१२ मंसिर २०८१ बुधबार
image/svg+xml

भूकम्प प्रभावित क्षेत्रमा हेलिकोप्टर दुर्घटना, १३ को मृत्यु

मेक्सिकोको दक्षिणी क्षेत्रमा एकजना मन्त्रीसमेत सवार हेलिकोप्टर शनिबार दुर्घटना हुँदा त्यसमा रहेका १३ जनाको मृत्यु भएको छ।

अन्तर्राष्ट्रिय विमानस्थल नजिकै आगलागी हुँदा ९ मिनेट उडान प्रभावित

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पश्चिमपट्टिको फोहर डम्पिङ क्षेत्रमा आगलागी हुँदा केही बेर उडान प्रभावित भएको छ।

मौसमको खराबीले उडान प्रभावित, शिवरात्रिमा वर्षा हुने!

मौसममा आएको बदलीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा बाह्य सबै उडान प्रभावित भएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार धावनमार्ग आसपासमा हुस्सु लागेका कारण उडान र अवतरण प्रभावित भएको हो।

कर्मचारी अभावमा नगरपालिकाको काम प्रभावित

बूढानीलकण्ठ नगरपालिकामा प्रशासन सञ्चालन गर्ने कर्मचारी नहुँदा कामकारवाही प्रभावित भएको छ ।नगरपालिकाका प्रशासन सञ्चालन गर्ने एक मात्र प्रमुख प्रशासकीय अधिकृत लीला अधिकारी बिदामा बसेको र अन्य अधिकृतस्तरका कर्मचारी नहुँदा कामकारवाहीमा समस्या परेको नगरपालिकाका प्रमुख उद्धवप्रसाद खरेलले जानकारी दिए ।

औलो प्रभावित क्षेत्रमा २० हजार थान झुल वितरण

लामखुट्टेको टोकाइबाट लाग्ने औलो रोग नियन्त्रणका लागि झापाका अतिप्रभावित क्षेत्रमा २० हजार थानभन्दा बढी झुल (सुपानेट) वितरण गरिएको छ।

पर्वतमा खडेरीका कारण हिउँदे खेती प्रभावित

झण्डै ४ महिना लामो समयदेखिको खडेरीका कारण पर्वतमा हिउँदे खेती प्रभावित बनेको छ। गत असोजको दोस्रो सातादेखि वर्षा भएको छैन । वर्षा नहुँदा हिउँदे खेतीका रुपमा रहेको गहुँ, जौ, फापर र तोरीजस्ता बालीनालीको उत्पादन ह्वात्तै घट्ने भएको छ । गहुँ, तोरी र हिउँदे आलुको उत्पादन ५० प्रतिशतसम्म घट्ने अनुमान गरिएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले जानकारी दिए।

३२ हजार भूकम्प प्रभावितलाई निःशुल्क सोलार

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले भूकम्प प्रभावित क्षेत्रका ३२ हजार स्थानीयलाई निःशुल्क सौर्य ऊर्जा प्रदान गर्ने भएको छ । केन्द्रले चीन सरकारको सहयोगमा ३२ हजार सेट साना सौर्य ऊर्जा प्रणाली र तीन सय २५ सेट सौर्य टुकी वितरण गर्न लागेको हो।

भावी नेतृत्व चयन प्रभावित हुनेगरी अध्यादेशको तयारी

भावी प्रहरी महानिरीक्षक चयनमा प्रत्यक्ष प्रभाव पार्नेगरी सरकारले अध्यादेशमार्फत संघीय प्रहरी ऐन ल्याउने तयारी गरेको छ । सरकारले वृत्ति विकासमा प्रत्यक्ष प्रभाव पार्ने ३० वर्षीय सेवाअवधि हटाउने गरी संघीय प्रहरी ऐन अध्यादेशमार्फत जारी गराउने तयारी गरेको हो ।

हिमपातसँगै पश्चिमी भेगको जनजीवन प्रभावित

गएरातिदेखि मौसममा आएको परिवर्तनका कारण बैतडीसहित ७ नं प्रदेशका अधिकांश पहाडी जिल्लामा हिमपात भएको छ।  हिमपातसँगै चिसोले जनजीवन प्रभावित भएको छ। जिल्लाको खोडपे, सतबाँझ, सुर्नयालगायतका क्षेत्रमा हिमपात भएको छ।

उच्च हिमाली जिल्लामा हिमपात, भूकम्प प्रभावितको जनजीवन कष्टकर

गोरखाको उत्तरी भेगका गाउँमा गएरातिदेखि निरन्तर हिमपात हुँदा जनजीवन कष्टकर बनेको छ। यहाँको चुमनुब्री र धार्चेका गाउँमा हिमपात भएको छ।

ढुंगा तस्करीले ठूला आयोजनाको काम प्रभावित

बढ्दो ढुंगा निकासीले कैलालीमा सञ्चालित विकास निर्माणका काममा प्रभाव परेको छ। जिल्लामा सञ्चालित सबैजसो सानाठूला विकास निर्माणका काममा ढुंगा अभाव हुन थालेको छ।

भूकम्पपछि विद्यालय सञ्चालन नहुँदा पढाई प्रभावित

भूकम्पको कारण विस्थापित भएको विद्यालय सञ्चालनमा नआउँदा बालबालिका पढाइबाट बञ्चित भएका छन्। जिल्लाको तीन ओटा स्थानीय तहबाट विस्थापित भएको ७ ओटा विद्यालय सञ्चालनमा नआउँदा गाउँमा रहेका करिब डेढ सय बालबालिका पढाइबाट बञ्चित भएका छन्।

बन्दका कारण पर्साको जनजीवन प्रभावित

प्रादेशिक राजधानीको माग गर्दै बजार, यातायात बन्द गरेपछि पर्सावासीको जनजीवन प्रभावित भएको छ ।  वीरगञ्ज राजधानी संघर्ष समितिको आह्वानमा गरिएको एकदिने बन्दका क्रममा आन्दोलनकारीले आज बिहानैदेखि वीरगञ्जका विभिन्न चोकमा टायर बाली सार्वजनिक तथा निजी यातायात, बजार, उद्योग वित्तीय संस्था र विद्यालय बन्द गराएपछि जिल्लावासीको जनजीवन प्रभावित भएको हो।

नुवाकोटका आधा भूकम्पप्रभावित अनुदान पाउनबाट वञ्चित

भूकम्पले क्षति पुगेकामध्ये नुवाकोटमा सरकारी अनुदानका लागि तोकिएको समयभित्र आधा लाभग्राही मात्र निजी निवास निर्माणको प्रक्रियामा समेटिएका छन्।

युवा संघको टोली शीतलहर प्रभावित क्षेत्र खटिने

युवा संघ नेपालले शीतलहरबाट प्रभावित सिराहा, महोत्तरी र सप्तरीमा लत्ताकपडा र कम्बललगायतका सामग्री वितरण गर्न संगठनका अध्यक्ष राजीव पहारीको नेतृत्वमा एक प्रतिनिधिमण्डल पठाउने निर्णय गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्