२७ आश्विन २०८१ आइतबार
image/svg+xml

कसैसँग खाएको कसम त्यो तोडेर आयौ कि

कसैसँग खाएको कसम त्यो तोडेर आयौ कि, उनको चोखो प्रेम त्यो छोडेर आयौ कि ! बुझ्नै सकिन तिम्रो प्रेम असमान गगनझै, उनको मन दुखाइ पाइला मोडेर आयौ कि !

यस्तै रहेछ जिन्दगी

फूल रहेछ जिन्दगी वसन्तमा फुलिरहन्ने,काँडा रहेछ मुटुभित्र बिझाइरहन्ने। कति उराठलाग्दो छ जिन्दगी बेसहारा गरीबका लागि, कति रमाइलो अनमोल छ जिन्दगी सम्पन्न हुनेहरूका लागि। कति स्वार्थी छ जिन्दगी हरस्वार्थ पूरा गर्नेहरूका लागि, कति निश्छल छ कोमल हृदय हुनेहरूका लागि।

स्त्री र पृथ्वी

जब गाउन छोड्छ्न् चराचुरुङ्गी भारी भएर आउँछ पृथ्वीको छाती तड्पिन थाल्छ उद्विग्न व्यग्रता बेचैनीले जब सुक्दै जान्छन् वृक्षहरू छाउन थाल्छ पृथ्वीको निधारमा उदासीका मलिन रेखाहरू डुब्न थाल्छ घोर चिन्तामा जब बग्न छोड्छ झरना, खोला र नदी प्यासले शुष्क हुन्छ पृथ्वीको गला खङ्ग्रङ्ग सुक्छ आँत छटपटिन थाल्छ बगरमा तड्पिएको माछाझैं र एक दिन जब थलिन्छे स्त्री गम्भीर बिमारीले सुस्ताउन थाल्छ उसले हरेक दिन पानीले सिंचित गरेको बोटबिरुवा आकुलव्याकुल हुन्छन् ।

कोरोनाले नदुखेको कुनै शहरगाउँ छैन

कोरोनाले नदुखेको कुनै शहरगाउँ छैन शरीर यस्तो हुन थाल्यो नदुखेको ठाउँ छैन कति डाक्टर भेटे हुँला छैन त्यसको सीमा विशेषज्ञ कतिलाई भेट्नु नचिनेको नाउँ छैन ।

सुरक्षा

“पहिले हामीले आफ्नो धर्मप्रतिको निष्ठाका कारण एक ठाउँमा भेला हुने हाम्रो परम्परागत चलनलाई मान्यौं । अहिले महामारीले उग्र रूप लिएकोले सबैले आआफ्नो निवासमा रहेर आफ्ना कर्म गरौं । राज्यको निर्देशन मानौं । घरमै बसौं, सुरक्षित बसौं ।” विज्ञप्तिको सार थियो ।“आफूलाई मार परेपछि सबको बोली नै बदलिने रहेछ ।” यो खबर सुनेर आएका प्रतिक्रियामध्ये एक प्रतिक्रिया यस्तो पनि थियो ।

उनको दशैं

उनले यो समाचार सुनेर तु आमालाई फोन घुमाइन् र भनिन् , ‘आमा बरू यो दशैंमा मलाई केही चाहिँदैन। म पुरानै लुगा लगाएर बाबासँग दशैं मनाउँछु । हजुर छिट्टै यो युद्ध जितेर आउनू है अनि हामीसँगै दशैं मनाउँला भन्दै फोन राखिन् ।

आशीर्वाद

एउटा मान्छे , टिसर्ट उचाल्दै कम्मरमा बाधिँएको नाम्लो फुकाउँदै थियोे। उसको पिठ्युँमा केही आला र सुकेका घाउ देखिन्थे । दुवै हात जोडेर , सबै बटुवाहरूसंग गाँस र बासका लागि अनुरोध गर्दै थियोँ । रुँदैकराउँदै भन्दै थियो , ‘म भरिया हुँ हजुर । भारी बोकेर राम्रै कमाउथेँ । आज ५ हजार घरभाडा तिर्न नसक्दा घरबेटीले निकालिदिए। म एकल पुरुष कहाँ जाऊँ ! ’

खोई मेरो सक्कली घर !

अहिले म नियतिका दलानमा बसेर सम्झँदै छु कि यदि शुभद्रा दिदीले मलाई आश्रय नदिएको भए वा कमलाकान्त भिनाजुले आश्रय नदिएको भए मेरो भविष्य के हुन्थ्यो होला ! त्यसैत्यसै सोचमग्न हुनपुग्छु । कत्रो फराकिलो मन होला शुभद्रा दिदीको, शत्रुघ्न भिनाजुको । भिनाजु कमलाकान्तको, दिदीको । उहाँहरूको विचार, स्वभाव र मन देखेर म अहिले पनि भावविह्वल हुन्छु । सम्झनाका आँसुहरू आइदिन्छन् । मनहरू तरङ्गित हुने गर्छन् । कुनै एकैदिन पनि मैले मानसिक रूपमा ‘यो घर मेरो होइन’ भन्ने मनोवेग बोक्नु परेनँ । अझ मलाई त लाग्थ्यो यो मेरै घर हो । लाग्थ्यो मैले यो घरबाट कहिले पनि हिँड्नु पर्दैन । हुन पनि जसरी त्यो घरका अंशियार पढाइ सकेर समृद्ध जीवन खोज्न हिँडेका थिए, त्यसैगरी म पनि हिँडेको थिएँ । मैले भोगेको एउटा घर यस्तो थियो । त्यो पनि मेरो पौरखको घर भने थिएन ।

सामूहिक प्रगतिको कामना

राम्रो कामको प्रभाव पछिसम्म रहन्छ । यो व्यक्तिव्यक्तिको आधारमा हुन सक्तछ । परिश्रम खन्याउनुपर्ने स्थानको कमी छैन । आवश्यकता परिश्रम खन्याउने नेतृत्व गर्ने व्यक्तिको छ । यस्ता नेतृत्व सक्षम व्यक्ति युगमा कहिलेकाहीँ मात्र जन्मने गर्छन् । व्यापक संगठित शक्तिको भरोसा गोपालमा थियो । समयअनुसार नचलेमा वंशलोप हुन सक्छ । यो सोच रहेकोले नै विषम परिस्थितिमा सही निर्णय लिएर इतिहासको पानामा स्वच्छ अक्षरमा जीवित रहन सक्यो ।

व्यस्त बौचोमा

फूलमा बस्छ मह बाँड्ने मौरी सिनोमा मुख मह काढ्ने मान्छेको कत्रो बहादुर ! सहमति च्यात्न सिपालु सुन्दैन जनबेथा बौचो कस्नमै व्यस्त कस्तो हुन्छ ! ढल जाने मुख उस्तै हुन्छ घुस जाने मुख । कस्तो जुको ! फुलिरहन्छ निमुखाको रगतपसीनाले निदाइदिए मतदाता सजिलै चोखिए भ्रष्ट नाइकेहरू कहिले खोल्ने ! जनताले चेतनाको बिर्को जर्‍याकजुरुक नउठे लुछिरहन्छन् माकुराहरू आमालाई ।

रंगीचंगी फूलहरू फुलाउनुपर्छ,

आउ रंगीचंगी फूलहरू फुलाउनुपर्छ, अनि मगमग बासनामा डुलाउनुपर्छ । फूलका थुँगा गाँसेर माला बनाएझैँ, मन मिल्नेलाई पो साथी बनाउनुपर्छ। माया गर्ने मायालुलाई सधैंभरि, शीतल हृदयमा सजाउनुपर्छ । त्यो सुखसयलमा पुग्नलाई साथी, अलिकता दुखमा पनि रमाउनुपर्छ ।

सचेतना

घर पुग्दा बुढा बाबुको आवाज उसले नचाहेर पनि सुन्नैप¥यो, “तिमीले हामीलाई त सचेत पा¥यौ तर आफ्ना े चुलबुले बानी छोडेनौ । घरपरिवारप्रतिको दायित्व र आफ्नो स्वास्थ्यको ख्याल गर्नुपर्दैन ?मुखले भनेर मात्र हुन्छ ? व्यवहारमा पनि उतार्न जान्नुपर्छ ।” पहिले बाबुको आवाज अप्रिय मान्थ्यो । यसपालि भने त्यो आवाज अत्यन्त मिठो लाग्यो । उसले एक सानो आज्ञाकारी बालकझैं भन्यो, “हस् बुवा । माफ पाउँ ।”

भुइँ मान्छे

ठेकदार साहेब चुनावको बेला लम्पसार परेपछि अझ , भुइँ मान्छेको गोडा नै ढोगेपछि पाँच वर्ष त भुइँ मान्छेहरू देख्नै पर्दैन। ढुक्क हुनुस् ठेकदार साहेब तपाईसँग हुनुपर्ने गुणहरू जम्मै छन् अबको चुनावमा तपाईं पनि वडा अध्यक्ष पक्का !

कैफियतमा उल्लेख जिन्दगी

गाउँमा छँदा उसले, कसैका लागि घर ठड्याउन धरती कोपरेर जग खनेथ्यो कहिले ढुंगा बोकेथ्यो त कहिले माटो निदाल र धरानी बोक्दा उसको काँध सधैं फेदतिरै हुन्थ्यो गह्रुंगो समय उसलाई हलुका लाग्थ्यो किनकि त्यो बेला समय उसको दाहिने थियोे र काम सकेपछि हिसाबखातामा अन्तत उसको नाम अन्तिम छेउमा कैफियतमा उल्लेख हुन्थ्यो ।

छोरा दशैंमा नआउ घर !

आफैं सुरक्षित रहनु स्वार्थी संसारमा नपर्नु कसैको भर हामी गरीबलाई कोभिडले छोएपछि सकिदैन छोरा दशैंमा नआउ घर ! हुने कुरा नहोस् भनी सम्झाएको आमाले यस्तो भनी भन्दैमा नलिनु पिर भन्न त कहाँ मन थियो र ? सम्झन्छु तिमीलाई हेरी तस्वीर बहादुर छोरो हो सचेत बनाउँछ सबैलाई किन मान्छ डर भर्चुवल मिटिङबाटै चेतना फैलाउनु छोरा दशैंमा नआऊ घर !

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्