३ आश्विन २०८१ बिहीबार
image/svg+xml

४६ हजार अमेरिकी डलरसहित चिनियाँ नागरिक विमानस्थलबाट पक्राउ

४६ हजार अमेरिकी डलरसहित एक चिनियाँ नागरिक पक्राउ परेकी छिन्। त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको हेन्डब्यागेज चेकिङ एरियामा जाँच गर्ने ४१ वर्षीया चिनियाँ नागरिक यानकुन दुवानलाई लुकाई छिपाई राखेको अमेरिकी डलर ४६ हजार ४ सय ८० र चाइनिज यान १ हजार ६ सयसहित बिहीबार पक्राउ परेका हुन्।

साउदीबाट फर्किएका हरि विमानस्थलबाटै सम्पर्कबिहीन

धन कमाउन भनेर साउदी अरब पुगेर आठ महिनामै नेपाल फर्किएका एक युवा सम्पर्क बिहीन भएपछि परिवारले खोजीका लागि अपिल गरेको छ।

३ लाखमा बेचिएकी मुनाको दुबई विमानस्थलबाट उद्धार

आइतबार साँझ मुना डाँगी दुबई अन्तरार्ष्ट्रिय विमानस्थलमा थिइन्। अगस्ट ६ मा दुबई आएकी उनलाई दलालले ७ दिनसम्म अजमानको एउटा कोठामा राखेपछि उनी कुवेत उड्न लागेकी थिइन्।

बाढीपीडित क्षेत्रको निरीक्षणमा आएका प्रधानमन्त्री विमानस्थलबाटै फर्किए

बाढीपीडित क्षेत्रको अवलोकन गर्न हेलिकप्टरमा सोमबार झापा आएका प्रधानमन्त्री शेरबहादुर देउवा चन्द्रगढी विमानस्थलबाटै फर्केका छन्। गृहमन्त्री जनार्दन शर्मासहित झापा आएका प्रधानमन्त्री देउवा विमानस्थलमा सरकारी अधिकारीको ब्रीफिङ सुनेर फर्केका हुन्। गएको शुक्रबारयता पाँच दिनसम्म लगातार झरी परेर झापामा बाढीले बबन्डर मच्चाएको थियो।

त्रिभुवन विमानस्थलबाट आयात-निर्यात ठप्प

व्यवसायी आन्दोलनको कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) बाट हुने आयात–निर्यात ठप्प भएको छ। नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडले कार्गो व्यवस्थापनको शुल्क १३ गुणासम्म वृद्धि गरेपछि शुल्क घटाउन माग गर्दै आयात–निर्यातकर्ता आन्दोलित भएका हुन्।

९३ हजार डलरसहित नेवानिका पाइलट विमानस्थलबाट पक्राउ

नेपाल वायु सेवा निगमका पाइलट सुवर्ण अवाले ९३ हजार ६ सय अमेरिकी डलरसहित दुवई उड्न लाग्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्। नेवानिका बरिष्ठ क्याप्टेन उनी आइतबार नियमति ड्युटीमा दुवईका लागि विमान उडाउन विमानस्थल पुगेका थिए।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सुनसहित एक पक्राउ

सिराहा भोकाहा घर भई काठमाडौँ तीनकुने बस्ने २५ वर्षीय संजयकुमार शाहलाई प्रहरीले सुनसहित पक्राउ गरेको छ ।

विमानस्थलबाट नक्कली पुलिसले फिल्मी शैलीमा अर्बौं लुटे

दक्षिण अफ्रिकाको जोहनेसवर्ग विमानस्थलबाट एक लुटेरा समूहले अर्बौं नगद रकम लुटेका छन्। लुटेराहरुले पुलिसको पोशाकमा विमानस्थलमा पुगेर लुटेका थिए। विमानस्थलको कोही पनि छिर्न नपाउने ठाउँमा उनीहरु विना रोकटोक बसेका थिए।

१३ हजार युरो सहित विमानस्थलबाट युवक पक्राउ

विदेशी मुद्रा १३ हजार १८० युरोसहित प्रहरीले एक युवकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ।

विमानस्थलबाट विदेशी मुद्रा बरामद

प्रहरीले विभिन्न देशका मुद्रासहित भारतीय मूलका मलेसियालीलाई पक्रेको छ। विमानस्थल प्रहरीले मलेसियन एयरमा काठमाडौंबाट मलेसिया जान लागेका केसमिन्दर हिङे मिलकत सिंहलाई विदेशी मुद्रासहित पक्राउ गरेको हो।

त्रिभुवन विमानस्थलबाट अवैध सुनसहित दुई पक्राउ

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट प्रहरीले दुई जनालाई अवैध सुन सहित पक्राउ गरेको छ। अवैधरुपमा भन्सार छलि ल्याएको करीव ७ लाख ४९ हजार ७ सय ७५ रुपैयाँ बराबर मुल्य पर्ने १ सय ५० ग्राम सुनका चुरा ३ थानसहित सुनसरी पञ्चकन्या–३ का ३० वर्षीय प्रताप गुरुङलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्