१९ असार २०८१ बुधबार
image/svg+xml

हावाहुरीले लाखौंको गोलभेडा नष्ट, क्षतिपूर्तिको माग

बुधबार दिउँंसो यहाँं परेको हावाहुरी र असिनापानीले सयौं व्यवसायीक गोलभेडा खेतीमा क्षति पुर्‍याई लाखौंका गोलभेडा नष्ट भएका छन् । ब्यवसायीक कृषि फर्महरु नष्ट भई सयौं व्यवसायीक फर्मका गोलभेडामा क्षति पुगेका हुन् ।

हावाहुरीले वडा कार्यालय र क्वारेन्टिनसहित डेढ सय घरको छाना उडायो

सिन्धुलीमा हावाहुरीले ठूलो क्षति पु-याएको छ। लगातार दुई दिनदेखिको हावाहुरीले यहाँको मरिण गाँउपालिकामा एक सय ५० भन्दा बढी घरको छाना उडाएको छ।

जताततै हावाहुरीको वितण्डा

भिषण हावाहुरीले खोटाङको खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीस्थितइन्द्रेणीपोखरीको संरचना ढालेको छ । इन्द्रेणीपोखरीको पर्यटन प्रवद्र्धनका लागि वर्ष दिनअघि पोखरीमा बनाइएको फलामे पुलको रेलिङ, पुलमाथिबाट बनाइएको फलामको पाताको इन्द्रेणीको आकृति, पोखरी प्रवेश गर्ने गेट लगायतका संरचना हावाहुरीले बिगारेको हो ।

प्रिमनसुनको प्रभाव: तीन दिन मेघगर्जन, हावाहुरीसहित वर्षाको सम्भावना

प्रिमनसुनको प्रभावले आगामी तीन दिन काठमाडौँ उपत्यकासहित देशको अधिकांश भूभागमा वर्षाको सम्भावना रहेको छ।

हावाहुरीले लियो तीन जनाको ज्यान, आइसोलेसनमा थप एक जनाको मृत्यु

आइतबार साँझ आएको वर्षासहितको हावाहुरीले चितवन र नवलपरासी (सुस्तापूर्व)मा तीन जनाको ज्यान लिएको छ । चितवनको भरतपुर महानगरपालिका–१, आँपटारीमा एक जना र नवलपरासी (सुस्तापूर्व) को गैँडाकोट नगरपालिका–८ मा दुई जनाको ज्यान गएको हो ।

ताप्लेजुङमा बाढी, पहिरो र हावाहुरीले ८ लाख बढीको क्षति

हप्तादिन अघि ताप्लेजुङमा आएको बाढी, पहिरो चट्याङ र हावाहुरीले ८ लाख बढी मूल्य बराबरको धनमाल नष्ट गरेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले संकलन गरेको तथ्याङ्क अनुसार सो बाढी र पहिरोले कूल ३ लाख ८ हजार मूल्य बराबरको क्षति भएको छ ।

हावाहुरीले रेडियो तथा टेलिभिजन टावरमा क्षति

वर्षातसँगै आएको हावाहुरीले सुर्खेतको हर्रेस्थित रेडियो नेपाल र नेपाल टेलिभिजनको टावरमा क्षति पुगेको छ ।

हावाहुरीसहितको असीना पानीले सिन्धुलीको जुनार सखाप

दुई दिनदेखि परेको अविरल वर्षासँगैको असीना पानीले सिन्धुलीको जुनार सखाप भएको छ । यहाँको महाभारत क्षेत्रमा दुई दिन निरन्तर हावाहुरीसहितको असीना पानी चिचिल्लामै जुनार झरेको छ । आइतबार र सोमबार असीनासहितको पानी परेको छ भने मंगलबार बिहानभरी हावाहुरीसहितको पानी परेपछि त्यसको प्रत्यक्ष असर जुनार बगैचामा परेको हो ।

हावाहुरी तथा असिनाले दुई करोडको क्षति

विगत दुई दिनदेखि हावाहुरी र वर्षासँगै परेको असिनाले हेटौँडालगायत मकवानपुर जिल्लामा करिब दुई करोड रुपैयाँ मूल्य बराबरको क्षति पुर्‍याएको छ।

देशको धेरै जसो स्थानमा मेघ गर्जन र हावाहुरीसहित वर्षाको सम्भावना

पश्चिमी र स्थानीय वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही देशको धेरै जसो स्थानमा मेघ गर्जन र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हावाहुरीसहित वर्षाको सम्भावना

पश्चिमी वायु र स्थानीय वायुको प्रभावले आज राति देशका अधिकाश भू–भागमा हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आठ सय ६९ हावाहुरीपीडितलाई घर

प्रधानसेनापति पूर्णचन्द्र थापाले कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेललाई र पोखरेलले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई हस्तान्तरण गरेका थिए।

हावाहुरीले मकैबाली नष्ट

केहि दिन अघि वर्षात संगै आएको हावाहुरीले जिल्ला सदरमुकाम लगाएत विभिन्न गाउँका बस्तीहरुमा लगाइएको मकैबाली नष्ट भएको छ।

टोर्नाडो पीडितको नाममा असुली

सेवाको नाममा स्वास्थ्य संस्थाहरूले गोरख धन्दा गरेको पाइएको छ। चैत १७ गते बारा पर्सामा आएको हावाहुरी (टोर्नाडो) मा परी घाइतेहरूको निःशुल्क उपचार गर्ने भनेका वीरगञ्जका स्वास्थ्य संस्थाहरूले उपचार खर्चवापत प्रदेश सरकारबाट ३१ लाख ३८ हजार २ सय ८४ रुपैयाँ भुक्तानी लिएको पाइएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्