४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

उदयपुरमा ट्याक्टर दुर्घटना, सह-चालकको मृत्यु

सोमबार उदयपुरमा ट्याक्टर दुर्घटनामा परी सहचालकको ज्यान गएको छ। गाईघाटबाट नेपाल टेलिकमको चित्रे टावरका लागि सामान लिई लिम्चुङबुङतर्फ जाँदै गरेको स १ त ६८५८ न.को ट्याक्टर‌ रौतामाई गाउँपालिक १ टाट्नेमा दुर्घट्नामा पर्दा सहचालक रौतामाई ७ का तुलबहादुर केप्छाकी मगरको ज्यान गएको हो।

टाट्नेको भित्री सडकमा दिउसो १ बजे अचानक ट्याक्टर पल्टेर दुर्घटनमा पर्दा लडेर मगर गम्भीर घाईते भएका थिए। ३२ वर्षीय मगरको इलाका प्रहरी कार्यालय भुटारबाट खटेको टोलीले उद्दार गरी उपचारार्थ गाइघाट पठाएकोमा थियो। जिल्ला अस्पतालमा उपचारकै क्रममा उनको दिउसो साढे ४ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले बनाएको छ। ‌‌‌ ट्याक्टर चालक जिल्ला उदयपुर रौतामाई ७ का २५ वर्षीय चेतु दमाई र ट्याक्टर जिल्ला प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको जनाएको छ।

प्रकाशित: ७ असार २०७८ १३:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App