१२ मंसिर २०८१ बुधबार
image/svg+xml

श्रीमानविरुद्ध शिल्पाले दिइन उजुरी, घरेलु हिंसाको आरोप

अभिनेत्री शिल्पा पोखरेलले श्रीमान छविराज ओझाबाट घरेलु हिंसा भएको भन्दै प्रहरीमा उजुरी दिएकी छिन्। शिल्पाले ३ दिनअघि महानगरीय प्रहरी परिसर काठमाडौंमा श्रीमानबाट घरेलु हिंसा भएकाले सुरक्षाको माग गर्दै उजुरी दिएकी हुन्।

कमलपोखरीको पुनर्निर्माण सुरु

काठमाडौंस्थित कमल पोखरीको पुनर्निर्माणको काम सुरु गरिएको छ। बिहीबार कमलपोखरीमा एक कार्यक्रम गर्दै काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्यले पुनर्निर्माणको कामको शिलान्याश गरेका हुन्।

जिल्लास्तरीय रनिङ शिल्ड सुरु

रुकुम (पूर्व) दोस्रो पटक जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड सञ्चालन भएको छ। नयाँ जिल्ला स्थापना भएपछि यहाँ दोस्रो पटक भएको शिल्डमा यहाँ रहेका विद्यालय स्तरमा अध्ययन गर्ने बालबालिकाहरु सहभागी हुने छन्। जिल्ला खेलकूद विकास समितिको आयोजनामा शिल्ड सुरु भएको हो।

साप्सु खोलामा प्रिस्ट्रेस बिम पुल शिलान्यास

खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका र दिप्रुङ चुइचुम्मा गाउँपालिका जोड्ने साप्सु खोलामा मोटरेबल पुल शिलान्यास गरिएको छ। दिक्तेल रुपाकोट मझुवागढी–४ खाल्ले र दिप्रुङ चुइचुम्मा–१ याम्खाको बीचमा रहेको साप्सु खोलाको बाटोफेदीमा निर्माण गर्न लागिएको प्रिस्ट्रेस बिम पुल बुधबार शिलान्यास गरिएको हो।

लुम्बिनी र टक्षशिलासम्बन्धी सेमिनार सम्पन्न

कार्यक्रमलाई सम्बोधन गर्दै नेपालका लागि पाकिस्तानी राजदूत डा. मजहर जाभेदले दुवै पक्षको पुरातात्विक महत्व र सभ्यता सम्बन्धका बारेमा बोलेका थिए।

शिलाको ‘स्वार्थी माया’

रामेछापकी शिला अधिकारीको लोकदोहोरी गीत ‘स्वार्थी माया’ सार्वजनिक भएको छ। गीतमा वीरेन्द्र अधिकारीको लय, संगम अधिकारीको शब्द र वीरेन्द्र अधिकारीको संगीत छ। गीतमा संगमले स्वरमा साथ दिएका छन्।

अपराधी कुनै हालतमा छुट्दैनन् : डिआईजी रिजाल

१ नम्बर प्रदेशका प्रहरी प्रमुख डिआईजी केदार रिजालले अपराधी कुनै पनि हालत नउम्किने बताएका छन्।

एकैदिन दुई योजना उद्घाटन, चार शिलान्यास

यतिबेला १ नम्बर प्रदेश सरकार बजेट बनाउने तयारीमा छ। यहिबेला योजना माग्नेको भीड लाग्ने गरेको छ। मन्त्री जिल्लामा आएका बेला माग बुझाउनेलाई नै हुन्छ। यहाँका स्थानीय तहहरुले ठुला योजनाहरु समेत माग्ने गरेका छन्। सडक, सिचाई, खानेपानी, भवनलगायतका मागहरु आउने गर्छन्। मन्त्री जिल्लामा बाक्लो गरी आउने गर्छन्। यो अवसरमा स्थानीयहरुले लिखित तथा मौखिक मागहरु गर्छन्।

नौ वर्षमा पनि बनेन मैनावती पुल

२०६७ सालमा सिरहाको मैनावती नदीमा पुल शिलान्यास हुँदा सो भेगका बासिन्दा कम्ती खुसी भएनन्। पुल निर्माणले महेन्द्र राजमार्गछेउछाउका सहरसँग भित्री गाउँको सोझो सम्बन्ध स्थापना गर्नेमा सबै ढुक्क थिए त्यतिबेला। तर नौ वर्ष बित्दा पनि गाउँ र सहर जोड्ने दु्रुत सम्पर्क सेतुका रूपमा हेरिएको पुल निर्माण नथालिँदा गाउँवासी र सहरवासीमा चरम निराशा मात्रै छाएको छैन, आक्रोशसमेत पैदा भएको छ। निराशा र आक्रोशको कारण हो, यस भेगका जनतामा पञ्चायतदेखिकै पुलबाट नदी तर्ने सपना बारम्बार तुहिँदै जानु।

फलामखानी उत्खननका लागि सम्भाव्यता अध्ययन गरिने

सरकारले पर्वतको फलामखानीबाट फलाम उत्खननका लागि सम्भाव्यता अध्ययन गर्ने भएको छ। महाशिला गाउँपालिका–६ फलामखानीमा रहेको खानीलाई उत्खननका लागि आगामी आर्थिक वर्ष ०७६/७७ मा सम्भाव्यता अध्ययन गरी सञ्चालनमा ल्याउने भएको हो।

खोटाङमा एकैसाथ दुई सडक शिलान्यास

प्रदेश सरकार पूर्वाधार विकास कार्यालय उदयपुरको अनुदानमा आगामी असार १५ गतेसम्ममा पूरा गर्नेगरी निर्माण कम्पनी काष्ठमण्डप–आजाद जेभीले दुवै सडक स्तरोन्ततिका काम जिम्मा लिएको हो।

'शिलान्यास'मार्फत इतिहास लिएर अाए सुजित

पत्रकार सुधीर शर्मा, अन्तर्राष्ट्यि मामिलाविद् लीला न्याइच्याई र सामाजिक अध्येता गौरव केसीले पुस्तक विमोचन गरे। बुक हिलले प्रकाशन गरेको पुस्तक विमोचनमा वक्ताहरूले धारणा राखेका थिए

यंतापौ चपाछेँ शिलान्यास

काठमाडौं महानगरपालिका–३१ वडा शंखमुलस्थित यंतापौमा निर्माण गरिन लागेको यंतापौ चपाछेँ (भवन)को शिलान्यास भएको छ । पूर्व उपप्रधानमन्त्री तथा काठमाडौं क्षेत्र नं. १ का सांसद प्रकाशमान सिहंले आइतवार एक कार्यक्रमबीच भवनको शिलान्यास गरेका हुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्