coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

कसैसँग खाएको कसम त्यो तोडेर आयौ कि

गजल

साया किराती

 

कसैसँग खाएको कसम त्यो तोडेर आयौ कि,  

उनको   चोखो   प्रेम त्यो   छोडेर  आयौ कि !

 

बुझ्नै  सकिन तिम्रो  प्रेम असमान  गगनझै,

उनको मन  दुखाइ पाइला  मोडेर आयौ कि !

 

छैन  नाता सम्बन्ध  तिम्रोझै  मेरो  आफ्नोको

आफ्नै भाग्य  तिमीले त्यसै  फोडेर  आयौ कि !

 

मायाको  कसम  खाई   गएका छौ क्षितिजमा,

सृष्टिमा  प्रेमको  डोरी  अन्तै  जोडेर  आयौ कि !

 

नाता तोडिगयौ भने बाँच्न निकै गाह्रो हुनेछ,  

पहिले नै  प्रेमको बाली   कतै गोडेर  आयौ कि  !

प्रकाशित: ४ कार्तिक २०७७ १०:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App