४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

डोटीकाे जोरायल जङ्गलमा आगलागी

डोटी जिल्लाको जोरायल गाउँपालिका–१ गैरालगायत जङ्गल क्षेत्रमा दुई दिनदेखि आगलागी भइरहेको छ। यहाँका घण्टेश्वर, छहरालगायत विभिन्न सामुदायिक वनमा लागेको आगो नियन्त्रणमा आउन नसकेको स्थानीयवासीले जानकारी दिएका छन्।

हात्तीले भत्कायो आरक्ष विस्थापितका झुपडी

ढक्कामा बस्दै आएका आरक्ष विस्थपित १३ परिवारका झुपडी हात्तीको बथानले भत्काइ दिएको छ। शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्र हुँदै विस्थापित परिवारको शिविरमा गएराति छिरेको हात्तीको बथानले झुपडिभित्र राखेको अन्नबाली खानुका साथै झुपडी भत्काइ बिचल्लीमा पारेको छ।

भारतीय जङ्गलमा महिलाको शव फेला

कञ्चनपुरको पुनर्बास नगरपालिका नजीक भारतको दूधुवा नेशनल पार्कको रानीवनमा एक नेपाली महिलाको शव फेला परेको छ।

जङ्गली हात्ती छेक्न झापामा झट्का मेसिनको प्रयोग

भद्रपुर नगरपालिका–९ मा जङ्गली हात्तीलाई मानव बस्तीतिर प्रवेश गर्न नदिन पहिलोपल्ट झट्का मेसिनको प्रयोग गरिएको छ।

कृषक खेतमै रातभर जाग्राम

जङ्गली बँदेलले खेतमा पाक्न लागेको धानबालीमा क्षति पु-याउन थालेपछि धनगढी उपमहानगरपालिका–३ का स्थानीय किसान धानबाली बचाउन रातभर खेतमै जाग्राम बस्ने गरेका छन् । घर नजिकै रहेका जङ्गलबाट बँदेलले बालीमा क्षति पु-याउन थालेपछि रातभर खेतमै जाग्राम बस्नुपर्ने बाध्यता भएका हुन् ।

दुधुवाबाट जङ्गली हात्तीको झुण्ड निकुञ्ज प्रवेश, सतर्कता अपनाउन आग्रह

भारतको दुधुवा नेशनल पार्कबाट जङ्गली हात्तीको झुण्ड लालझाडी संरक्षित वन क्षेत्र हुँदै शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रवेश गरेपछि जिल्ला प्रशासन कार्यालयले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

जङ्गली च्याउँ खाँदा १४ बिरामी

दाङमा जङ्गली च्याउ खाँदा १४ जना बिरामी परेका छन्। प्रदेश नं ५ प्रहरी कार्यालय दाङका अनुसार जङ्गलबाट ल्याएको च्याउ खाँदा गए राति ८ बजेदेखि उनीहरु बिरामी परेका हुन्।

जङ्गली मेलमा नास्पाती फलाउने तयारी

कृषि ज्ञान केन्द्र बाजुराले जंगलमा पाईने मेल प्रजातीको बोटमा कलमी गरेर नास्पाती फलाउने योजना अघि सारेको छ। नास्पातीकै सानो जातिका रुपमा चिनिएको मेललाई कलमी गरेर नास्पाती बनाउने योजना रहेको कार्यालय प्रमुख गोविन्द्र सिजापतीले जानकारी दिएका छन्।

जङ्गली हात्तीको आक्रमणबाट एकको मृत्यु, छ घाइते

जङ्गली हात्तीको आक्रमणबाट कञ्चनपुरको महाकाली नगरपालिका–२ मा अवस्थित मायापुरी सामुदायिक वनमा एक महिलाको मृत्यु भएको छ।

भ्रमण वर्षलाई लक्षित गर्दै निकुञ्जमा जङ्गल सफारी खुला

भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी खुला गरिएको छ।

जङ्गली हात्तीको आक्रमणमा वनका चौकीदारको मृत्यु

जङ्गली हात्तीको आक्रमणबाट पाथीभरा सामुदायिक वनका चौकीदार कैयाराम क्षेत्रीको गए राति मृत्यु भएको छ।

जङ्गल फाँडेर घर खेत

वन मासिँदै जाँदा आजभोलि जङ्गली जनावार गाउँमा पस्न थालेको स्थानीयवासीको भनाइ छ। दैनिक मानव र वन्यजन्तुको भीडन्त हुँदा समस्या पैदा भएको छ।

चितुवा खोज्दै जङ्गलमा विज्ञ

जिल्लाको भानु नगरपालिकाका विभिन्न वडामा बालबालिकामाथि आक्रमण गर्ने चितुवा नियन्त्रणका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषका विज्ञ टोली जङ्गलमा परिचालित भएका छन्। भानु नगरपालिका–१, २, ३ र ४ मा चितुवाको आक्रमणबाट डेढवर्षको अवधिमा ६ जना बालबालिकाको मृत्यु भएपछि चितुवा नियन्त्रणका लागि कोषका विज्ञ टोली जङ्गलमा परिचालित भएका हुन्।

जङ्गली च्याउ खाएर परिवारै अस्पताल भर्ना

झापाको कमल गाउँपालिका–५ मा विषाक्त जङ्गली च्याउ खाँदा बिरामी भएर परिवारै अस्पताल भर्ना भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्