८ आश्विन २०८१ मंगलबार
image/svg+xml

दसैंको अवसरमा मोबाइलमा अफरै अफर

काठमाडौं- ओइलाएको बजारलाई दसैं–तिहार जस्ता पर्वले सक्रिय बनाउँछ। त्यसको प्रभाव मोबाइल बजारमा पनि सकारात्मक रुपले बढ्दै गएको छ। कम्पनीहरुको चाडपर्व लक्षित अफरका कारण उपभोक्ता झनै् आकर्षित हुँदै गएका छन्। कम्पनीले मोबाइल खरिदमा छुट, फुल क्यास ब्याक तथा विभिन्न देशको टुरसम्मका अफर सार्वजानिक गरेका छन्।

सिटिसी मोबाइल एक्स्पो – २०१६ सुरु

सिटिसी मोबाइल बजारमा विभिन्न छूट सुबिधासहित ‘सामसङ ग्यालेक्सी जे२ सिक्स सिटिसी मोबाइल एक्स्पो २०१६’ सुरु भएको छ। असोज १५ गतेसम्म सञ्चालन हुने एक्स्पोको उपप्रधान तथा अर्थमन्त्री कृष्ण बहादुर महराले शुक्रबार एक समारोहका बीच उद्घाटन गरे।

सिटिसी मलमा सामसुङ मोबाइल एक्स्पो हुने

राजधानीको सुन्धारास्थित सिटिसी मलले मोबाइल एक्स्पो आयोजना गर्ने भएको छ। सामसुङको मुख्य प्रायोजनमा हुने एक्स्पो असोज ५ गतेबाट सुरु हुने छ।

ओप्पो मोबाइल नेपालमा

विश्वमा स्मार्टफोनको र्‍यांकिङमा चौथो स्थान ओगट्न सफल ओप्पो मोबाइल फोन नेपाली बजारमा आएको छ। स्मार्टफोनका पारखीलाई सेल्फीको नयाँ अनुभव प्रदान गर्ने उद्देश्यका साथ टेलिसेलले नेपालको आधिकारिक बिक्रेता बन्दै उक्त मोबाइल भित्र्याएको हो।

अमेरिकामा मोबाइल एप्सबाटै नेपाली राहदानी बनाउन सकिने

अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कार्कीले अमेरिकामा रहेका नेपालीहरुले मोबाइल एप्सका आधारमा अमेरिकामा रहेका नेपालीहरुले नेपाली राहदानी वनाउन सकिने व्यवस्था गरिएको बताएका छन्।

मोबाइल चोरेर भाग्दाभाग्दै पक्राउ

काठमाडौं महानगरपालिका–३५ तिनकुनेस्थित तरकारी बजारमा मोबाइल चोरी गरी भाग्दै गरेको अवस्थामा सप्तरी भारदा–७ घर भएका १८ वर्षीय सुरज गुप्तालाई बुधबार प्रहरीले पक्राउ गरेको छ।

स्वास्थ्यमन्त्री थापाले मोबाइलबाट वीर अस्पताल शाैचालयको फोटो निकालेपछि... (भिडियो)

मन्त्री थापाले खल्तीमा हात हाले। मोबाइल निकाले र फेसबुक खोले। फेसबुक पेजमा कसैले पठाएको तस्बिर देखाउँदै उनले भने ‘अस्पतालको शौचालय प्रयोग गर्नै नसकिने हालतमा छ। यो तस्बिर कसैले मलाई फेसबुक पेजमा पठाउनु भएको हो। के यो शाैचालय तपाइँ हामी प्रयोग गर्न सक्छौं?’

वाणिज्य बैंकको मोबाइल बैंकिङ अझ स्मार्ट

सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले आइतबारदेखि आरबीबी स्मार्ट सेवा सेवा सुरु गरेको छ। यो स्मार्ट सेवा मोवाइलको एसएमएस र इन्टरनेट दुवैबाट चलाउन सकिनेछ।

मोबाइलको ब्याट्री टिकाउने तरिका

स्मार्टफोन प्रयोगकर्ताहरूका लागि सबैभन्दा ठूलो तनावको कारण ब्याट्री बन्न पुगेको छ । निकै जरुरी परेका बेला स्मार्टफोनको ब्याट्री सकिन्छ । त्यसैले चार्जर र पावर बैंकसँगै लिएर हिँड्नु बाध्यता बनेको छ, स्मार्टफोन प्रयोगकर्ताहरूको ।

भूकम्पप्रतिरोधी घरनिर्माणबारे जानकारी दिन मोबाइल एप्स सञ्चालनमा

अमेरिकी राजदूतावास युवा परिषद्ले भूकम्पप्रतिरोधी घरनिर्माणबारे जानकारी दिन मोबाइल एप्स र वेभसाइट सञ्चालनमा ल्याएको छ ।

रेडपाण्डाको गतिविधि अध्ययन गर्न मोबाइल एप

पाँचथर– लोपोन्मुख वन्यजन्तूको रुपमा रहेको रेडपाण्डाको अवस्था अध्ययनका लागि मोबाइल एप्लिकेशनको प्रयोग गरिने भएको छ। रेड पाण्डा पाइने मेची अञ्चलका पहाडी जिल्ला पाँचथर, इलाम, ताप्लेजुङ(पिआईटी) क्षेत्रमा मोबाइल एप्लिकेशनबाट जानकारी लिने गरी योजना अघि बढाइएको छ।

चार्जमा राखेको मोबाइल पड्केर घर आगलागी

जुम्ला—जिल्लाको पातारासी–५ छिपछिपेमा चार्जमा राखेको मोबाइल पड्किएर घरमा आगलागी भएको छ। आगालागीबाट घर पूर्ण रुपमा क्षतिग्रस्त भएको छ। स्थानीय अम्मर बुढाको घरमा आगलागी भएको प्रहरीले जानकारी दिएको छ।

ह्वावेको नयाँ मोबाइल पी नाइन

चिनियाँ कम्पनी ह्वावेले शुक्रबार काठमाडौंमा विशेष कार्यक्रमका साथ आफ्नो नयाँ मोबाइल पी नाइन सार्वजनिक गरेको छ। सेलिब्रिटीहरुलाई मञ्चमा उतारेर उल्लासपूर्ण वातावरणमा सार्वजनिक गरिएको पी नाइनमा तीन जिबी र्‍यामका साथै तीन हजार एमएएचको ब्याट्री रहेको छ।

नारायणीमा पानीको सतह बढ्यो- सचेत रहन ५० हजारलाई मोबाइल सन्देश

जल तथा मौसम विज्ञान विभागले नारायणीको पानीकेा सतह चेतावनी तहभन्दा माथि गएपछि शुक्रबार सा“झ नौ बजे नदीकिनारका करिब ५० हजार सर्वसाधारणलाई मोबाइल एसएमएसबाट सचेत गराएको छ।

मोबाइल बिक्रीपछिको सेवा आवश्यक

दूरसञ्चार क्षेत्रमा आएको चमत्कारिक विकासले मोबाइल प्रयोगकर्ताको संख्या बढेसँगै बिक्रीपछिको सेवामा पनि ध्यान दिनुपर्ने उपभोक्ताले माग गरेका छन्। सबै वर्गका व्यक्तिका लागि मोबाइल अनिवार्य आवश्यकताको साधन बनेपछि यसको मर्मतसम्भारमा पनि चासो बढेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्