४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

जिल्ला प्रशासन कार्यालय रसुवाको अत्यावश्यक बाहेकका सेवा बन्द

जिल्लामा कोभिड–१९ को संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय रसुवाले अत्यावश्यक बाहेकका सेवा बन्द गरेको छ। कार्यालयले मंगलबारदेखि अत्यावश्यक बाहेकका सेवा बन्द गरेको हो।

जिल्लामा कोभिड–१९ को संक्रमण बढ्दै गएको, राष्ट्रसेवक कर्मचारीमा समेत कोरोना देखिएको, कार्यालयमा भीडभाड बढ्दै गएको र कागजातबाट समेत कोरोना संक्रमण फैलन सक्ने भएकाले सेवा बन्द गरिएको सहायक प्रमुख जिल्ला अधिकारी सपनाकुमारी भट्टराईले जानकारी दिइन्।  

कार्यालयले मंगलबारदेखि नयाँ तथा प्रतिलिपि नागरिकता वितरण, नाबालक परिचयपत्र वितरण, संघसंस्था र पत्रपत्रिका दर्ता तथा नविकरण, राहदानी वितरण, राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा वितरण र अन्य अत्यावश्यक सेवाहरू स्थगित गरेको हो।  

जिल्लामा हाल कोरोना संक्रमितको संख्या १ सय ६ पुगेको छ। जसमा ४५ जना संक्रिय संक्रमित रहेका छन्। संक्रमितमध्ये ४१ जना होम आइसोलेसनमा र ४ जना आइसोलेसनमा बसेका स्वास्थ्य कार्यालय रसुवाले जनाएको छ।

प्रकाशित: १८ कार्तिक २०७७ १०:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App