१२ मंसिर २०८१ बुधबार
image/svg+xml

हावाहुरीले कास्कीमा १४ घरमा क्षति

हावाहुरीले कास्कीमा १४ वटा घर तथा अन्य संरचनामा क्षति पुगेको छ। कास्की प्रहरीका अनुसार बिहीबार बेलुकीको हावाहुरीले कास्कीका विभिन्न गाउँमा क्षति पुर्‍याएको छ।

स्थानीय र पश्चिमी वायुको प्रभाव, आगामी ३ दिनसम्मै यी प्रदेशमा हावाहुरीसँगै वर्षा

देशका पहाडी भू–भागको थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

अबको तीन दिनसम्मै यी प्रदेशमा चट्याङ्गसहित वर्षा, हावाहुरी पनि चल्ने

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागको थोरै स्थानहरूमा र बाँकी पहाडी भू–भागको एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

काठमाडौँमा बिहानैदेखि घाम, यी प्रदेशमा हिमपातको सम्भावना

आज देशका अधिकांश भू–भागमा मौसम साधारणतया सफा रहने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ।

हावाहुरीले रुख ढल्दा च्यापिएर एक जनाको मृत्यु

हिमाली जिल्ला डोल्पामा हावाहुरीका कारण ढलेको रुखमा च्यापिएर घाइते भएका एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मुड्केचुला गाउँपालिका–९ का अन्दाजी ४० वर्षीय सिद्ध बुढा रहेका छन्।

खुम्जुङ र नाम्चेमा विद्युत् सेवा अवरुद्ध

गत माघ २२ गते आएको हावाहुरीले ढलेको रुखले खुम्बु विद्युत् कम्पनीको हाइटेन्सन र जमिनमुनिको तारमा क्षति पुगेपछि विद्युत् सेवा ठप्प बनेको हो।

काठ, माटो र ढुङ्गाले बनेका विद्यालय भवन पक्कीमा परिणत हुँदै

विद्यालयको भौतिक संरचना सुधार भएसँगै गलकोट नगरपालिकाले शैक्षिक गुणस्तरलाई अघि बढाउनतर्फ लागेको छ। नगरपालिका ‘बालमैत्री नगर’ घोषणासमेत भइसकेको छ।

रुखमा जीवितै भेटिए आँधीले उडाएका चार महिने शिशु

अमेरिकाको टेनिसी राज्यमा शक्तिशाली हावाहुरीले उडाएका चार महिनाका एक शिशु जीवितै फेला परेका छन्।

आज वषासँगै हावा हुरीको सम्भावना

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको एक दुई स्थानमा भारी वर्षाको संभावना रहेको छ। मधेश र कोशी प्रदेशको तराई भूभागका थोरै स्थानहरुमा हावा हुरीको समेत सम्भावना रहेको छ।

पाँच प्रदेशमा भारी वर्षा र तराईमा हावाहुरीको सम्भावना

हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान देशभर आंशिक देखि सामान्य बदली रहेको छ। कोशी प्रदेशका केही स्थानहरू साथै कर्णाली, गण्डकी र बागमती प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

हावाहुरीसहित भारी वर्षाको सम्भावना

मुलुकमा हाल मनसुनी वायुको प्रभाव रहेकाले केही स्थानमा हावाहुरीसहित भारी वर्षाको सम्भावना रहेको छ।

आज देशभर वर्षा र तराईमा हावाहुरीसमेतको सम्भावना

जल तथा मौसम विज्ञान विभाग, मौसम पुर्वानुमान महाशाखाका अनुसार अहिले बिहान देशभर आँशिक देखि सामान्य बदली रहि कोशी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

हावाहुरीबाट विद्यालयमा क्षति, पठनपाठन प्रभावित

वर्षासँगै आएको हावाहुरीले खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका-४ बतासेस्थित महेन्द्रतारा आधारभूत विद्यालयको छाना उडाएको छ।

पहाडी भू-भागमा चट्याङ्गसहित हल्का वर्षा र तराईमा हावाहुरीको सम्भावना

हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना छ भने तराईका केही भागमा हावाहुरीको सम्भावना छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्