जलेका गाडीको नाममा इन्धन दुरुपयोग गर्ने कर्मचारीलाई कारबाही गर्न मन्त्री मेहताको निर्देशन
पूर्ण रूपमा क्षति भएर काम नलाग्ने अवस्थामा पुगेका सवारी साधनको विवरण देखाएर कर्मचारीले इन्धन सुविधा लिने गरेको पाइएपछि मन्त्री मेहताले कडा कदम चालेकी हुन्।
पूर्ण रूपमा क्षति भएर काम नलाग्ने अवस्थामा पुगेका सवारी साधनको विवरण देखाएर कर्मचारीले इन्धन सुविधा लिने गरेको पाइएपछि मन्त्री मेहताले कडा कदम चालेकी हुन्।
नेपालमा पाइने रैथाने हात्तीको प्रमुख वासस्थान मानिएको पर्सा राष्ट्रिय निकुञ्जमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढ्दै गएको छ।
भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति लिने बताउँदै उनले कुनै पनि बहानामा कमिसन वा घुस नलिने प्रतिबद्धता जनाएकी छन्। विशेष गरी महिला, दलित, बालबालिका, ज्येष्ठ नागरिक र सीमान्तीकृत समुदायमाथि हुने हिंसाविरुद्ध सधैं लड्ने र त्यस्ता मुद्दामा कुनै सम्झौता नगर्ने उनले उल्लेख गरेकी छन्।
सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ। सोमबार प्रतितोला पाँच हजार ४५ रुपैयाँ पुगेको चाँदी मंगलबार १०० रुपैयाँले घटेर चार हजार ९४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
इन्डोनेसियाको पश्चिमी जाभाको बेकासीमा दुई वटा रेलहरू एक आपसमा ठोक्किएर दुघर्टना हुँदा १४ जनाको मृत्यु भएको छ।
औषधि कम्पनीहरूको प्रभाव यति गहिरो छ कि प्रभावहीन प्रमाणित औषधिसमेत वर्षौंसम्म बजारमा बेचिन्छन्। नियामक निकायको ढिलासुस्ती र प्रलोभनका कारण विशेषगरी गरिब देशका बिरामीहरू महँगो तर निष्प्रभावी उपचारको सिकार भइरहेका छन्।
मन्त्रालयका अनुसार भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण, मानव बेचबिखन तथा लागूऔषध कारोबार जस्ता फौजदारी कसुरमा सजाय पाएका व्यक्ति यस पदका लागि योग्य हुने छैनन्।
पूर्व-पश्चिम राजमार्गअन्तर्गत इटहरी-५ कलंकीमा निर्माणाधीन ‘डाइभर्सन’मा को२प ४५८९ नम्बरको स्कुटर आफैँ अनियन्त्रित भई ठोक्किँदा उराँव गम्भीर घाइते भएका थिए।
चालु आर्थिक वर्षको नौ महिनामा वीरगञ्ज नाका हुँदै दुई अर्ब ९८ करोड रुपैयाँको विद्युतीय सवारीसाधन आयात गरिएको छ।
नियन्त्रणभन्दा बाहिर गएको कक्षाको वातावरणले विद्यार्थीहरूको प्रगतिमा कमी ल्याउँछ भने शिक्षकहरूमा थकान र तनाव बढाउँछ। धेरैजसो विद्यार्थी डर, असुरक्षा र नकारात्मक भावनाको ‘मनोवैज्ञानिक झोला’ बोकेर कक्षाकोठामा प्रवेश गर्छन्। यी नकारात्मक भावनाहरू हटाई सकारात्मक सिकाइ वातावरण सिर्जना गर्नु शिक्षकको कर्तव्य हो।
भवन निर्माण कम्पनीले पटकपटक म्याद थपेर काम नगर्दा बागलुङ नगरपालिका–१३ पैयुपाटामा निर्माणाधीन अस्पतालको भवन निर्माण अलपत्र परेको हो।
गण्डकी प्रदेश सरकारले सञ्चालन गरेको गर्भवती र सुत्केरीको निःशुल्क हवाई उद्धार कार्यक्रमबाट हालसम्म प्रदेशका सात जिल्लाका ७१ जना लाभान्वित भएका छन्।
नेपाल र भारतबिचको सम्बन्धलाई ‘रोटी र बेटी’को सम्बन्ध भनिन्छ। त्यस सम्बन्धको एउटा महत्वपूर्ण आधार दुई देशबिचको करिब एक हजार सात सय किलोमिटर लामो खुला सीमा नै हो। राजधानी काठमाडौं र नयाँ दिल्लीबिच सम्बन्ध जस्तो भए पनि सीमाको दुवैतिरका बासिन्दा अनेकौं रूपमा आबद्ध छन्।
उनी भन्छिन्, ‘७ महिना अगाडि १ सय १० रुपैयाँमा पाइने आधा लिटर स्वस्तिक तेल अहिले १ सय ६० रुपैयाँ पुगेको छ, यस्तो त कहिल्यै देखिएको थिएन।’
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कानुनविपरीत लिइएको भर्ना शुल्क र संस्थागत विद्यालय शुल्क निर्धारण मापदण्ड निर्देशिका, २०७२ द्वारा निर्धारितबाहेक अन्य शुल्कलाई फिर्ता गराउन कानुनी प्रक्रिया अघि बढाउन सम्बन्धित सबै स्थानीय तहहरूलाई अनुरोध गरेको थियो।