५ जेष्ठ २०८१ शनिबार
image/svg+xml

गुल्मी जीप दुर्घटनामा सहचालकको मृत्यु

गुल्मीको मालिका गाउँपालिका–२ अन्तर्गत दर्लिङबाट बागलुङको बडिगाड गाउँपालिकाको भिमगिठे जाँदै गरेको लु१च ९९११ नम्बरको जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

टिपर दुर्घटनामा चालकको मृत्यु

पाल्पामा गए राति टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। ना ख ७९२४ नम्बरको टिपर दुर्घटना हुँदा चालक स्याङ्जाको गल्याङ नगरपालिका-१ राम्दीका २२ वर्षीय सरोज न्यौपानेको मृत्यु भएको हो।

बझाङमा जीप दुर्घटना हुँदा चालकको मृत्यु

बझाङको छविसपाथिभेरा गाउँपालिका–१ भाँडेबजारस्थित किन्द्राल भिरमा जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

डोजर पल्टिँदा चालकको मृत्यु

बङ्गलाचुली गाउँपालिकामा बाटो बनाउँदै गर्दा आज बिहान करिब ४ः०० बजेतिर डोजर पल्टिँदा चालकको मृत्यु भएको छ।

टिपरको ठक्करबाट बोलेरो चालकको मृत्यु

ट्राफिक प्रहरीले जाँच गर्ने क्रममा को २ च २६३२ नं को बोलेरोलाई रोक्न खोज्दा पछाडिबाट आउँदै गरेको प्र ०३–००१ क ००९५ नं को टिपरले ठक्कर दिएकाले दमक– ९ निवासी ४० वर्षीय नेत्र खड्काको मृत्यु भएको हो।

उदयपुरमा ट्याक्टर दुर्घटना, सह-चालकको मृत्यु

गाईघाटबाट नेपाल टेलिकमको चित्रे टावरका लागि सामान लिई लिम्चुङबुङतर्फ जाँदै गरेको स १ त ६८५८ न.को ट्याक्टर‌ रौतामाई गाउँपालिक १ टाट्नेमा दुर्घट्नामा पर्दा सहचालक रौतामाई ७ का तुलबहादुर केप्छाकी मगरको ज्यान गएको हो।

पाल्पामा ट्रिपर दुर्घटना, सह-चालकको मृत्यु

पाल्पाको रिब्दीकोट गाउँपालिका–२, लघुवामा भएको ट्रिपर दुर्घटनामा एक जनाको मृत्यु भएको छ। दुई ट्रिपर एक आपसमा ठोक्किदा भएको दुर्घटनामा परि चार जना घाइते भएका छन्।

सूर्यबिनायकमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

अरनिको राजमार्ग भक्तपुरको सूर्यबिनायकमा टिपरले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ।

स्काभेटर पुरिँदा चालकको मृत्यु

आइतबार साँझ सडक खनिरहेका बेला एक्कासि झरेको सुख्खा पहिराले स्काभेटर पुरिँदा भूमे–१ लुकुमका ४२ वर्षीय कर्णवीर पुनको ज्यान गएको इलाका प्रहरी कार्यालय खाबाङका प्रहरी प्रमुख शविन शाहले जानकारी दिए। पहिराले पुरेको स्काभेटरको बकेट मात्र देखिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्