२१ असार २०८१ शुक्रबार
image/svg+xml

हावाहुरीले मकै खेती सखाप

आइतबार र सोमबार आएको हावाहुरीले सोलुदूधकुण्ड नगरपालिका क्षेत्रकाकरिब एक हजार हेक्टरमालगाइएको मकै खेतीमाक्षति पु¥याएको छ। भर्खर चमरहाल्दै गरेको मकै हावाहुरीले ढालेपछि किसानले क्षतिको मूल्यांकन गरी राहतकालागि स्थानीयसरकार र प्रशासनगुहारेका छन्।

विभिन्न संघसंस्थाद्वारा सहयोग

गत जेठ २३ गतेको हावाहुरीले जिल्लामा भत्किएका अधिकतर घरमा जस्तापाता हाली पुनर्निर्माणको काम भइरहेको छ। विभिन्न संघसंस्था, युवा तथा विद्यार्थीले भत्किएका घरको पुनर्निर्माणमा सहयोग गरेका छन् भने कैयौं पीडितले आफैं आफ्ना घरबनाइरहेका छन्। विवेकशील साझा पार्टीका कार्यकर्ता, नेकपा समर्थित विद्यार्थी संगठन, नेविसंघ, रोटरी क्लब, उद्योग वाणिज्य संघलगायतले असहायका भत्किएका घर बनाइदिएका हुन्।

हावाहुरीपीडितले अझै पाएनन् राहत

दुईसाता बितिसक्दा पनि अझै धेरैजसो विपन्न परिवारका भत्केका घर बन्न सकेका छैनन्। अधिकांश पीडितले जस्तापातासमेत नपाउँदा भत्केको घरमा छानो हाल्न पाएका छैनन्।

‘कापीकिताब उडायो, कसरी स्कुल जाने

शारदा माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत सन्तोषी धामी हुरीले कापीकिताब र पोसाक उडाइदिएपछि एक सातादेखि स्कुल जान सकेकी छैनन्।

चट्याङबाट निस्केको झिल्कोले पुरै गाउँ सखाप

बाँकेको राप्तीपारीस्थित ‘छोट्की चौफेरी’ मा चट्याङबाट निस्केको आगोको झिल्कोले पुरै गाउँ सखाप भएको छ। हावाहुरीसँगै परेको चट्याङबाट आगोको झिल्को निस्कँदा बुधबार बिहान डुडुवा गाउँपालिका वडा नम्बर १ मा रहेको गाउँका ३८ वटा घर जलेर नष्ट भएको हो। स्थानीय खेलावन यादवको घरमा चट्याङ परेपछि झिल्को निस्केर आगो फैलिएको थियो।

साता बित्यो, छानो बनेन

‘संघीय सरकारले कैलाली–कञ्चनपुरका हुरीपीडितको पक्षमा कुनै चासो देखाएन। हिजो त सुदूरपश्चिम उपेक्षामा थियो नै आज गणतान्त्रिक सरकार हुँदा पनि काठमाडौंलाई यहाँका जनताको पीडाले छोएन।’

बाँकेमा चट्याङ परेर आगलागी हुँदा ३९ घर जलेर नष्ट

बाँकेको डुडुवा गाउँपालिकामा आज आएको हावाहुरीसँगै परेको चट्याङबाट आगलागी हुँदा ३९ घर जलेर नष्ट भएका छन्।

चीनमा भारी वर्षा, पाँचको मृत्यु, हजारौं फसे

चीनको दक्षिणी क्षेत्रमा मुसलधारे पानी पर्दा कम्तीमा पाँचजनाको मृत्यु भएको छ भने हजारौं मानिस फसिरहेका छन्।

छानोबिनाको घरमा हुरीपीडित

विद्युत् नहुँदा धनगढीका एक दर्जन दैनिक पत्रपत्रिका तीन दिनदेखि प्रकाशित हुनसकेका छैनन् भने एफएम रेडियोसमेत बन्द छन्।

हावाहुरी पीडित परिवारलाई २० हजारका दरले दिने सरकारको निर्णय

सुदूरपश्चिम प्रदेश सरकारले हावाहुरीका कारण मृत्यु भएका परिवारलाई राहतस्वरुप जनही रु एक लाख ५० हजार उपलब्ध गराउने निर्णय गरेको छ।

आँधीबाट उत्तर प्रदेशमा २६ जनाको मृत्यु

भारतको उत्तर प्रदेश राज्यमा बिहीबार साँझ आएको वर्षासहितको हावाहुरी र चट्याङका कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या २६ पुगेको छ। यस घटनामा परी अन्य ५७ जना घाइते भएका छन्।

हावाहुरीले दर्जनौंको बिचल्ली

गएराति आएको हावाहुरीका कारण कैलालीमा कयौँ परिवारको बिचल्ली भएको छ। हावाहुरीले घरका छाना उडाइ पीडित भएकालाई राहत वितरणमा ढिलाई हुँदा कैयौँ परिवारको बिचल्ली भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्