४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

जिल्ला अदालतको अत्यावश्यक बाहेकका सेवा बन्द

कोभिड–१९ को दोश्रो लहरको महामारी रोकथाम तथा न्यूनीकरणका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगर क्षेत्रभित्रका सबै सरकारी कार्यालयको अत्यावश्यक सेवा वाहेक अन्य सेवा बन्द गर्ने निर्णय गरेको हाे।

भरतपुर अस्पतालको बहिरङ्गसहितका सेवा बन्द

अस्पतालले एक सूचना जारी गर्दै वैशाख १७ गतेदेखि लागू हुने गरी अर्को व्यवस्था नभएसम्मका लागि बहिरङ्ग सेवा, इलेक्टिभ सर्जरी र इएचएस सर्जरी सेवा बन्द गर्ने जनाएको हो।

बिरामीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पतालको सेवा बन्द

अस्पतालमा उपचारका लागि गत आइतबार भर्ना भएकी एक महिलामा जाँचपछि कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पतालको आकस्मिक बाहेकका सेवा बन्द गरिएकोे हो। सङ्क्रमणपछि उक्त महिलाको सम्पर्कमा आएका अस्पतालका स्वास्थ्यकर्मी तथा चिकित्सकसमेत रहेकाले तत्काललाई अस्पताल शिल गरी आकस्मिक सेवा मात्र सञ्चालन गरिएको अस्पतालका मेसु डा नागेन्द्रप्रसाद यादवले जानकारी दिएका छन्।

अप्टिकल फाइबर काटियो, दुई जिल्लाको सेवा बन्द

अप्टिकल फाइबर काटिँदा बैतडी र दार्चुलामा चार दिनदेखि नेपाल टेलिकमको मोबाइल, ल्यान्डलाइन र इन्टरनेट सेवा अवरुद्ध छ। बैतडीको पाटन र खोड्पेको बीचमा अप्टिकल फाइबर काटिएकाले सेवा अवरुद्ध भएको हो।

जिल्ला प्रशासन कार्यालय रसुवाको अत्यावश्यक बाहेकका सेवा बन्द

जिल्लामा कोभिड–१९ को संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय रसुवाले अत्यावश्यक बाहेकका सेवा बन्द गरेको छ। कार्यालयले मंगलबारदेखि अत्यावश्यक बाहेकका सेवा बन्द गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्