९ मंसिर २०८१ आइतबार
image/svg+xml

‘खानेपानीको समस्या समाधानका लागि काम गरिरहेका छौं’

नगरकोट पर्यटक आकर्षण केन्द्रको रूपमा छ। यसकारण पर्यटन क्षेत्र भएको पूर्वाधार तयार गर्नुपर्ने आवश्यकता देख्छु। यसमा नगरपालिकाको ध्यान पुगेको छ। यसलाई पर्यटकीय क्षेत्र घोषणा गर्नुपर्ने मेरो व्यक्तिगत विचार हो।

व्यापार विवादकाे समाधान यसै वर्ष : चीन

अमेरिकासँगको व्यापार विवादलाई सन् २०१९ भित्र सही दिशामा ल्याउने चीनका वाणिज्यमन्त्री झोङ सानले चिनियाँ सञ्चारमाध्यमसँग बताएका छन्। अमेरिकी वार्ता टोलीसँग भएका कुराकानीले व्यापार विवादलाई सुल्झाउने आधार तय गरेको मन्त्री झोङले बताएको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ।

सुकुमबासीबारे दोहोरो व्यावहार भएको गुनासो

सुकुमबासी समस्या समाधान आयोगबाट वितरण गरिएको जग्गाधनी प्रमाणपुर्जा खारेज गराउन जितपुरसिमरा उपमहानगरपालिका प्रमुख र वडा नम्बर १९ का वडाध्यक्ष दुवैले दोहोरो रबैया देखाएको मेथुरापुरका स्थानीयले आरोप लगाएका छन्। उनीहरूले आइतबार पत्रकार सम्मेलन गरी सुकुमबासी समस्या समाधान आयोगबाट पुस्तौंदेखि खन्नजोत गरिँदै आएको सार्वजनिक जग्गाको जग्गा खारेजी गराउने काममा लागेर प्रमुख डा. कृष्ण पौडेल र वडाध्यक्षले सुधन दासले दोहोरो चरित्र देखाएको उनीहरूले गुनासो गरे।

श्रीलंकाका राष्ट्रपति भन्छन्: ७ दिनभित्र संकट समाधान गर्छु

श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले बुधबार सात दिनभित्रमा मुलुकको राजनीतिक सङ्कट समाधान गर्ने आश्वासन दिएका छन्। उनले नियुक्त गरेका प्रधानमन्त्री महेन्दा राजापाक्षे र उनको मन्त्रिपरिषद्लाई अदालतले काम गर्ने अधिकार नभएको फैसला सुनाएपछि राष्ट्रपति सिरिसेनाको यस्तो आवश्वासन आएको हो।

सेक्सदेखि अपराधीसम्म

जहाँ समस्या, त्यहाँ समाधान ! बस चेतनाको अभाव छ । मनबाट शतप्रतिशत दृढ संकल्पका साथ म यो कार्य यसरी गर्छु नै भन्ने सोच हुँदा जे पनि गर्न सकिन्छ । मानवीय संसारमा नहुने गर्न नसकिने केही छैन ।

योजना आयोग हुनुको के अर्थ रह्योः प्रधानमन्त्री ओली

राष्ट्रिय गौरवका आयोजनाकै कार्यप्रगति आशालाग्दो नदेखिएपछि राष्ट्रिय योजना आयोगको औचित्यमाथि नै प्रश्न उठेको छ।

पाँच वर्षभित्र सुकुम्बासी समस्या समाधान गरिने

प्रधानमन्त्री केपी ओलीले आगामी पाँच वर्षभित्र सुकुम्बासी समस्याको स्थायी समाधान गरिने बताएका छन्। पथरीशनिश्चरे–१ मा नेकपा पथरीशनिश्चरे नगरसमितिद्वारा आज आयोजित बधाई, शुभकामना तथा बृहत् कार्यकर्ता भेला कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सुकुम्बासी समस्या राष्ट्रिय समस्या भएकाले यसको दिगो समाधान गरिने बताए।

म्यासेडोनिया विवाद समाधानका लागि ऐतिहासिक सम्झौता

‘म्यासेडोनिया’ नामलाई लिएर ग्रिस र म्यासेडोनियाबीच रहेको दशकौं लामो विवाद समाधानको उद्देश्यसहित दुई देशबीच ऐतिहासिक सम्झौता भएको छ ।म्यासेडोनिया र ग्रिसबीच भएको सम्झौताअन्तर्गत ग्रिसको छिमेकीलाई अब उप्रान्त उत्तरी म्यासेडोनियाको नामले चिनिनेछ ।

अमेरिकी दूतावासद्वारा सञ्चार तथा द्वन्द्व समाधानसम्बन्धी तालिम शुरु

अमेरिकी दूतावासले नेपाली सेना वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा अन्तरसांस्कृतिक सञ्चार तथा नेतृत्व विकास तालिमको शृङ्खलाको थालनी गरेको छ।

कांग्रेसका कयौँ कमजोरी,समाधान : कठाेर समीक्षा

यो पंक्तिकारको गृह जिल्ला सल्यानमा २०७० को निर्वाचनमा नेपाली कांग्रेसले तेस्रो स्थान प्राप्त गरेको थियो । ‘वामपन्थी’ पार्टीको एकीकरणपछि यही शैलीमा हिँडे अब १० वर्ष कांग्रेसले सल्यानमा विजय हासिल गर्न कठिन छ ।

स्थानीय समस्या समाधानमा केन्द्र सरकारको सहयोग माग

स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरुले स्थानीय तहका समस्याको समाधानका लागि केन्द्र सरकारले पहल गर्नुपर्ने माग राखेका छन्। रफत सञ्चार क्बल शुक्रवार गरेको साक्षत्कारमा उनीहरुले स्थानीय तहका जनप्रतिनिधिले कर्मचारी र कानूनको अभावमा अझै पनि सोचे जत्तिको काम गर्न नसकिएको गुनासो गरे।

‘मालदिभ्स समाधानका लागि राष्ट्रसंघीय मध्यस्थता आवश्यक’

मालदिभ्सको प्रतिपक्षी गठबन्धन समूहले देशमा विद्यमान राजनीतिक संकट समाधान गर्न अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गर्न संयुक्त राष्ट्रसंघका पूर्व प्रतिवेदकलाई बोलाएको जनाएको छ।

क्रिकेट खेलाडीलाई जनही ३ लाख, विवाद समाधानका लागि पहल गरिदिन पारसको आग्रह

नामिबियामा सम्पन्न विश्व क्रिकेट लिग डिभिजन–२ मा उपविजेता बन्दै विश्वकप छनोट प्रतियोगितामा स्थान बनाएको नेपाली क्रिकेट टोलीका सदस्यलाई नेपाल सरकारले जनही ३ लाख रुयौयाँ नगदसहित सम्मान गर्ने भएको छ । सोमबार नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै निवासमा निम्त्याएर सम्मानको घोषणा गरेका थिए।

राष्ट्रपतिद्वारा शीतलहरबाट उत्पन्न परिस्थितिको समाधानका लागि आग्रह

राष्ट्रपति विद्यादेवी भण्डारीले तराई क्षेत्रको शीतलहर र प्रकोपबाट उत्पन्न परिस्थितिको उचित र व्यवस्थित समाधानका लागि सरकारको ध्यानाकर्षण गराएकी छन्। तराई क्षेत्रलगायत देशभर बढेको चिसोले जनताको दैनिक जीवनयापनमा परेको कठिनाइप्रति ध्यानाकर्षण भएको जनाउँदै राष्ट्रपति भण्डारीले विगत वर्षमा पनि यस किसिमका प्राकृतिक घटनाक्रम हुने गरेकाले अब उचित र दिगो व्यवस्थापनका लागि पूर्वतयारी अपनाउन सरकारलाई आग्रह गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता कुलप्रसाद चुडालले सोमबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

मुख्यमन्त्री बेनर्जीले भनिन्: गोर्खाल्यान्डको स्थायी समाधानको सुझाव दिनुस्

भारत पश्चिमबंगाल राज्यकी मुख्यमन्त्री ममता बेनर्जीले दार्जिलिङलगायत पहाडमा केही महिनायता देखिएको समस्या समाधानको उचित खाका प्रस्ताव माग गरेकी छिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्