४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

जङ्गल फाँडेर घर खेत

जाजरकोट– दश वर्ष अघि घर नजिकै प्रशस्त घाँस, दाउरा पाउने नलगाड नगरपालिका–८ का हरिबहादुर खत्री अचेल दिनभरि जङ्गल धाउदाँ पनि मुस्किलले एक भारी घाँस दाउरा सङ्कलन गर्छन्। 

घाँस मात्र होइन, घर नजिकै घनाजङ्गल र वन्यजन्तु भेटिने हुँदा सजिलै बालबालिका घर बाहिर जान डराउथे। नजिकै भएको जंगलका कारण एकै घरमा पाँचभन्दा बढी भैँसी र ४० भन्दा बढी भेँडा, बाख्रा पाल्दा आम्दानीको स्रोत राम्रो हुने गरेको उनी सम्झन्छन्।

विगतमा घनाजङ्गल भएको ठाउँमा अहिले खेतबारी, घर निर्माण गरिएका छन्। उनी भन्छन्,‘पहिले मानिस मृत्यु हुँदा गाडिएका खाडलमा अहिले हाम्रा गाउँलेका घर छन्, स्याल, बाघ कराउने वन फँडानी गरेर अन्नबाली लगाइएको छ।’

वन मासिँदै जाँदा आजभोलि जङ्गली जनावार गाउँमा पस्न थालेको स्थानीयवासीको भनाइ छ। दैनिक मानव र वन्यजन्तुको भीडन्त हुँदा समस्या पैदा भएको छ।

दशैँको मुखैमा नलगाड नगरपालिका–६ मा भालुको आक्रमणमा एक स्थानीय घाइते भए। बारेकोट गाउँपालिका–४ गोठगाउँमा भालुकै आक्रमणमा दुई घाइते भए। एउटा गाई मर्यो।  

हिमालमा जथाभावी जडीबुटीको दोहन भइरहेको र सरोकारवाला निकाय मौन रहेर सहकार्य हुन नसकेको देखिन्छ। बहुमुल्य खनिज पदार्थ, वन्यजन्तु चोरी निकासी भइरहेको स्थानीयले आरोप लगाएका छन्। सल्लीको रुखबाट जथाभावी खोटो सङ्कलन, सल्ली रुख कटान हुँदा दैनिक वन विनास भइरहेको छ।

दुई हजार ९४३ घरधुरीले एक हजार ४३० हेक्टर वन अतिक्रमण गरेको वन कार्यालयको तथ्याङ्कमा उल्लेख छ। डिभिजन वनले बेलाबेला अतिक्रमण हटाउने प्रयास गरे पनि केही राजनीतिक दलको अवरोधपछि उक्त कार्य रोकिएको छ।

पछिल्लो समय जिल्ला वनले अतिक्रमण रोक्न ठोस पहल नगर्दा अतिक्रमण गर्नेको सङ्ख्या बढेको गुनासो छ। कर्णाली प्रदेश नै अत्यन्तै प्रकृतिक सम्पदाको उच्च भण्डार रहेको क्षेत्र मान्छि। रासस

प्रकाशित: ७ मंसिर २०७६ ०५:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App