१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

रानाथारु भाषालाई सरकारी कामकाजको भाषामा नराखेको भन्दै प्रदर्शन

‘रानाथारुलाई सरकारले छुट्टै आदिवासीको सूचीमा सूचिकृत गरिसकेकाले प्रदेश सरकारका निकायमा पनि आरक्षण छुट्याइनु पर्छ’, उनले भने,‘हाम्रा माग सम्वोधन नभएसम्म हाम्रो बिरोधका कार्यक्रम गरिरहने छौं।’

प्रेम आले र लक्ष्मी चौधरीविरुद्ध धनगढीमा प्रदर्शन

धनगढीमा राष्ट्रिय युवा संघ नेपालले प्रतिनिधिसभा सदस्य प्रेम आले र लक्ष्मी चौधरीविरुद्ध प्रदर्शन गरेको छ।

धनगढीमा थपिँदै मार्ट

व्यापार व्यवसायका लागि ‘भर्जिन’ एरिया सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीको छनोटमा मार्ट पर्न थालेका छन्। परम्परागत शैलीको व्यापार, व्यवसायलाई परिवर्तन गर्दै पछिल्लो समय ग्राहकको रोजाइ र समय बचत गराउन मार्टहरू सञ्चालनमा आउन थालेका हुन्।

नगरपालिकाको अनुमतिमा अवैध उत्खनन

धनगढीमाई–८ महुलियाटोलका ६३ वर्षीय विश्वनाथ यादव चार पुस्तादेखि बस्दै आएको थातथलो छोडेर भाग्नुपर्ने अवस्था आएकोमा चिन्तित छन्। बस्तीका चारैतिर ठूलाठूला खाल्डो खनेर ग्राभेल झिकिएकोले यादवसहित बस्तीका पाँच सय जना विस्थापित हुनुपर्ने अवस्थामा पुगेका छन्।

मानवबस्ती उच्च जोखिममा

सिरहाको धनगढीमाई नगरपालिका–८ मा खानीका नाममा भइरहेको अवैध उत्खननले मानवबस्ती विस्थापनको जोखिममा परेको छ। मानवबस्ती पर्वाह नगरी भइरहेको तीव्र उत्खननका कारण ६ टोलका मानवबस्ती विस्थापनतर्फ उन्मुख भएका छन्।

धनगढीमाईमा लक्ष्मी लघुवित्त

लक्ष्मी बैंक लिमिटेडको सहायक कम्पनी लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले सिराहाको धनगढीमाई नगरपालिकामा ६३औं शाखा खोलको छ। संस्था सञ्चालक समिति अध्यक्ष जीवनप्रकाश लिम्बु र धनगढीमाई नगरपालिकाका मेयर हरिनारायण चौधरीले उक्त शाखा उद्घाटन गरेको संस्थाको विज्ञप्तिमा उल्लेख छ।

मनोमानी उत्खनन रोक्न जनता सक्रिय

२४ मंसिर २०७५ मा धनगढीमाई नगर कार्यपालिकाले मनी निर्माण सेवा धनगढीमाईलाई निजी खानी सञ्चालन गर्न दिने निर्णय ग¥यो। त्यसपछि सो निर्माण सेवाले नगरपालिकालाई डेढ लाख राजस्व बुझाएर कसहा खोला किनारमा डोजर लगाएर अनियन्त्रित रूपमा ग्राभेल उत्खनन गर्दै आएको छ।

धनगढीमाईमा खानीको नाममा अवैध उत्खनन्

सिरहाको धनगढीमाई नगरपालिका–८ मा खानीका नाममा अवैध रूपमा उत्खनन भइरहेको छ। प्राकृतिक सम्पदाको अनियन्त्रित दोहन भइरहँदा पनि नियमनकारी निकाय चुपचाप छ। बस्तीनजिक, बीच बस्ती, खोलाकिनार, हाइटेन्सन लाइनको समेत ख्याल नगरी एक्साभेटरबाट भइरहेको उत्खननले आफूहरू आजित भइसकेको स्थानीय बताउँछन्। यस क्षेत्रबाट हरेक दिन करिब एक हजार टिपर ग्राभेल उत्खनन गरी सिरहा, सप्तरी, सुनसरी र धनुषाको ढल्केवरसम्म आपूर्ति हुने गरिएको उनीहरूको भनाइ छ। त्यस किसिमको दोहनले प्रदूषणसँगै प्राकृतिक प्रकोप र दुर्घटनासमेत बढाएको स्थानीय रामप्रसाद सिंहले बताए। राजमार्गभन्दा उत्तरतर्फ प्राकृतिक खतरा बढाएर बस्ती नै विस्थापित हुनेगरी अनियन्त्रित दोहनले सीमिति व्यक्तिलाई फाइदा भए पनि आमजनता पिरोलिएको सिंहको भनाइ छ।

खानीको नाममा मनोमानी उत्खनन

२४ मंसिर २०७५ मा धनगढीमाई नगर कार्यपालिकाले मनी निर्माण समिति धनगढीमाईलाई निजी खानी सञ्चालन गर्न दिने निर्णय गर्‍यो। उक्त निर्माण कम्पनीले नगरपालिकालाई डेढ लाख राजस्व बुझाएर कसहा खोला किनारमा डोजर लगाएर अनियन्त्रित रुपमा ग्राभेल उत्खनन गर्दै आएको छ।

धनगढीमा गोली प्रहार गरी साढे ९ लाख लुट्ने दुर्इ जना पक्राउ

धनगढीमा एक हप्ताअघि गोली प्रहार गरेर अार्इएमर्इका कर्मचारीबाट साढे ९ लाख रुपैयाँ लुटेर फरार रहेका दुई जना पक्राउ परेका छन्।

धनगढीमा गोली हानी लुटियो साढे नौ लाख

धनगढी उपमहानगरपालिकामा अज्ञात समूहले गोली हानी साढे नौ लाख लुटेको छ। धनगढी २ चौराहका ४० वर्षीय निर्मल कार्कीमाथि अज्ञात समूहले गोली प्रहार गरी उनीसँग भएको साढे नौ लाख लुटेको हो ।

धनगढीमा गण्डकी विकास बैंक

गण्डकी विकास बैंकले कैलालीको धनगढीमा शाखा खोलेको छ । प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले उक्त शाखा उद्घाटन गरेको बैंकले जनाएको छ ।उद्घाटन कार्यक्रममा मुख्यमन्त्री भट्टले ग्राहकलाई प्रदान गर्ने सेवा गुणस्तरीय हुनुपर्नेमा जोड दिएको बैंकले जनाएको छ । कार्यक्रममा धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडको समेत सहभागिता रहेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

'मोदी जी स्वागत तर, नाकावन्दी विर्सेका छैनौ' प्लेकार्ड सहित धनगढीमा प्रदर्शन

भारतिय प्रधानमन्त्री नरेन्द्रमोदी नेपालको राजकीय भ्रमणमा रहेका वेला विवेकशिल साझा पार्टीले धनगढीमा ‘मोदी जी स्वागत छ तर नाकावन्दी विर्सेका छैनौ’ लगायतका नारा लेखेका प्लेकार्ड बोकेर बिरोध प्रदर्शन गरेका छन्।

धनगढीमा प्रभु लाइफ इन्स्योरेन्सको प्रदेश कार्यालय

प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले बिहीबार धनगढीमा प्रदेश कार्यालय खोलेर कारोबार सुरु गरेको छ। प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले सेवा उद्घाटन गरेको कम्पनीले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्