१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

चट्याङ लागेर ताप्लेजुङको मैवाखोलाका ११ बर्षे छोराको मृत्यु, बुबाआमा घाईते

फाइल तस्वीर

चट्याङ लागेर ताप्लेजुङको मैवाखोला गाउँपालिका वडा नं ४ साँघु चित्रेका ११ बर्षिय दोर्ची शेर्पाको मृत्यु भएको छ। दोर्चीका बुवा दारिञ्जी र आमा मिङ्लाल्हमु सख्त घाईते भएका छन्। घाईते दुवै जनाको जिल्ला अस्पतालको उपचार भईरहेको मैवाखोला गाउँपालिकाका अध्यक्ष बिजयप्रकाश वनेमले जानकारी दिए। मृतक दोर्चीको शव पोष्टमार्टमका लागि ताप्लेजुङ जिल्ला अस्पतालको शव गृहमा राखिएको समेत उनले जानकारी दिए। गएराति ८ बजे दारिञ्जीको घरमा चट्याङ परेको थियो।

प्रकाशित: १४ वैशाख २०८० ०१:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App