१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

ठमेलभित्रको अव्यवस्थित तार हटाइने

राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलभित्र अव्यवस्थितरूपमा रहेका तार हटाइने भएको छ। ठमेल पर्यटन विकास परिषद्को कार्यालयमा बिहीबार सरोकारवाला निकायसँग बसेको बैठकले ठमेलभित्र अव्यवस्थित तरिकाबाट राखिएका विभिन्न सेवा प्रदायक कम्पनीका तार हटाउने निर्णय गरेको हो।

सर्वनाम शिक्षालयका वार्डेन पुर्पक्ष थुनामा

राजधानीको गोकर्णेश्वर नगरपालिका–६ जोरपाटीस्थित सर्वनाम शिक्षालयको होस्टेलका वार्डेन रामजी बस्नेत यौन दुर्व्यवहारको आरोपमा जेल चलान भएका छन्। जिल्ला अदालत काठमाडौंले बिहीबार उनलाई पुर्पक्षका लागि जेल चलान गरेको हो।

डिलर एन्ड डिस्ट्रिब्युटर एक्स्पो आजदेखि

मंगलबारदेखि राजधानीको भृकुटीमण्डपमा सुरु भएको तीन दिने प्रदर्शनी भारतीय उद्योग तथा वाणिज्य मन्त्रालय र नेपालस्थित भारतीय दूतावासँगको सहकार्यमा सुरु भएको हो।

असफल मेलम्ची आयोजना

मेलम्ची खानेपानी आयोजना राजधानी उपत्यकाको काकाकुल सपनामाथिको निर्मम ठट्टा हो। यतिका वर्ष लगाएर पूरा गरिसकेपछि फेरि पानी नआउने गरी विपत्ति आइलाग्नुको कारण आयोजना निर्माणमा देखिएको कमजोरी प्रमुख रूपमा दोषी छ।

विलम्वित विकास

अहिले काम नगर्ने ठेकेदारलाई पनि राज्यले सजिलै हटाउन सक्ने अवस्था छैन। त्यसैले समयमा काम नसक्ने ठेकेदार कम्पनीलाई सरकारले सजिलै हटाउन सक्ने कानुन बनाउनुपर्छ।

दुईपांग्रे किन्नेलाई करको भारी

हाल नेपाली बजारमा विभिन्न मोडल र ब्रान्डका एक लाख ५० हजारदेखि ७० लाख रूपैयाँसम्मका मोटरसाइकल पाइन्छन्।

राजधानीको वायु प्रदूषणमा सुधार

पछिल्ला दिनमा उपत्यकाका मात्र होइन, देशका अन्य स्थानमा राखिएको स्टेसनले पनि वायु प्रदूषणको तहमा निकै सुधार भएको देखाएका छन्।

राजधानीको राप

प्रदेश ५ को नाम र राजधानी तोक्ने क्रममा भइरहेको अभ्यास भने लोकतान्त्रिक अभ्यासलाई बेवास्ता गरेको देखाउँछ। केन्द्रीय राजनीतिमा समेत प्रभावकारी भूमिका रहेका र शालीन नेताको परिचय बनाएका शंकर पोखरेल मुख्यमन्त्री रहेको यो प्रदेशमा अहिले जे भइरहेको छ, त्यसले सिंगै मुलुकको ध्यान तानेको छ।

प्रदेश १ संसदमा नाम र राजधानीको विषयले प्रवेशै पाएन

११ वटा विधेयक पारित गर्दै र सातवटा विषयगत समिति गठन गर्दै प्रदेश १ को पहिलो संसद् अधिवेशन बुधबार सकिएको छ ।

नामाङ्कन र स्थायी राजधानीको केन्द्र चाँडै टुङ्गाउने : मुख्यमन्त्री राई

मुख्यमन्त्री शेरधन राईले प्रदेश नं १ को नामाङ्कन र स्थायी राजधानीको केन्द्र चाँडै टुङ्गाइने बताएका छन्।

दाङमा प्रादेशिक निर्वाचन कार्यालय   : ‘राजधानीको अर्को आधार’

शनिबार स्थापना गरिएको निर्वाचन अधिकृतका कार्यालयलाई प्रादेशिक राजधानीको अर्को बलियो आधारका रूपमा दंगालीले हेरेका छन् । संवैधानिक व्यवस्था अनुरूप उच्च अदालत भएको स्थान वा उच्च अदालतका मुकाम भएको स्थानमा पनि निर्वाचन अधिकृत कार्यालय स्थापना गर्न सकिने भन्ने छ ।

दिपायल राजधानीको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र (भिडियो)

७ नम्बर प्रदेशको राजधानी दिपायल माग गर्दै डोटीको एक प्रतिनिधि मण्डलले शुक्रबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ ।

प्रदेश राजधानीको माग गर्दै धरानमा रिले अनसन

प्रदेश नं १ को राजधानी बनाउन विभिन्न जिल्ला र शहरबीच लविङ एवं रस्साकस्सी चलिरहँदा धरानबासीले भने रिले अनसन शुरु गरेका छन्। धरानलाई प्रदेश नं १ को राजधानी बनाउ अभियान स्वतन्त्र समितिले भानुचोकस्थित घण्टाघरको पेटीमा पाल टाँगेर शनिबार दिउँसोदेखि रिले अनसन शुरु गरेको हो । अनसनमा विभिन्न राजनीतिक दल सम्बद्ध युवा, सामाजिक संघसंस्था र सर्वसाधारणहरूले पनि स्वेच्छिकरुपमा सहभागिता जनाइरहेका छन् । समितिले अनसनस्थलमा प्रदेशसभा, मुख्यमन्त्री र मन्त्रालयको लागि धरानमा उपलब्ध भौतिक संरचना एवं पुर्वाधारहरूको तस्बिरसमेत ब्यानरमा राखेको छ।

राजधानीको मध्य भागमा डेढ घण्टा हिँडेर मतदान

पहाडी तथा दुर्गम क्षेत्रमा घण्टौँ हिँडेर मतदान गर्न जाने गरेको विषय सहज लागेपनि राजधानी काठमाडौँमै डेढ घण्टा हिँडेर मतदान केन्द्रसम्म मतदाता पुगेको भन्ने सुन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ।

राजधानीको प्रदूषणले बढायो श्वास–प्रश्वासका बिरामी

विभिन्न भौतिक संरचना निर्माणका क्रममा निस्किने धुलोको प्रदूषणले राजधानीका बासिन्दालाई रोगी बनाउँदै लगेको छ । प्रदूषणले राजधानीवासीमा मुख्यतया श्वास–प्रश्वास सम्बन्धी विभिन्न रोग बढाउँदै लगेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्