८ वैशाख २०८१ शनिबार
कला

यस्तै रहेछ जिन्दगी

कविता

 अर्जुन चाम्लिङ राई

 

  फूल रहेछ जिन्दगी  वसन्तमा फुलिरहन्ने,

 काँडा रहेछ  मुटुभित्र बिझाइरहन्ने।

 कति उराठलाग्दो छ जिन्दगी 

 बेसहारा गरीबका लागि,

 कति रमाइलो अनमोल छ जिन्दगी

 सम्पन्न हुनेहरूका लागि।

  कति स्वार्थी छ  जिन्दगी  

हरस्वार्थ पूरा गर्नेहरूका लागि,

  कति निश्छल छ  कोमल हृदय हुनेहरूका लागि।

मस्तीमा रमाइरहेको छ जिन्दगी

  ताजमहलमा बस्नेहरूका लागि,

 दुखपीडामा छटपटाइरहेको छ  जिन्दगी

 झुपडीको सुकुल गुन्द्रीमा सुत्नेहरूका लागि।

 यस्तै छ मानवको जिन्दगी  दुखपीडासँग लड्नुपर्ने, 

आत्माभित्र जति नै रोए पनि  आफन्तसामु हाँस्नुपर्ने।                               

प्रकाशित: ४ कार्तिक २०७७ ०८:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App