइल महोत्सव’ पुस १३ गतेदेखि

जहाँ मोबाइल बजार त्यहीँ मोबाइल महोत्सव’ भन्ने मूलनाराका साथ पुस १३ गतेदेखि ‘न्युरोड मोबाइल महोत्सव– २०७३’ हुने भएको छ । नेपाल मोबाइल व्यवसायी सङ्घले आयोजना गरेको सो महोत्वसव पुस १९ गतेसम्म सञ्चालन हुनेछ ।

मोबाइलव्यवसाय देशको तेस्रो ठूलो व्यापार

मोबाइल हेन्डसेट डिजेल, फलामपछिको तेस्रो ठूलो व्यापार भएको क्षेत्र हो। वार्षिक ४० प्रतिशतव्यवसाय वृद्धि भइरहेको अवस्थामा यो वर्ष झन्डै ३६ अर्ब रुपैयाँको कारोबार हुने अनुमानगरिएको छ। यसले देशको राजस्व र उपभोक्ताको जीवनशैलीमै ठूलो प्रभावपार्ने क्षमता राख्छ।

नेपालमा मोबाइल फोन कम्पनी खोल्ने तयारी

भारतको फास्टट्र्याक कम्युनिकेसन प्रालिले नेपालमा मोबाइल फोन सेट उत्पादन गर्ने कम्पनी खोल्ने तयारी सुरु गरेको छ। 'लेमोन' ब्रान्डका मोबाइल सेट उत्पादन गर्दै आएको उक्त कम्पनीले नेपाली कम्पनी प्रभु मोबाइल प्रालिको साझेदारीमा उद्योग खोल्ने योजना बनाएको छ। प्रभु मोबाइल 'लेमोन' ब्रान्ड फोनको नेपालका लागि आधिकारिक वितरक हो।

वार्षिक २५ अर्बको मोबाइल बजार ब्यवस्थित हुँदै

हालै, मोबाइल फोन आयातकर्ताहरूले आफ्नो छाता संगठनको रुपमा मोबाइल फोन इम्पोर्टस् एसोसिएसन गठन गरेका छन्। मोबाइल फोन उपभोक्तालाई राम्रो सुविधा दिन, नेपाल दूरसञ्चार प्राधिकरणसँग सहकार्य गर्न र आफ्नो हकहितलाई ध्यानमा राखेर संघ खोलेको उनीहरूको भनाइ छ। यसै सन्दर्भमा किन संघको आवश्यकता पर्‍यो, मोबाइल आयात, मोबाइल बजार लगायतका विषयमा नागरिकका कुबेर चालिसे र सन्तोष न्यौपानेले एसोसिएसनका नवनियुक्त अध्यक्ष तथा सामसङ मोबाइलको नेपालका लागि आधिकारिक बिक्रेता आइएमएसका अध्यक्ष दीपक मल्होत्रासँग गरेको कुराकानी:

नक्कली मोबाइलमा सक्कली नम्बर हालिने

नेपाल दूरसञ्चार प्राधिकरणले हाल प्रयोगमा रहेका आइएमइआई नम्बर (इन्टरनेसनल मोबाइल इक्विपमेन्ट आइडेन्टिफायर) नभएका मोबाइल सेटलाई पनि दर्ता गर्ने भएको छ। आयातित मोबाइलको आइएमइआई नम्बर दर्ता सुरु गरिसकेको प्राधिकरणले हाल देशभर प्रयोगमा रहेका र सक्कली नम्बर नभएका मोबाइललाई एकपटक मौका दिएर दर्ता गराउन खोजेको हो।

साझाका ३० बस आइतबारदेखि गुड्ने, मोबाइल चार्ज गर्ने सुविधा

आइतबारदेखि साझाका सुविधा सम्पन्न ३० वटा नयाँ बस उपत्यकामा गुड्ने भएका छन्। उपत्यकाका विभिन्न चार वटा रुटमा पुराना आठसहित नयाँ गरी ३८ वटा बस सञ्चालन हुने साझा यातायातले जनाएको छ।

निद्रा मारेर मोबाइल चलाउने लतमा युवा पुस्ता

मनोरञ्जन वा काम जे होस् मोबाइलको प्रयोग विश्वव्यापी रुपमै बढ्दो छ। यसले कामलाई सहज बनाएको भन्ने बलियो तर्क सधैँ अघि देखिन्छ। तर मोबाइल फोनको प्रयोगका कारण युवा पुस्तामा रात्री ननिँदाउने गम्भीर समस्या रहेको एउटा अध्ययनले औंल्याएको छ। मोबाइलले निन्द्रा कटाैती हुँदा त्यसले मानव स्वास्थ्यमा गम्भीर असर परिरहेको हो।

उदयपुरमा टेलिफोन र मोबाइल अवरुद्ध

उदयपुरमा बिहीबार बिहानैदेखि नेपाल टेलिकमको सेवा अवरुद्ध भएको छ। टेलिकमद्वारा सञ्चालित ल्याण्डलाइन फोन, जिएसएम पोष्टपेड, प्रिपेड र स्काई मोबाइल बिहानैखि अवरुद्ध भएका कारण जिल्लाबासी उपभोक्ता मारमा परेका छन्।

चालकले मोबाइल चलाउँदा दुर्घटना, १७ जना घाइते

दार्चुलाको गोकुलेश्वरबाट कञ्चनपुरको भीमदत्तनगर आउँदै गरेको ना ३ ख ९४३६ नंको यात्रुवाहक बस आज बिहान पूर्व पश्चिम महेन्द्र राजमार्गको गुलरिया–अत्तरिया खण्डको मोहना नदी छेउमा दुर्घटना हुँदा १७ जना यात्रु घाइते भएका छन् ।

मोबाइल एपमा झुम्मिँदै बालबालिका

'आफ्ना बालबालिकाले पढाइ बिगारेको, नसुतेको, समयमा नउठेको जस्ता समस्या लिएर अभिभावक आउँछन्। सबैको समस्याको केन्द्र मोबाइल एप नै देखिन्छ।'

नेपाल टेलिकमको मोबाइलमा समस्या

नेपाल टेलिकमको मोबाइलमा समस्या देखिएको छ। शनिबार बिहानैदेखि मोबाइलको नेटवर्कमा 'इमरजेन्सी कल'मात्र देखिएको ग्राहकहरुले गुनासो गरेका छन्।

एचटिसी मोबाइल बजारमा

भिमसरिया गु्रप अन्तर्गतको जेनरेसन नेक्स्टले नेपालमा एचटिसि मोबाइल ल्याएको छ। महाप्रबन्धक पवन भिमसरियाले सुरु गरेको भिमसरिया गु्रप विश्वका विभिन्न देशहरुमा फैलिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्