८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

चट्याङ लागेर किशोरको निधन

फाईल तस्बिर: मृतक किशोर चौधरी

मंगलबार साँझ उदयपुरमा चट्याङ पर्दा एक किशोरको ज्यान गएको छ। गड्याङ गुडुङ र मुसलधारे वर्षासँगै परेको चट्याङ लागेर त्रियुगा नगरपालिका ८ देउरी उत्तराही टोलका १६ वर्षीय किशोर निशान चौधरी गम्भीर घाईते भएका थिए।  

घर नजिकै चौरमा खेल्न गएका चौधरी पानी पर्न थालेपछि घर फर्कदै थिए। त्यसैबेला घर आईपुग्न लाग्दा साँझ साढे ५ बजे परेको चट्याङ लागेर ढाड र दाहिने खुट्टामा चोट लागेर घाईते भएका थिए। चौधरीलाई तत्काल उद्धार गरी उपचार गर्न जिल्ला अस्पताल लगिएकोमा उपचारकै क्रममा राति पौने नौ बजे निधन भएको हो।  

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसरा मृतकको शव अस्पतालमै पोष्टमार्टम गरी आफन्तको जिम्मा लगाईसकिएको छ। उनी स्थानीय वीरिेन्द्रप्रसाद चौधरीको छोरा भएको प्रहरी प्रवक्ता डिएसपी बेदप्रसाद गौतमले बताएका छन्।

प्रकाशित: १७ भाद्र २०७८ ११:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App