coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

स्त्री र पृथ्वी

कविता

क्याप्शन

राममणि सिटौला  

 

जब गाउन छोड्छ्न्

चराचुरुङ्गी  

भारी भएर आउँछ

पृथ्वीको छाती

तड्पिन थाल्छ

उद्विग्न व्यग्रता  

बेचैनीले

जब सुक्दै जान्छन्

वृक्षहरू

छाउन थाल्छ

पृथ्वीको निधारमा

उदासीका मलिन रेखाहरू

डुब्न थाल्छ घोर चिन्तामा

जब बग्न छोड्छ

झरना, खोला र नदी

प्यासले शुष्क हुन्छ

पृथ्वीको गला

खङ्ग्रङ्ग सुक्छ आँत

छटपटिन थाल्छ

बगरमा तड्पिएको माछाझैं  

र एक दिन  

जब थलिन्छे स्त्री  

गम्भीर बिमारीले

सुस्ताउन थाल्छ

उसले हरेक दिन

पानीले सिंचित गरेको  

बोटबिरुवा

आकुलव्याकुल हुन्छन्  

उसले छरेका चाराहरू  

टिप्न पल्किएका  पन्छीहरू

फैलिन्छ  हावाझैं  

यत्रतत्र  यो खबर  

बग्न थाल्छ हावामा  

विषालु गन्ध

उड्न थाल्छ

फूलको रङ  

सुक्न थाल्छ  

महको रस

क्रमश रित्तिदै जान्छ

धर्तीको हरितिमा

निरस बन्छ प्रकृति

जब मर्छे एक स्त्री  

त्यो रात अविरल रोइरहन्छ

सिङ्गो पृथ्वी ।

प्रकाशित: ४ कार्तिक २०७७ ०७:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App