४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

चट्याङ लागेर गम्भीर घाइते भएका एकजनाको मृत्यु

सोमबार राति परेको चट्याङले ढोरपाटन नगरपालिका–३ पुर्कोटका ५६ वर्षीय कुमबहादुर पुनको मृत्यु भएको हो।

गुल्मीमा चट्याङ लागेर किशोरीको मृत्यु

गुल्मीमा चट्याङ लागेर एक किशोरीको मृत्यु भएको छ। जिल्लाको मुसिकोट नगरपालिका १, सिम्लेकी बेगबहादुर बलालकी १५ वर्षीय छोरी टीका बलालको मृत्यु भएको गुल्मी प्रहरीले जानकारी दिएको छ।

पोखरामा चट्याङ लागेर एकको मृत्यु

पोखरामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। पोखरा महानगरपालिका-२३ हर्पनका ४९ वर्षीय देवबहादुर विकको घरमै चट्याङ लागेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

बागलुङमा चट्याङ लागेर दुई जनाको मृत्यु, एक घाइते

बागलुङमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ। ढोरपाटन नगरपालिका–५ पाखापानीका चित्रबहादुर विकको घरमा शनिबार राति ९ बजे चट्याङ पर्दा उनको छ वर्षीय दिनेश विक र नौ वर्षीया छोरी सुनिता विकको मृत्यु भएको हो।

म्याग्दीमा चट्याङ लागेर ४५ भेडा मरे

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ फुर्केरुख खर्कमा चट्याङ लागेर ४५ भेडा मरेका छन्।अन्नपूर्ण–३ ठाडाका छकबहादुर पुनको गोठमा चट्याङ परेर भेडा मरेका हुन्।

उदयपुरमा चट्याङ लागेर बालिकाको मृत्यु

वर्षासँगै परेको चट्याङ लागेर कटारीकी एक बालिकाको ज्यान गएको छ । मंगलबार विहान ९ः०० बजे हावा हुरी र वर्षासँगै परेको चट्याङले कटारी नगरपालिका १२ चिलाउनेकी १२ वर्षीया निमा तमाङको मृत्यु भएको हाे।

ताप्लेजुङमा चट्याङ लागेर एकको मृत्यु

चट्याङ लागेर ताप्लेजुङको सिदिङ्वा गाउँपालिका वडा नं ६ मेहेलेमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५८ बर्षिय श्रीप्रसाद कडरिया रहेका छन् । स्थानीय धर्मप्रसाद घिमिरेका अनुसार घरदेखि बाहिर निस्केर आँगनतर्फ जाने क्रममा चट्याङ लागेर उनको मृत्यु भएको हो।

चट्याङ लागेर ताप्लेजुङको मैवाखोलाका ११ बर्षे छोराको मृत्यु, बुबाआमा घाईते

चट्याङ लागेर ताप्लेजुङको मैवाखोला गाउँपालिका वडा नं ४ साँघु चित्रेका ११ बर्षिय दोर्ची शेर्पाको मृत्यु भएको छ।

चट्याङ लागेर एकको मृत्यु ३ जना घाइते

बैतडीमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ। डिलासैनी गाउँपालिका–५ खालीपाटाका २७ वर्षीय महेश लुहारको सोमबार साँझ चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।

चट्याङ लागेर एक जनाको मृत्यु, तीन घाइते

सोमबार बेलुकी चट्याङ लाग्दा ६० वर्षका मुमबहादुर सार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ। उनको घटनास्थलमै मृत्यु भएको थियो। घटनामा अन्य तीन जना घाइते भएका छन्।

चट्याङ लागेर किशोरको निधन

मंगलबार साँझ उदयपुरमा चट्याङ पर्दा एक किशोरको ज्यान गएको छ। गड्याङ गुडुङ र मुसलधारे वर्षासँगै परेको चट्याङ लागेर त्रियुगा नगरपालिका ८ देउरी उत्तराही टोलका १६ वर्षीय किशोर निशान चौधरी गम्भीर घाईते भएका थिए।

चट्याङ लागेर वडा सदस्यको मृत्यु

सोमबार राती साढे ८ बजे परेको चट्याङ लागेर पञ्चेश्वर गाउँपालिका–६ का वडासदस्य गोविन्दसिंह भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्